सूर्य नेपाल गल्फ टुरको नयाँ सिजन सुरु हुँदै
काठमाडौँ । कोरोना महामारीका कारण दुई वर्षदेखि स्थगित सूर्य नेपाल गल्फ टुरको नयाँ सिजन सोमबारदेखि सुरु हुँदै छ ।
प्रोफेसनल गल्फर एसोसिएसनको आयोजनामा हुने टुरको २०२१/२२ सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपन सोमबारदेखि चार दिनसम्म चल्नेछ ।
प्रोफेसनल गल्फर एसोसिएसनका महासचिव दीपक आचार्यले आइतबार नयाँ सिजनमा ८ वटा प्रतियोगिताको समयतालिका सार्वजनिक गरे । टुरअन्तर्गत एयरपोर्टस्थित रोयल नेपाल गल्फ कोर्स र गोकर्ण गल्फ कोर्समा ३–३ प्रतियोगिता हुनेछन् । घरान गल्फ कोर्स र पोखराको हिमालयन गल्फ कोर्समा १–१ प्रतियोगिता हुनेछन् ।
५९ लाख ४६ हजार कुल पुरस्कार रकम रहने गल्फ टुरलाई सूर्य नेपाल प्रालिले १४ वर्षदेखि प्रायोजन गर्दै आएको छ । सिजनको अन्तिम प्रतियोगिता २०२२ को मे महिनामा हुनेछ । सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप नाम दिइएको सो प्रतियोगितामा बंगलादेश, भारत र श्रीलंकाबाट समेत खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गराइने आचार्यले जानकारी दिए ।
६ लाख ४० हजार पुरस्कार रकम रहेको काठमाडौं ओपनमा ३४ व्यावसायिक र १२ जना एमेच्योर खेलाडीको सहभागिता रहनेछ । चारदिने प्रतियोगिता ७२ होलमा खेलाइनेछ । सुरुआती दुई दिनको
प्रतिस्पर्धाबाट कट गरेर २१ व्यावसायिक र ६ जना एमेच्योर खेलाडीबीच अन्तिम प्रतिस्पर्धा गराइने आयोजकका महासचिव आचार्यले पत्रकार सम्मेलनमा जानकारी दिए ।
प्रतियोगिताको विजेताले १ लाख १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । दोस्रो हुनेले ७४ हजार र तेस्रो हुनेले ६० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिता २१ औं स्थानसम्म हासिल गर्नेलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
‘नेपाली खेलाडीलाई दक्षिण एसियालीस्तरमा उत्कृष्ट बनाउने उद्देश्यले यो प्रतियोगिताको सुरुआत भएको हो,’ महासचिव आचार्यले पत्रकार सम्मेलनमा भने, ‘शुक्रबहादुर राईले यही वर्ष भारतमा व्यावसायिक खेल खेल्दैछन् । अरू खेलाडीहरू पनि उत्पादनको प्रक्रियामा छन् । ४/५ वर्षपछि नतिजा देख्न पाइनेछ ।’
Comments
अरु समाचार
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
आईसीसी महिला टी–२० विश्वकप क्रिकेट : जित्नैपर्ने दबाबमा नेपालले स्कटल्यान्डसँग भिड्दै
काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा नेपालले आज आफ्नो अन्तिम तथा निर्णायक खेलमा स्कटल्यान्डसँग खेल्दैछ । कीर्तिपुरको...
-
बंगलादेश टी-२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डले खेल्ने
काठमाडाैं सन् २०२६ को टी–२० विश्वकप क्रिकेटमा बंगलादेश सहभागी नहुने भएको छ। भारत र श्रीलंकामा हुने प्रतियोगितामा आफ्ना खेलाडी पठाउन...
-
नेपाली क्रिकेट टोली श्रीलंका ‘ए’सँग आज तेस्रो टी–२० अभ्यास खेल खेल्दै !
काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीमा जुटेको नेपाली पुरुष क्रिकेट टोलीले श्रीलंका ‘ए’ सँग आज तेस्रो तथा अन्तिम अभ्यास टी–२०...
-
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित
काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित...
-
आईसीसी महिला टी–२० विश्वकप छनोट : नेपाल थाइल्यान्डसँग पराजित
काठमाडौं । काठमाडौंमा आइतबारदेखि सुरु भएको आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको आफ्नो पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ।...
-
आईसीसी टी–२० विश्वकपका लागि नेपाली टोलीको बिदाइ
काठमाडौं । आगामी फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेटमा सहभागी हुन जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको...
-
आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का लागि नेपालको जर्सी सार्वजनिक !
काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा नेपाली टोलीले लगाउने जर्सी सार्वजनिक गरिएको छ। सोमबार साँझ काठमाडौंमा आयोजित विशेष...
-
आईसीसी टी–२० विश्वकप ट्रफी वसन्तपुर, बौद्धनाथ र पोखरामा प्रदर्शनी हुने
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको ट्रफी नेपालका प्रमुख पर्यटकीय तथा धार्मिक स्थलहरूमा प्रदर्शन गरिने भएको छ। ट्रफी काठमाडौंको वसन्तपुर...











