प्रभु बैंकका सिइओ शेरचनले पठाए धौलागिरी अस्पताललाई ‘रेम्डेसिभिर’
काठमाडाै ।प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अशोक शेरचनले कोराना संक्रमितको उपचारका लागि अपनाइँदै आएको ‘रेम्डेसिभिर’ इन्जेक्सन धौलागिरी अस्पताललाई प्रदान गरेका छन।
देशभर तिव्र माग भइरहेको उक्त इन्जेक्सन बागलुङमा जन्मिएर हाल राजधानी काठमाण्डौंमा रहेका प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अशोक शेरचनले मंगलबार आफ्नो व्यक्तिगत तर्फबाट उपलब्ध गराएका हुन् । यो अस्पतालमा उपचाररत कोरोना संक्रमित बिरामीलाई निशुल्क रुपमा उपलब्ध गराइनेछ । 
‘रेम्डेसिभिर’ इन्जेक्सन प्रदान गर्ने प्रभु बैंकका सिइओ अशोक शेरचन जिल्ला खेलकुद विकास समिति बागलुङको पहलमा शेरचनले धौलागिरी अस्पताललाई ५० थान ‘रेम्डेसिभिर’ इन्जेक्सन प्रदान गरिएको समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए ।
कोभिड विशेष अस्पतालमा भर्ना गरिएको कडा लक्षणका संक्रमितलाई उपचारका लागि दिइँदै आएको ‘रेम्डेसिभिर’ बजारमा पाउन मुस्किल भएको सूचना पछि तत्कालका लागि ५० थान ‘रेम्डेसिभिर’ इन्जेक्सन पठाएको बताए । ‘यो मानव जीवनकै कठीन संकट हो, यो सरकार या कुनै एकको एकल प्रयासबाट नियन्त्रण सम्भव छैन,’ शेरचनले भने, ‘हामी सबै मिलेर सामना गरौ, आवश्यकताका आधारमा थप सहयोगका लागि पनि म प्रतिवद्ध र प्रयासरत रहनेछु ।’
‘रेम्डेसिभिर’ बुझ्दै धौलागिरी अस्पतालका डा.अभिशेक शर्माले अहिलेको समयमा यो इन्जेक्सन उपलब्ध गराउनु सह्रानीय कार्य भएको बताए । ‘यो केही परीक्षण सफल पछि प्रयोगमा छ, अहिले सर्वत्र यसको माग भइरहेको छ, पाइएको छैन, अस्पतालमा नहुँदा बिरामी रेफर गर्नुपर्ने बाध्यता थियो,’ डा.अभिसेकले भने, ‘अब संक्रमितको उपचारमा थप सहज हुनेछ, अस्पतालकै पहलमा पनि आउने क्रममा छ ।’
शेरचनले यसअघिको पहिलो लहरको कोरोना संकटमा पनि धौलागिरी अस्पतालमा पिपिई सहित पत्रकार, विपन्न नागरिक, सामाजिक संघ संस्थालाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेका थिए ।
Comments
अरु समाचार
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
मुग्लिङ–पोखरा सडकको विजयपुर खण्ड दैनिक चार घण्टा बन्द हुने !
काठमाडौं । धमाधम स्तरोन्नति भइरहेको पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडकको विजयपुर खण्ड बुधबारदेखि ९ दिनसम्म दैनिक चार घण्टा बन्द हुने भएको...
-
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात
काठमाण्डौ । देशका केही ठाउँमा गएरातिदेखि वर्षा र हिमपात शुरू भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा...
-
पोखरामा यस वर्षको तिहारमा ३ लाख फूलको माला खपत हुने अनुमान !
काठमाडाैं । यस वर्ष तिहार पर्वको अवसरमा पोखरामा करिब ३ लाख फुलका माला खपत हुने भएको छ । पर्यटनको राजधानी...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
रसुवामा फसेका १२ जनालाई स्याफ्रुवेशी ल्याइयाे, चारजना अझै बेपत्ता !
काठमाडाैं । अविरल वर्षाका कारण रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५ ड्यामसाइड क्षेत्रमा फसेका व्यक्तिहरूमध्ये १२ जनालाई नेपाली सेनाको उद्धार टोलीले सकुशल...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...











