खेलकुद मन्त्री ‘अथक’ को अथक प्रयासले सुल्झियो क्यान र खेलाडीबिचको विवाद(भिडियो अन्तरवार्ता)
काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज ‘अथक’को लामो कसरतले क्रिकेट खेलाडी र क्यानबिचको विवाद सुल्झिएको छ ।
मन्त्री अथकको अथकको रोहवरमा लगातारको छलफलबाट क्यान खेलाडीमाथीको कारबाहीको निर्णयबाट व्याक भएसंगै विवाद सुल्झिएको हो ।
मंगलबारको प्रशिक्षणमा नेपाली राष्ट्रिय टीमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लसहित अन्य खेलाडीले पनि प्रशिक्षण स्थलमा सहभागि भएसंगै विवाद केही मत्थर भएको हो ।
नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरुलाई मन्त्रालयमा बोलाएर मन्त्री अथकले कारबाहीको निर्णयमाथी पुनर्विचार गर्न पटक-पटक निर्देशनसमेत दिएका थिए ।
क्यान र खेलाडीबीच देखिएको समस्या समाधानकालागि उपर्युक्त विधि अपनाउनुपर्ने बताउँदै मन्त्री अथकले खेल क्षेत्रमै आफ्नो उर्जावान समय खर्चिएका खेलाडीहरुलाई गरीएको कारबाहीले गलत सन्देश प्रवाह भएको भन्दै चिन्ता समेत ब्यक्त गरेका थिए ।
मन्त्रीले आगमी दिनमा हुन गईरहेका राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितालाई समेत मध्यनजर गर्दै तत्काल देखिएका समस्या समाधान गर्न क्यानका अध्यक्ष चतुर बहादुर चन्द सहितका पदाधिकारीहरुलाई निर्देशन समेत दिएका थिए ।
यी समग्र विषयमा केन्द्रित रहेर युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज ‘अथक’संग गरिएको भिडियो अन्तरवार्ताः
हेर्नुहोस् भिडियो अन्तरवार्ताः
Comments
अरु समाचार
-
विश्वकप लिग-२ : स्कटल्यान्डसँग नेपाल २ रनले भयो पराजित
काठमाण्डाै ।आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग डीएलएस नियमका आधारमा २ रनले पराजित भएको छ । वर्षाका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
‘वुमेन्स च्यालेन्ज ट्रफी’ का लागि इन्दुको कप्तानीमा घोषणा भयो टोली
काठमाडौंँ । आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली महिला टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु वर्माको कप्तानीमा...
-
करण केसीलाई एक खेलमा प्रतिबन्ध, १०० प्रतिशत ‘म्याच फी’ जरिवाना
काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय टोलीका अलराउन्डर करण केसीलाई कारबाही गरेको छ ।सामाजिक सञ्जालमार्फत खेल भावना विपरीत...
-
आईपीएल क्रिकेटमा हैदरावादले कोलकातालाई ६५ रनले हरायो
काठमाण्डौ। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सन्राइजर्स हैदराबादले कोलकाता नाईट राइडर्सलाई हराएको छ । गएराति भएको खेलमा हैदरावादले कोलकातालाई ६५...
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...
-
नामिबियालाई हराउँदै पाकिस्तान टी–२० विश्वकपकाे ‘सुपर–एट’ मा
काठमाण्डाै – नामिबियालाई हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटकाे ‘सुपर–एट’ मा पुगेकाे छ । श्रीलङ्काकाे काेलम्बाेमा आज भएकाे समूह ‘ए’...
-
टी–२० विश्वकपमा नेपालको सान्त्वना जीत, स्कटल्याण्ड ७ विकेटले पराजित
काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डलाई ७ विकेटले हराएको छ । दीपेन्द्रले लगातार दोस्रो खेलमा पनि...
-
टी–२० विश्वकप: आज नेपाल र स्कटल्यान्ड भिड्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्दैछ । खेल भारतको मुम्बईमा रहेको...












