वीराटनगर विमानस्थललाई अन्तरदेशीय उडान योग्य बनाइने
काठमाडाैँ । काठमाडौं बाहिरको व्यवस्था मध्ये एक वीराटनगर विमानस्थलको क्षमता विस्तार हुने भएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तरदेशीय उडान गर्न मिल्नेगरी विमानस्थलको क्षमता विस्तार गर्ने योजना बनाएको छ।
प्राधिकरणका महानिर्देशक राजन पोखरेलका अनुसार यो विमानस्थलको धावनमार्ग, टर्मिनल तथा अन्य पूर्वाधारको क्षमता विस्तार गरिने छ।
यो विमानस्थलबाट भारत लगायतका देशमाा उडान गर्नका लागि ठूला जहाज उडान तथा अवतरण गर्न मिल्नेगरी पूर्वाधार विकास गरिने पोखरेलले जानकारी दिए।
विमानस्थलको क्षमता विस्तारका लागि प्रदेश सरकारले लगानी साझेदारी गर्ने भएको छ। यसका लागि प्राधिकरण र प्रदेश १ सरकारबीच समझदारी हुने भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको उपस्थितिमा आज उक्त समझदारी हुँदै छ।
समझदारीअनुसार प्रदेश सरकारले विमानस्थलको पूर्वाधार निर्माणमा ५० प्रतिशत लगानी गर्ने छ। जग्गा अधिग्रहण तथा पूर्वाधार निर्माणमा प्रदेश सरकारले लगानी गर्ने भएको हो।
विमानस्थलको स्वामित्व केन्द्र सरकारकै हुने भएपनि अपनत्वका लागि प्रदेश सरकारले अनुदानका रुपमा लगानी गर्ने छ।
यसअघि सुर्खेत विमानस्थल विस्तारका लागि कर्णाली प्रदेश सरकारसँग पनि समझदारी भएको थियो।
Comments
अरु समाचार
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...
-
विराटनगर आगजनी प्रकरणः नेपाली कम्युनिष्ट पार्टीका अन्सारीसहित पाँचजना पक्राउ
विराटनगर । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा विराटनगरस्थित विभिन्न सरकारी कार्यालयमा गरिएको आगजनी तथा तोडफोड घटनामा संलग्न रहेको आरोपमा...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
कोशी प्रदेश : चार महिनामा लैङ्गिक हिंसाका २८६ मुद्दा दर्ता
झापा । कोशी प्रदेशमा चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम चौमासिक अवधिमा लैङ्गिक हिंसाका २८६ वटा मुद्दा दर्ता भएको प्रहरीले...
-
फक्ताङलुङमा घाँस काट्ने क्रममा लडेर एक जनाकाे मृत्यु !
काठमाडाैं । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–३ लिङखिमका एक व्यक्तिको घाँस काट्ने क्रममा आज लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय बलबहादुर...
-
पाख्रिबासमा माइक्रोबस दुर्घटना एकजनाकाे मृत्यु, १३ जना घाइते !
काठमाडौं । धनकुटामा माइक्रो बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौंबाट संखुवासभाको सदरमुकाम खाँदवारी जाँदै गरेको बा...
-
‘सम्झना टोल विकास संस्था’ को साधारणसभा सम्पन्न, विकासप्रेमी केदार कार्की पुनः अध्यक्षमा चयन
विराटनगर । विराटनगर महानगरपालिका वडा नं ५ स्थित सम्झना टोलविकास संस्थाको २६ औं वार्षिक साधारणसभाले केदार कार्कीलाई अध्यक्षमा निर्वाचित गरेको...












