वीराटनगर विमानस्थललाई अन्तरदेशीय उडान योग्य बनाइने
काठमाडाैँ । काठमाडौं बाहिरको व्यवस्था मध्ये एक वीराटनगर विमानस्थलको क्षमता विस्तार हुने भएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तरदेशीय उडान गर्न मिल्नेगरी विमानस्थलको क्षमता विस्तार गर्ने योजना बनाएको छ।
प्राधिकरणका महानिर्देशक राजन पोखरेलका अनुसार यो विमानस्थलको धावनमार्ग, टर्मिनल तथा अन्य पूर्वाधारको क्षमता विस्तार गरिने छ।
यो विमानस्थलबाट भारत लगायतका देशमाा उडान गर्नका लागि ठूला जहाज उडान तथा अवतरण गर्न मिल्नेगरी पूर्वाधार विकास गरिने पोखरेलले जानकारी दिए।
विमानस्थलको क्षमता विस्तारका लागि प्रदेश सरकारले लगानी साझेदारी गर्ने भएको छ। यसका लागि प्राधिकरण र प्रदेश १ सरकारबीच समझदारी हुने भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको उपस्थितिमा आज उक्त समझदारी हुँदै छ।
समझदारीअनुसार प्रदेश सरकारले विमानस्थलको पूर्वाधार निर्माणमा ५० प्रतिशत लगानी गर्ने छ। जग्गा अधिग्रहण तथा पूर्वाधार निर्माणमा प्रदेश सरकारले लगानी गर्ने भएको हो।
विमानस्थलको स्वामित्व केन्द्र सरकारकै हुने भएपनि अपनत्वका लागि प्रदेश सरकारले अनुदानका रुपमा लगानी गर्ने छ।
यसअघि सुर्खेत विमानस्थल विस्तारका लागि कर्णाली प्रदेश सरकारसँग पनि समझदारी भएको थियो।
Comments
अरु समाचार
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...












