मुस्ताङी च्याङ्ग्रा म्याग्दी आइपुगे
काठमाडाैँ । कोरोना कहर र बाढी पहिरोका कारण जोखिमयुक्त बाटोलाई छिचोल्दै दशैंका लागि मुस्ताङबाट ल्याइएका च्याङ्ग्राहरु ग्यादी सदरमुकाम ल्याइपुर्याइएको छ।
दशैंका ल्याइएका च्याङ्ग्रा कम्तीमा ३० हजार रुपैयाँ मूल्य कायम गरिएको छ। यस वर्ष चीनको तिब्वतबाट भेंडा च्याङ्ग्राको आयात रोकिएसँगै मूल्य ह्वात्तै बढेको छ। कोरोना भाइरसको जोखिमसँगै तिब्वतबाट भित्रिने २० हजारभन्दा धेरै भे्रडा च्याङ्ग्रा रोकिएपछि मुस्ताङ र डोल्पाबाट मात्र ल्याइँदा मूल्य आकाशिएको हो।
मुस्ताङमै एउटा च्याङ्ग्राको मूल्य २८ हजार रुपैयाँ परेको व्यापारीहरु बताउँछन्। मुस्ताङ र डोल्पामा नै महँगो भएपछि ठूला ब्यापारी रित्तै फर्किएको छन्। बर्सेनि भेंडा च्याङ्ग्रा खरिद गर्ने व्यापारीभन्दा विचौलियाको सक्रियताले पनि भाउ महँगो भएको सिन्धुपाल्चोकबाट आएका व्यापारी अमरबहादुर ठकुरीको भनाइ छ।
अघिल्लो वर्ष यातायातलगायतका खर्च कटाएर काठमाडौंमा बिक्री गर्ने मूल्य यस वर्ष मुस्ताङमै तिर्नु परेको विष्णु सुबेदीले बताए। उनले पनि बिचौलियाको चलखेलले किसान र उपभोक्ता मारमा परेको बताए। करिब ६०० भेंडा च्याङ्ग्रा खरिद गर्ने योजनामा मुस्ताङ पुगेका ठकुरी र सुवेदी यस वर्ष करिब २०० वटा मात्र खरिद गरेका छन्। करिब एक हजार भेंडाच्याङ्गा खरिद गर्ने तयारीमा रहेका ब्यापारीले १०० वटा पनि ल्याउन उनीहरुको भनाइ छ।
यस वर्ष मुस्ताङी च्याङ्ग्राको जिउँदो प्रतिकिलो एक हजार रुपैयाँमा बिक्री गर्दा समेत लगानी नउठ्ने व्यापारीहरु बताउँछन्। मुस्ताङमा करिब १० हजार र डोल्पाबाट ४०० वटा भेंडा च्याङ्ग्रा बाहिरिने अनुमान गरिएको छ। गत वर्ष मुस्ताङबाट २५ हजारको हाराहारीमा भेडाच्याङ्ग्रा निर्यात भएको थियो।
हिमाली हावापानी र चिसो वातावरणमा हुर्किएका भेडाच्याङ्ग्राको मासु स्वादिलो मानिन्छ। तिब्वतबाहेक उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका, लो घेकर दामोदरकुण्ड र वारगुङ मुक्ति क्षेत्र गाउँपालिका भेडाच्याङ्ग्राको पकेट क्षेत्र मानिन्छ। माथिल्लो क्षेत्रमा भेडापालाक किसानको आर्कषण बढेपनि चरनक्षेत्र लगायतका समस्याले उत्पादनमा बृद्धि हुन सकेको छैनन्।
Comments
अरु समाचार
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
मुग्लिङ–पोखरा सडकको विजयपुर खण्ड दैनिक चार घण्टा बन्द हुने !
काठमाडौं । धमाधम स्तरोन्नति भइरहेको पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडकको विजयपुर खण्ड बुधबारदेखि ९ दिनसम्म दैनिक चार घण्टा बन्द हुने भएको...
-
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात
काठमाण्डौ । देशका केही ठाउँमा गएरातिदेखि वर्षा र हिमपात शुरू भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा...
-
पोखरामा यस वर्षको तिहारमा ३ लाख फूलको माला खपत हुने अनुमान !
काठमाडाैं । यस वर्ष तिहार पर्वको अवसरमा पोखरामा करिब ३ लाख फुलका माला खपत हुने भएको छ । पर्यटनको राजधानी...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
रसुवामा फसेका १२ जनालाई स्याफ्रुवेशी ल्याइयाे, चारजना अझै बेपत्ता !
काठमाडाैं । अविरल वर्षाका कारण रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५ ड्यामसाइड क्षेत्रमा फसेका व्यक्तिहरूमध्ये १२ जनालाई नेपाली सेनाको उद्धार टोलीले सकुशल...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अत्यावश्यक काम बाहेक शुक्रबारदेखि-सोमबारसम्म यात्रा नगर्न विपद प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबारदेखि आगामी सोमबारसम्म अत्यन्त जरुरी नभएसम्म र सकेसम्म घरदेखि टाढा र...
-
विश्व पर्यटन दिवसको सन्देशः ‘नेपाल सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्य मुलुक’
काठमाडौं । नेपालको पर्यटन पछिल्लो जेन–जी आन्दोलनपछि सिर्जना भएको संकटपछिको रिकभरीको चरणमा पुगेको काठमाडौमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जनाएका छन्...












