आज फागूपूर्णिमा, अबिर दलेर हर्षोल्लासका साथ पर्व मनाइँदै
काठमाडाैँ । आपसमा रङ र अबिर दलेर पानी छ्यापाछ्याप गरेर हर्षोल्लासका साथ आज आइतबार होली पर्व मनाइँदै छ ।
फागु या होली पर्व गत वर्षझैं खल्लो महसुस गरिएको छ । ठाउँठाउँमा विभिन्न जमघट र भिडभाडका कारण सांगीतिक कार्यक्रम गर्दै मनाइने होली यसपालि एकाध जमघट र पातलो भिडबीच मनाइँदै छ ।
टोलटोलमा रहेका आफ्ना साथीभाइ र परिवारबीच मात्र यसपालि फागु पर्व मनाउन प्रशासनले भनेको छ । हरेक वर्षको फागुन शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्वलाई फागु पर्व पनि भन्ने गरिन्छ । यो वर्ष पहाडी जिल्ला तथा उपत्यकामा आइतबार होली मनाए पनि तराईमा भने सोमबार होली मनाइँदै छ ।
गत साता वसन्तपुरमा रंगीचंगी कपडाका टुक्रा झुन्ड्याइएको तीनतले चीर ठड्याएपछि यसपालिको होली पर्व सुरु भएको हो । चीर गाडेपछि वसन्त ऋतुको आगमनलाई स्वागत गर्न भनेर फागुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म विभिन्न रङ र अबिर एकआपसमा छ्याछ्याप गरेर होली खेल्ने परम्परा छ । होलीकै भोलिपल्टबाट ऋतुका राजा वसन्त ऋतुको आगमन हुने विश्वास छ ।
विशेषगरी तराईमा विशेष उल्लासका साथ मनाइने होली पछिल्लो समयमा नाचगान गरेर, साथीभाइ एकआपसमा मिलेर मनाउने गरिएको छ । असत्यमाथि सत्यको विजय भएको उत्सवका रुपमा रङ दलेर यो पर्व मनाउने गरिएको भनाइ छ ।
आसुरी शक्तिकी द्योतक होलीकालाई आगोले भष्म गरी सत्यवादी भक्तप्रल्हादको उद्धारको कथा, भगवान् कृष्ण र नग्न अवस्थामा गोपीनीहरूले नुहाउँदाको प्रसंग तथा कामदेव र रतिको प्रेमकथालगायतका प्रसंग होलीसँग जोडिएको धार्मिक ग्रन्थमा उल्लेख छन् ।
यसैगरी, बन्दी बच्चालाई राक्षस ढुन्डाको पन्जाबाट मुक्ति दिलाएको अवसरमा फागु खेल्न थालिएको प्रसंग धार्मिक ग्रन्थमा रहेको पण्डित माधवप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार पहिले हिन्दू धर्मअन्र्तगतका अनुयायीले मनाउने भए पनि पछिल्लो समय हरेक धर्म, जाति र सम्प्रदायले मनाउने गरेका छन् ।
गएको साता उठाइएको लिंगोलाई फागुपूर्णिमाका दिन ढालेपछि यो वर्षको होली सकिनेछ । हनुमानढोका दरबारको गद्दी बैठकनजिकै ठड्याइएको चीरलाई ढालेपछि होली सकिने समितिका अध्यक्ष राजन मर्हजनले जानकारी दिए । चीरलाई टँुडिखेलमा लगेर दहन गरेपछि होली पनि सकिन्छ । चीर दहन भएपछि असत्यमाथि सत्यको जित भएको मानिन्छ ।
होलीमा रङ र अबिर एकआपसमा छ्याप्ने गरिए पनि पछिल्लो समयमा पानीकै बढी प्रयोग हुने गरेको छ । होलीका बेला भाङको लड्डु, घोट्टालगायत खाएर रमाइलो गर्ने चलन छ ।
होलीसँग जोडिएका कथा
होलीबारे विभिन्न कथा प्रसंग जोडिएका छन् । आसुरी शक्तिकी द्योतक होलिकालाई आगोले भष्म गरी सत्यवादी भक्तप्रल्हादको उद्धारको कथा, भगवान् कृष्ण र नग्न अवस्थामा गोपिनीहरूले नुहाउँदाको प्रसंग तथा कामदेव र रतिको प्रेमकथालगायत प्रसंग होलीसँग जोडिएको धार्मिक ग्रन्थमा उल्लेख छ ।
