जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई विशेष सम्मान गरिएको छ। पत्रकारिताको माध्यमबाट शिक्षा, सामाजिक चेतना र स्थानीय विकासका गतिविधिलाई निरन्तर उजागर गर्दै आएको योगदानको उच्च मूल्याङ्कन गर्दै उहाँलाई दोसल्ला ओढाएर तथा सम्मान पत्र सहित सम्मान गरिएको हो।
हसिना मिडिया प्रा.लि.द्वारा सञ्चालित सुन्दरहरैचा अपडेट का सञ्चालक भट्टराईले लामो समयदेखि सुन्दरहरैचा तथा आसपासका क्षेत्रका शैक्षिक गतिविधि, सामाजिक अभियान, सामुदायिक कार्यक्रम र सकारात्मक समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्दै आएका छन्। उहाँको जिम्मेवार, तथ्यपरक र समाजमुखी पत्रकारिताले विद्यालय, अभिभावक र समुदायबीच सहकार्य बढाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै विद्यालय परिवारले सम्मान प्रकट गरेको हो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोभितमान पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुन्दरहरैचा नगरपालिकाकी उपप्रमुख अकली चौधरीको प्रमुख आतिथ्य रहेको थियो।
वार्षिक उत्सवको अवसरमा विद्यालयले दाहाल छात्रवृत्ति तथा नरेन्द्रप्रसाद सिटौला स्मृति छात्रवृत्ति वितरण, कक्षा १ देखि १० सम्मका परीक्षामा उत्कृष्ट हुने विद्यार्थी, अनुशासित विद्यार्थी तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थी, असल अभिभावक लगायत लाई पुरस्कार वितरण गरेको थियो। साथै विद्यालयले निवर्तमान सहायक प्रधानाध्यापक केदारप्रसाद पौडेल र शिक्षिका अमृता भट्टराईलाई सम्मानसहित विदाइ गरेको थियो।
उक्त कार्यक्रममा सुन्दरहरैचाका जनप्रतिनिधि, विभिन्न संघ–संस्थाका प्रमुख, शिक्षा प्रेमी, विभिन्न विद्यालयका प्रधानाध्यापक, सामाजिक व्यक्तित्व तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विद्यार्थीहरूले प्रस्तुत गरेको सांस्कृतिक नृत्य तथा जनचेतनामूलक नाटकले कार्यक्रममा थप रौनकता ल्याएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपप्रमुख चौधरीले विद्यालयको योगदानको प्रशंसा गर्दै जनता माध्यमिक विद्यालयले शैक्षिक क्षेत्रसँगै अनुशासन र संस्कारको विकासमा उल्लेखनीय भूमिका खेलेको बताउनु भएको छ। उहाँले नगरपालिकाको तर्फबाट यस्ता सामुदायिक विद्यालयको प्रवर्द्धनमा निरन्तर सहयोग रहने बताउनुभयो।
कार्यक्रममा आफ्नो भनाई राख्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोभितमान पौडेलले विद्यालयको शैक्षिक उन्नति, अनुशासन र भौतिक विकासका लागि शिक्षक, अभिभावक र समुदायको साझा प्रयास आवश्यक रहेको बताउनु भएको छ। सबैको सहयोगले विद्यालयलाई अझ नमुना बनाउने लक्ष्य लिएको उहाँले बताउनु भयो। विद्यालयका प्रधानाध्यापक देवराज भट्टराईले वार्षिक प्रतिवेदन पढेर सुनाउनु भएको थियो ।
Comments
अरु समाचार
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...











