नेकपा विवाद अन्त्य गर्न महाधिवेशन आवश्यक छः गौतम
काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता राजेन्द्रप्रसाद गौतमले पार्टीमा देखिएको विवाद अन्त्य गर्न महाधिवेशन आवश्यक भएको बताएका छन् ।
सदरमुकाम खाँदबारीमा पत्रकारसँग कुरा गर्दै नेकपाका केन्द्रीय सदस्य गौतमले अबको केन्द्रीय कमिटीको बैठकबाट महाधिवेशनको कार्यतालिकामाथि छलफल गरेर त्यसको कार्यान्वयनतिर लाग्नुपर्ने बताए ।
उनले हिजोका दिनमा रुसी तथा चिनियाँ कम्युनिष्ट पार्टीमा दुई लाईनको सङ्घर्ष भई पार्टी विभाजन हुने खतरा रहेका समयमा समेत तिनले पार्टी विभाजन नगरी व्यवस्थापन गरेको उदाहरण दिँदै उनले देशको नेतृत्व गर्नका लागि पार्टी विभाजन नभई एकताका पक्षमा लाग्नु नै उपयुक्त हुनेमा जोड दिए ।
पार्टीभित्र अबको महाधिवेशनबाट उमेरहद लागु हुनुपर्ने गौतमको भनाइ थियो । उनले भने, “उमेर मात्र नभएर दृष्टिकोण, विचारसमेत युवाशक्तिले अवलम्बन गर्ने खालको हुनुपर्नेछ ।” हिजो पूर्वएमाले र पूर्वमाओवादीले लिएका सिद्धान्त, विचार तथा कार्यक्रम थाती राखेर अब ‘जनताको जनवाद’ माथि छलफल गरेर पार्टीलाई अगाडि बढाउनुपर्ने आवश्यकता रहेको पनि उनले बताए ।
Comments
अरु समाचार
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...
-
विराटनगर आगजनी प्रकरणः नेपाली कम्युनिष्ट पार्टीका अन्सारीसहित पाँचजना पक्राउ
विराटनगर । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा विराटनगरस्थित विभिन्न सरकारी कार्यालयमा गरिएको आगजनी तथा तोडफोड घटनामा संलग्न रहेको आरोपमा...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
कोशी प्रदेश : चार महिनामा लैङ्गिक हिंसाका २८६ मुद्दा दर्ता
झापा । कोशी प्रदेशमा चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम चौमासिक अवधिमा लैङ्गिक हिंसाका २८६ वटा मुद्दा दर्ता भएको प्रहरीले...
-
फक्ताङलुङमा घाँस काट्ने क्रममा लडेर एक जनाकाे मृत्यु !
काठमाडाैं । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–३ लिङखिमका एक व्यक्तिको घाँस काट्ने क्रममा आज लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय बलबहादुर...
-
पाख्रिबासमा माइक्रोबस दुर्घटना एकजनाकाे मृत्यु, १३ जना घाइते !
काठमाडौं । धनकुटामा माइक्रो बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौंबाट संखुवासभाको सदरमुकाम खाँदवारी जाँदै गरेको बा...
-
‘सम्झना टोल विकास संस्था’ को साधारणसभा सम्पन्न, विकासप्रेमी केदार कार्की पुनः अध्यक्षमा चयन
विराटनगर । विराटनगर महानगरपालिका वडा नं ५ स्थित सम्झना टोलविकास संस्थाको २६ औं वार्षिक साधारणसभाले केदार कार्कीलाई अध्यक्षमा निर्वाचित गरेको...












