सूर्य नेपाल गल्फ टुरको नयाँ सिजन सुरु हुँदै
काठमाडौँ । कोरोना महामारीका कारण दुई वर्षदेखि स्थगित सूर्य नेपाल गल्फ टुरको नयाँ सिजन सोमबारदेखि सुरु हुँदै छ ।
प्रोफेसनल गल्फर एसोसिएसनको आयोजनामा हुने टुरको २०२१/२२ सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपन सोमबारदेखि चार दिनसम्म चल्नेछ ।
प्रोफेसनल गल्फर एसोसिएसनका महासचिव दीपक आचार्यले आइतबार नयाँ सिजनमा ८ वटा प्रतियोगिताको समयतालिका सार्वजनिक गरे । टुरअन्तर्गत एयरपोर्टस्थित रोयल नेपाल गल्फ कोर्स र गोकर्ण गल्फ कोर्समा ३–३ प्रतियोगिता हुनेछन् । घरान गल्फ कोर्स र पोखराको हिमालयन गल्फ कोर्समा १–१ प्रतियोगिता हुनेछन् ।
५९ लाख ४६ हजार कुल पुरस्कार रकम रहने गल्फ टुरलाई सूर्य नेपाल प्रालिले १४ वर्षदेखि प्रायोजन गर्दै आएको छ । सिजनको अन्तिम प्रतियोगिता २०२२ को मे महिनामा हुनेछ । सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप नाम दिइएको सो प्रतियोगितामा बंगलादेश, भारत र श्रीलंकाबाट समेत खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गराइने आचार्यले जानकारी दिए ।
६ लाख ४० हजार पुरस्कार रकम रहेको काठमाडौं ओपनमा ३४ व्यावसायिक र १२ जना एमेच्योर खेलाडीको सहभागिता रहनेछ । चारदिने प्रतियोगिता ७२ होलमा खेलाइनेछ । सुरुआती दुई दिनको
प्रतिस्पर्धाबाट कट गरेर २१ व्यावसायिक र ६ जना एमेच्योर खेलाडीबीच अन्तिम प्रतिस्पर्धा गराइने आयोजकका महासचिव आचार्यले पत्रकार सम्मेलनमा जानकारी दिए ।
प्रतियोगिताको विजेताले १ लाख १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । दोस्रो हुनेले ७४ हजार र तेस्रो हुनेले ६० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिता २१ औं स्थानसम्म हासिल गर्नेलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
‘नेपाली खेलाडीलाई दक्षिण एसियालीस्तरमा उत्कृष्ट बनाउने उद्देश्यले यो प्रतियोगिताको सुरुआत भएको हो,’ महासचिव आचार्यले पत्रकार सम्मेलनमा भने, ‘शुक्रबहादुर राईले यही वर्ष भारतमा व्यावसायिक खेल खेल्दैछन् । अरू खेलाडीहरू पनि उत्पादनको प्रक्रियामा छन् । ४/५ वर्षपछि नतिजा देख्न पाइनेछ ।’
Comments
अरु समाचार
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
एनपीएलमा आज दुई खेल, जनकपुर/चितवन र पोखरा/ कर्णाली भिड्दै
काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा हुने...
-
फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने !
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का पूर्व कप्तान तथा दक्षिण अफ्रिकी चर्चित ब्याटर फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने भएका...
-
फाइनलमा आज नेपाल र यूएई प्रतिश्पर्धा गर्दै !
काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग...
-
एनपीएलमा काठमाडौं गोर्खाजको चौथो जित, कर्णाली याक्सलाई ५ विकेटले हरायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले चौथो जित निकालेको छ । कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै...
-
काठमाडौंविरूद्ध कर्णालीले टस जित्यो, पहिला ब्याटिङ गर्ने !
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार काठमाडौं गोर्खाजसँगको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । कर्णालीका...
-
एनपीएलमा आज कर्णाली र काठमाडौं भिड्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज...
-
पोखराविरुद्ध लुम्बिनीको तीन विकेटको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले तीन विकेटको जित निकालेको छ । प्रतियोगितामा पाँचौँ खेल खेलेको...












