पोखरामा सडक महोत्सव हुँदै
काठमाडौँ । अङ्ग्रेजी नयाँ वर्षमा पोखरालाई गन्तव्यस्थलका रूपमा प्रवद्र्धन गर्ने उद्देश्यले अगामी पुस १५ देखि १७ गतेसम्म सडक महोत्सव आयोजना हुने भएको छ ।
रेस्टुरेन्ट एण्ड बार एशोसिएशन पोखरा (रेवान)द्वारा ‘समृद्ध समाजका लागि सुरक्षित पर्यटन प्रवद्र्धन आजको मूल आवश्यकता’ भन्ने मूल नाराका साथ महोत्सव गर्न लागिएको हो ।
रेवानका अध्यक्ष लक्षमण बरालले कोभिडको मारमा परेको पर्यटनलाई चलायमान बनाउन र पोखरालाई नयाँ वर्षको गन्तव्यस्थलका रूपमा सडक महोत्सवको आयोजना गर्दै आएको र यस वर्ष पनि महोत्सवले पनि आन्तरिक पर्यटक पोखरा आउने विश्वास व्यक्त गरे ।
दुई दशकभन्दा बढी समयदेखि पोखराको पर्यटन प्रर्वधन र विकासमा टेवा पुर्याउँदै आएको सडक महोत्सव विभिन्न राजनीतिक अस्थिरता, २०७२ को भूकम्प, नाकाबन्दीजस्ता समस्याका बाबजुद पनि ‘सडमै खाऊँ सडकमै रमाऊँ’ भन्दै २३औं संस्करणको तयारीमा जुटेको महोत्सवका संयोजक नरेश भट्टराईले जानकारी दिए । उनले गत वर्ष कोभिड-१९ को महामारीमा पनि स्वास्थ्य सतर्कतासहित महोत्सव आयोजना गरेको जनाउँदै अहिले कोरोनाको त्रास कम हुँदै गएको र अधिकांशले खोपसमेत लगाएकाले महोत्सव अझ सफल हुने विश्वास व्यक्त गरे ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले पोखरामा पछिल्लो समय आन्तरिक पर्यटकको आगमन बढ्दै गएको र सडक महोत्सवपछि नेपालमा विदेशी पर्यटकको आगमन पनि बढ्दै जाने विश्वास व्यक्त गरे ।
आयोजकका अनुसार पोखरा सडक महोत्सव कोभिड हेल्थ प्रोटोकललाई ध्यान दिँदै पोखराको सकरात्मक सूचना प्रवाह गरी पर्यटन प्रवद्र्धनको उद्देश्यसहित विभिन्न सांस्कृतिक कार्यक्रम, मौलिक भेषभूषा प्रदर्शन गरेर मनाइने छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रिकालीन कन्सर्ट, डुङ्गा दौड, वेटर रेस, टग अफ वारजस्ता प्रतियोगिता व्यवस्था गरिएको छ । पोखराको तीन किलोमिटर क्षेत्रमा महोत्सव हुनेछ । महोत्सव सम्पन्न गर्न संस्थाका प्रथम उपाध्यक्ष नरेश भट्टराई, सचिव भीष्मराज पौडल र सहकोषाध्यक्ष रोशनजङ्ग कार्की, सहसंयोजक रहने गरी विभिन्न उपसमिति गठन गरिएको छ ।
Comments
अरु समाचार
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
मुग्लिङ–पोखरा सडकको विजयपुर खण्ड दैनिक चार घण्टा बन्द हुने !
काठमाडौं । धमाधम स्तरोन्नति भइरहेको पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडकको विजयपुर खण्ड बुधबारदेखि ९ दिनसम्म दैनिक चार घण्टा बन्द हुने भएको...
-
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात
काठमाण्डौ । देशका केही ठाउँमा गएरातिदेखि वर्षा र हिमपात शुरू भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा...
-
पोखरामा यस वर्षको तिहारमा ३ लाख फूलको माला खपत हुने अनुमान !
काठमाडाैं । यस वर्ष तिहार पर्वको अवसरमा पोखरामा करिब ३ लाख फुलका माला खपत हुने भएको छ । पर्यटनको राजधानी...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
रसुवामा फसेका १२ जनालाई स्याफ्रुवेशी ल्याइयाे, चारजना अझै बेपत्ता !
काठमाडाैं । अविरल वर्षाका कारण रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५ ड्यामसाइड क्षेत्रमा फसेका व्यक्तिहरूमध्ये १२ जनालाई नेपाली सेनाको उद्धार टोलीले सकुशल...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...












