नेपाल-मरिसस मैत्रीपूर्ण खेलले दुई देशबीचको सम्वन्ध र पर्यटन प्रवर्द्धनमा नयाँ उचाइ प्रदान गर्यो: महावाणिज्यदूत कार्की
काठमाडौं । नेपाल–मौरिसस विजनेस काउन्सिलले नेपालसंग मैत्रीपूर्ण फुटबल खेल्न आएको मौरिससको राष्ट्रिय फुटबललाई टोलीलाई नेपालका लागी मरिससका अवैतानिक महावाणिज्यदुत गणेश कार्कीको प्रमुख आथ्यित्यतामा रात्री भोजको आयोजना गरेको छ ।
`खेलकुदले दुई देशको सम्वन्ध विकास गर्नुका साथै पर्यटनको विकासका साथै भाईचारा सम्बन्ध विकास गर्ने गरेर सन्देश प्रबाह गरेको छ´, रात्रीभोज कार्यक्रममा बोल्दै महावाणिज्यदूत कार्कीले भने , `स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर हामी अव खेलकुद माध्ययमले पर्यटन लगाएका क्षेत्र चलाएमान गराउन सक्छौँ भन्ने बिश्वास पनि लिएका छौं । मैत्रीपूर्ण प्रतियोगिता आयोजना गरेर नेपाल र माैरिससबीच मैत्रीपूर्ण सम्वन्ध कायम गर्नुका साथै खेलकुदका साथै खेल पर्यटन विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएकोमा अखिल नेपाल फुटबल संघ तथा अध्यक्ष कर्मा छिरिङ शेर्पाप्रति पनि आभार प्रकट गर्छु ।´मौरिससको राष्ट्रिय टोलीका सदस्यलाई महावाणिज्यदूत कार्कीले मायाको चिनो प्रदान गरे ।
यस्तै, नेपाल–मौरिसस विजनेस काउन्सिलका अध्यक्ष बटु लामिछानेले मैत्रीपूर्ण खेलमा विजेता टोली नेपालललाई बधाई ज्ञाप्न गर्दै मौरिससको टोलीले राम्रो खेल प्रदर्शन गरेको भन्दै धन्यवाद व्यक्त गरे ।
अध्यक्ष लामिछानेले खेलकुदको माध्ययमबाट पर्यटन प्रबर्द्धन र दुई देशबिचको ब्यापार प्रबर्द्धनका लागी समेत यो भेटघाट महत्वपुर्ण भएको बताए ।
कार्यक्रममा सचिव युवराज कार्की, कोषाध्यक्ष रजनी थापा लगाएत उपस्थित रहेका थिए ।

Comments
अरु समाचार
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
एनपीएलमा आज दुई खेल, जनकपुर/चितवन र पोखरा/ कर्णाली भिड्दै
काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा हुने...
-
फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने !
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का पूर्व कप्तान तथा दक्षिण अफ्रिकी चर्चित ब्याटर फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने भएका...
-
फाइनलमा आज नेपाल र यूएई प्रतिश्पर्धा गर्दै !
काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग...
-
एनपीएलमा काठमाडौं गोर्खाजको चौथो जित, कर्णाली याक्सलाई ५ विकेटले हरायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले चौथो जित निकालेको छ । कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै...
-
काठमाडौंविरूद्ध कर्णालीले टस जित्यो, पहिला ब्याटिङ गर्ने !
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार काठमाडौं गोर्खाजसँगको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । कर्णालीका...
-
एनपीएलमा आज कर्णाली र काठमाडौं भिड्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज...
-
पोखराविरुद्ध लुम्बिनीको तीन विकेटको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले तीन विकेटको जित निकालेको छ । प्रतियोगितामा पाँचौँ खेल खेलेको...