त्यस्तै, बन्दी बच्चालाई राक्षस ढुन्डाको पन्जाबाट मुक्ति दिलाएको अवसरमा फागु खेल्न थालिएको प्रसंग धार्मिक ग्रन्थमा रहेको छ ।
पौराणिक भनाइअनुसार प्राचीन समयमा अथवा सत्य युगमा नास्तिक हिरण्यकश्यपु नामक एक जना राक्षसको जन्म भएको थियो । हिरण्यकश्यपुलाई भगवान् विष्णुले नृसिंह अवतार लिएर मारेका थिए । हिरण्यकश्यपुका छोरा भक्त प्रह्लाद थिए । भक्त प्रह्लाद भगवान् विष्णुका निकै भक्त थिए । आफ्नै छोरा प्रह्लाद भगवान् विष्णुलाई भज्ने गरेको हिरण्यकश्यपुलाई मन परेको थिएन । त्यसैले उसले प्रह्लादलाई मार्न धेरै योजना बनाएको थियो । एक योजनाअनुसार हिरण्यकश्यपुले छोरालाई अग्निकुण्डमा हालेर मार्न आफ्नी बहिनी होलिकालाई जिम्मा दिएका थिए ।
दाजुको आदेशानुसार होलिका प्रह्लादलाई काखमा लिएर अग्निमा बस्दा आगोले धर्मको साथ दिएकाले होलिका जलेर नष्ट भइन् तर प्रह्लादलाई केही भएन । होलिका दहनकै खुसियाली मनाउन आपसमा रङ र अबिर छरेर होली पर्व मनाउने परम्परा चलेको धार्मिक मान्यता रहिआएको छ भने अर्को एक प्रसंगअनुसार द्वापर युगमा श्रीकृष्णलाई मार्ने उद्देश्यले दूध खुवाउन गएकी कंशकी सेना पुतना नामकी राक्षसनीलाई उल्टै कृष्णले मारिदिएकाले त्यसको शवलाई ब्रजवासीले यसै दिन जलाएर आपसमा रङ र अबिर छरी खुसियाली मनाएकाले त्यसैको सम्झनामा अद्यावधिक चीरदाह गरी होली खेल्ने परम्परा चलेको भनाइ रहेको छ । होली हिन्दूको अत्यन्त प्राचीन पर्व हो । इतिहासकार मान्छन् कि यस पर्वको प्रचलन आर्यमा पनि थियो । यस पर्वको वर्णन अनेक पुरातन धार्मिक पुस्तकमा पाइन्छ । नारद पुराण र भविष्य पुराणजस्तो प्राचीन हस्तलिपी र ग्रन्थमा पनि यस पर्वको उल्लेख छ । भारतमा पर्ने विंध्यक्षेत्रको रामगढ भन्ने स्थानमा ईशापूर्व ३ सय वर्ष पुरानो एउटा अभिलेखमा पनि यसको उल्लेख छ । संस्कृत साहित्यमा वसन्त ऋतु र वसन्तोत्सव अनेक कविको प्रिय विषय थियो ।
यस पर्वमा चीर ठड्याउने परम्परा सम्बन्धमा एक लोककथनअनुसार एकपटक यमुना नदीमा एक समूह गोपिनीहरू निवस्त्र नुहाइरहेका थिए । त्यसैबेला भगवान् श्रीकृष्णले ती गोपिनीहरूको सबै लुगा नदीको किनारमा एउटा रुखको हाँगामा झुन्ड्याई आफू अर्का हाँगामा बसी बाँसुरी बजाउन थालेका थिए । गोपिनीहरूले आफ्ना लुगा पाउन धेरै बिन्तीभाउ गर्दा पनि कृष्णले लुगा झारिदिएनन् । बरु उनले भने, ‘निर्वस्त्र नुहाएकोमा प्रायश्चित गरे मात्र लुगा दिनेछु ।’ त्यसअनुसार गोपिनीहरूले श्री कृष्णलाई अर्घ जल चढाएर प्रायश्चित गरेका थिए । त्यसपछि कृष्णले रुखको हाँगाबाट लुगा झारी दिएका थिए ।
Comments
अरु समाचार
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...











