कालीगण्डकी डाइभर्सन आयोजना: सर्वाेच्चद्वारा कारण देखाउ आदेश जारी
काठमाडौँ । विवादास्पद कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजनाविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ।
अधिवक्ता तुलसीराम पोखरेलले दायर गरेको रिटमा न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले मंगलबार लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालयसहितका नाममा १५ दिन भित्र लिखित जवाफ दिन आदेश दिएको हो।
आदेशमा भनिएको छ, ‘यसमा के कसो भएको हो? निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो? माग बमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार कारण भए सबुद प्रमाणसहित म्याद सूचना पाएको मितिले बाटाको म्यादबाहेक १५ दिन भित्र महान्यायाधीवक्ताको कार्यालय तथा लुम्बिनी प्रदेशको मुख्य न्यायाधीवक्ताको कार्यालय मार्फत लिखित जवाफ पेश गर्नु भनि आदेश र निवेदनको प्रतिलिपि समेत साथैमा राखी विपक्षीहरुका नाममा म्याद सूचना जारी गरि लिखित जवाफ परे वा अवधि नाघेपछि नियमानुसार गरि पेश गर्नु ।’
अन्तरिम आदेश हुने नहुने सम्बन्धमा आउँदो साउन ४ गते उपस्थित हुन दुवै पक्षलाई बोलाएको पनि छ।
केन्द्र सरकारले कालीगण्डकी नदीको पानी पथान्तरण गरेर तिनाउ नदीमा खसाली रुपन्देही र कपिलवस्तुका खेतमा सिँचाइ गर्ने तथा विद्युत उत्पादन गर्ने योजना सार्वजनिक गरि बुटवलमा कार्यालय स्थापना गरेको छ।
यो आयोजनाको गण्डकी प्रदेश सरकार तथा त्यहाँका राजनीतिक दलले चर्को विरोध गरिरहेका छन्। कालीगण्डकी नदी मात्रै नभएर सभ्यता रहेकाले आयोजना बन्न कुनै पनि हालतमा नदिने भन्दै स्थानीय बासिन्दा पनि विरोधमा छन्।
Comments
अरु समाचार
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
मुग्लिङ–पोखरा सडकको विजयपुर खण्ड दैनिक चार घण्टा बन्द हुने !
काठमाडौं । धमाधम स्तरोन्नति भइरहेको पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडकको विजयपुर खण्ड बुधबारदेखि ९ दिनसम्म दैनिक चार घण्टा बन्द हुने भएको...
-
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात
काठमाण्डौ । देशका केही ठाउँमा गएरातिदेखि वर्षा र हिमपात शुरू भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा...
-
पोखरामा यस वर्षको तिहारमा ३ लाख फूलको माला खपत हुने अनुमान !
काठमाडाैं । यस वर्ष तिहार पर्वको अवसरमा पोखरामा करिब ३ लाख फुलका माला खपत हुने भएको छ । पर्यटनको राजधानी...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
रसुवामा फसेका १२ जनालाई स्याफ्रुवेशी ल्याइयाे, चारजना अझै बेपत्ता !
काठमाडाैं । अविरल वर्षाका कारण रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५ ड्यामसाइड क्षेत्रमा फसेका व्यक्तिहरूमध्ये १२ जनालाई नेपाली सेनाको उद्धार टोलीले सकुशल...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अत्यावश्यक काम बाहेक शुक्रबारदेखि-सोमबारसम्म यात्रा नगर्न विपद प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबारदेखि आगामी सोमबारसम्म अत्यन्त जरुरी नभएसम्म र सकेसम्म घरदेखि टाढा र...












