गगन र विश्वप्रकाश : ढुङ्गाको काप फोरेर उम्रेका पिपल
काठमाडौं । नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को राजनीतिबाट उदाएका गगनकुमार थापा पार्टीको महामन्त्री पदमा निर्वाचित भएका छन् । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत बिहीबार सार्वजनिक मत परिणामानुसार थापा महामन्त्रीमा विजयी भएका हुन् ।
०४६ सालमा कक्षा–९ मा अध्ययरत रहँदा उनी नेविसंघमा प्रवेश गरेका थिए । नेविसंघको उपाध्यक्ष, महामन्त्री हुँदै संविधानसभा सदस्य भए । ०७३–०७४ मा स्वास्थ्यमन्त्री भएका थिए । ०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनबाट सांसदमा विजयी भए ।
उनले तत्कालीन राजाको निरंकुश कदमविरुद्ध संयुक्त विद्यार्थी आन्दोलनको अगुवाइ गरेका थिए । स्वतन्त्रताका लागि आन्दोलनको नेतृत्व गर्दै गर्दा ०६०–०६१ मा राज्यविरुद्धको आरोपमा राजद्रोहको मुद्दा खेपेका थिए । जेलमै रहँदा एम्नेष्टी इन्टरनेसनलद्वारा उनलाई ‘आस्थाको बन्दी’को घोषणा गरिएको थियो ।
शान्तिपूर्ण रूपमा आफ्नो आस्था प्रकट गरेकै आधारमा बन्दी बनाइएका विश्वका प्रतिष्ठित राजनीतिज्ञलाई यस्तो बन्दी घोषणा गर्ने गरिन्छ । थापाभन्दा अघि नेपालमा सन्तनेता कृष्णप्रसाद भट्टराईलाई उक्त घोषणा गरिएको थियो ।
थापाले ०६२/६३ को जनआन्दोलनमा अग्रमोर्चामा रहेर विद्यार्थी तथा आन्दोलनकारीहरूलाई नेतृत्व प्रदान गरेका थिए ।
यस्तो छ गगनको राजनीतिक यात्रा
– २०४६ सालमा कक्षा–९ मा अध्ययनरत रहँदा नेपाल विद्यार्थी संघमा आबद्ध
– २०४६ सालको जनआन्दोलनमा सहभागिता
– २०५१ मा स्वतन्त्र विद्यार्थी युनियन त्रिचन्द्र क्याम्पसको सदस्य
– २०५३ सालमा स्वतन्त्र विद्यार्थी युनियन त्रिचन्द्र क्याम्पसको सचिव
– २०५३ सालमा स्वतन्त्र विद्यार्थी युनियन त्रिचन्द्र क्याम्पसको सभापति
– २०५५ सालमा त्रिभुवन विश्वविद्यालयको सिनेट सदस्य
– २०५७ सालमा नेपाल विद्यार्थी संघका उपाध्यक्ष
– २०५९ सालमा नेपाल विद्यार्थी संघको महामन्त्री
– तत्कालीन राजाको निरंकुश कदमविरुद्ध संयुक्त विद्यार्थी आन्दोलनको अगुवाइ
– स्वतन्त्रताको लागि आन्दोलनको नेतृत्व गर्दा २०६०/२०६१ राज्यविरुद्धको आरोपमा राजद्रोहको मुद्दा
– जेलमै रहँदा एम्नेष्टी इन्टरनेसनलद्वारा ‘आस्थाको बन्दी’को घोषणा
– २०६२/६३ को जनआन्दोलनमा अग्रमोर्चामा रहेर नेतृत्व प्रदान
– २०६२/६३ को एजेन्डा स्थापित गराउन, शान्तिपूर्ण रूपमा राजनीतिक परिवर्तनका लागि अग्रणी भूमिका
– २०६४ सालमा पार्टीको तर्फबाट समानुपातिकतर्फ संविधानसभा सदस्य
– २०६५ सालमा संसद्को प्राकृतिक स्रोत समितिमा रहेर ऊर्जा उपसमितिको नेतृत्व, ऊर्जा संकट समाधान गर्न ऊर्जा सुरक्षालगायत विषयमा सक्रिय
– २०६७ सालमा भएको नेपाली कांग्रेसको १२औँ महाधिवेशनमा सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्य निर्वाचित
– २०७० सालमा भएको संविधानसभाको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर–४ बाट अत्यधिक मतसहित विजयी
– २०७१ मा कृषि तथा जलस्रोत समितिको सभापतिको रूपमा कृषि, ऊर्जा, जलस्रोतलगायत क्षेत्रमा नीतिगत पहल
– २०७२ सालको कांग्रेसको महाधिवेशनमा महामन्त्री पदमा उम्मदेवार र पराजित
– २०७३-२०७४ सालमा नौ महिनाको छोटो समय स्वास्थ्यमन्त्री
– २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–४ बाट पुनः सांसद निर्वाचित
– २०७८ सालको १४औँ महाधिवेशनबाट महामन्त्रीमा विजयी ।
विद्यार्थी जीवनबाट नै राजनीतिमा होमिएका विश्वप्रकाश शर्मा नेपाली कांग्रेसको केन्द्रीय महामन्त्री बन्न सफल भएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बिहीबार सम्पन्न मतगणनानुसार उनी महामन्त्रीमा निर्वाचित भएका हुन् ।
शर्माले वि.सं. २०४० सालमा कक्षा ८ मा अध्ययन गर्दा नै कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) धुलावारी स्कुलको सभापति बनेका थिए । २०५७ सालमा नेविसंघको केन्द्रीय सभापति बनेका शर्मा पार्टीको प्रवक्ता हुँदै महामन्त्री बनेका छन् । ५१ वर्षीय शर्मा प्रखर वक्ताका रुपमा चिनिन्छन् ।
यस्तो छ उनको राजनीतिक यात्रा–
जन्म – २०२७ पुस ६ गते, धुलावारी
२०४० – ८ कक्षा पढ्दा नेविसंघ सभापति, धुलावारी स्कुल
२०४१ – ९ कक्षा पढ्दा पुलिस कस्टडी
४३–४५– मेची क्याम्पस नेविसंघ सभापति
२०४७ – नेविसंघ झापा सभापति
२०४८ – नेविसंघ केन्द्रीय सदस्य
२०५३ – नेविसंघ महामन्त्री
२०५७ – नेविसंघ केन्द्रीय सभापति
२०६७ – झापा जिल्ला सभापतिमा पराजित
२०७० – संविधान सभामा पराजित
२०७४ – प्रतिनिधिसभा सदस्यमा पराजित
२०७२ – कांग्रेस केन्द्रीय सदस्य
२०७४ – पार्टी प्रवक्ता
२०७८ – महामन्त्री (नवनिर्वाचित)
Comments
अरु समाचार
-
निर्वाचन आउन ३० दिन बाँकी : छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
काठमाडौं । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको ३९ लाख ९८ हजार...
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
निर्वाचन ३१ दिन बाँकी : प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ ।...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध राजावादी समूहले शुक्रबार प्रदर्शन गर्दै
काठमाडौं । राष्ट्रिय जनावर गाई काटेर खान पाउनु पर्छ भन्ने अभिव्यक्ति दिने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता खगेन्द्र सुनारलाई पक्राउ गरी...











