तेह्रथुममा प्लाष्टिकको कृत्रिम पोखरीमा डुबेर तीन बालिकाको मृत्यु
काठमाडाैँ । तेह्रथुममा सिँचाई गर्न बनाइएको प्लास्टिकको कृत्रिम पोखरीमा डुबेर तीन जना बालिकाहरुको मृत्यु भएको छ।
छथर गाउँपालिका वडा नम्बर ६ सुदाप च्याङलुङ गाउँमा स्थानियबासीले तरकारीमा सिँचाई गर्न प्लाष्टिक लगाएर बनाएको पोखरीमा जमेको पानीमा डुबेर शनिबार साँझ ६,७ र ८ बर्षका तीन जना बालिकाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
मृत्यु हुनेहरुमा ६ वर्षिया रोजिना लिम्बु, ७ वर्षिया रञ्जना लिम्बु र ८ वर्षीया सुहाना लिम्बू छन्। रञ्जना र रोजिना दिदी बहिनी हुन्।
दिउँसो घरबाट खेल्न निस्कएका बालबालिकाहरु घर नआएपछि खोजी गर्ने क्रममा तीनै जनाको शव प्लाष्टिकको पोखरीमा फेला परेको वडा अध्यक्ष टेकराज लिम्बुले जानकारी दिए।
तरकारीमा सिँचाई गर्न बनाइएको प्लाष्टिकको पोखरीमा करिब ६ फिट गहिरो पानी थियो।
खेल्ने क्रममा दिउँसो गर्मी भएपछि बालिकाहरु लुगा खोलेर पौडी खेल्न पोखरीमा पसेको तर चिप्लिएर निस्कन नसक्दा डुबेर मृत्यू भएको हुनसक्ने स्थानियको अनुमान छ।
घटनास्थल कोशी राजमार्ग स्थित सिँजुवा बजारदेखि करिब २० किलोमिटर टाढा पुर्व पर्छ।
Comments
अरु समाचार
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...
-
विराटनगर आगजनी प्रकरणः नेपाली कम्युनिष्ट पार्टीका अन्सारीसहित पाँचजना पक्राउ
विराटनगर । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा विराटनगरस्थित विभिन्न सरकारी कार्यालयमा गरिएको आगजनी तथा तोडफोड घटनामा संलग्न रहेको आरोपमा...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
कोशी प्रदेश : चार महिनामा लैङ्गिक हिंसाका २८६ मुद्दा दर्ता
झापा । कोशी प्रदेशमा चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम चौमासिक अवधिमा लैङ्गिक हिंसाका २८६ वटा मुद्दा दर्ता भएको प्रहरीले...
-
फक्ताङलुङमा घाँस काट्ने क्रममा लडेर एक जनाकाे मृत्यु !
काठमाडाैं । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–३ लिङखिमका एक व्यक्तिको घाँस काट्ने क्रममा आज लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय बलबहादुर...
-
पाख्रिबासमा माइक्रोबस दुर्घटना एकजनाकाे मृत्यु, १३ जना घाइते !
काठमाडौं । धनकुटामा माइक्रो बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौंबाट संखुवासभाको सदरमुकाम खाँदवारी जाँदै गरेको बा...
-
‘सम्झना टोल विकास संस्था’ को साधारणसभा सम्पन्न, विकासप्रेमी केदार कार्की पुनः अध्यक्षमा चयन
विराटनगर । विराटनगर महानगरपालिका वडा नं ५ स्थित सम्झना टोलविकास संस्थाको २६ औं वार्षिक साधारणसभाले केदार कार्कीलाई अध्यक्षमा निर्वाचित गरेको...












