नेपाल-मरिसस मैत्रीपूर्ण खेलले दुई देशबीचको सम्वन्ध र पर्यटन प्रवर्द्धनमा नयाँ उचाइ प्रदान गर्यो: महावाणिज्यदूत कार्की
काठमाडौं । नेपाल–मौरिसस विजनेस काउन्सिलले नेपालसंग मैत्रीपूर्ण फुटबल खेल्न आएको मौरिससको राष्ट्रिय फुटबललाई टोलीलाई नेपालका लागी मरिससका अवैतानिक महावाणिज्यदुत गणेश कार्कीको प्रमुख आथ्यित्यतामा रात्री भोजको आयोजना गरेको छ ।
`खेलकुदले दुई देशको सम्वन्ध विकास गर्नुका साथै पर्यटनको विकासका साथै भाईचारा सम्बन्ध विकास गर्ने गरेर सन्देश प्रबाह गरेको छ´, रात्रीभोज कार्यक्रममा बोल्दै महावाणिज्यदूत कार्कीले भने , `स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर हामी अव खेलकुद माध्ययमले पर्यटन लगाएका क्षेत्र चलाएमान गराउन सक्छौँ भन्ने बिश्वास पनि लिएका छौं । मैत्रीपूर्ण प्रतियोगिता आयोजना गरेर नेपाल र माैरिससबीच मैत्रीपूर्ण सम्वन्ध कायम गर्नुका साथै खेलकुदका साथै खेल पर्यटन विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएकोमा अखिल नेपाल फुटबल संघ तथा अध्यक्ष कर्मा छिरिङ शेर्पाप्रति पनि आभार प्रकट गर्छु ।´मौरिससको राष्ट्रिय टोलीका सदस्यलाई महावाणिज्यदूत कार्कीले मायाको चिनो प्रदान गरे ।
यस्तै, नेपाल–मौरिसस विजनेस काउन्सिलका अध्यक्ष बटु लामिछानेले मैत्रीपूर्ण खेलमा विजेता टोली नेपालललाई बधाई ज्ञाप्न गर्दै मौरिससको टोलीले राम्रो खेल प्रदर्शन गरेको भन्दै धन्यवाद व्यक्त गरे ।
अध्यक्ष लामिछानेले खेलकुदको माध्ययमबाट पर्यटन प्रबर्द्धन र दुई देशबिचको ब्यापार प्रबर्द्धनका लागी समेत यो भेटघाट महत्वपुर्ण भएको बताए ।
कार्यक्रममा सचिव युवराज कार्की, कोषाध्यक्ष रजनी थापा लगाएत उपस्थित रहेका थिए ।

Comments
अरु समाचार
-
एसियन गेम्स पुरुष क्रिकेटमा छनोट भयाे नेपाल
काठमाडौँ। नेपाल एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ ।मलेसियामा जारी छनोट खेलमा मङ्गलबार घरेलु टोली मलेसियाले चीनलाई...
-
पीएसजी लगातार दोस्रो पटक च्याम्पियन्स लिग विजेता
काठमाडाैं । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले लगातार दोस्रो पटक यूईएफए च्याम्पियन्स लिगको उपाधि जित्दै युरोपेली फुटबलमा आफ्नो वर्चस्व...
-
रविन्द्र ढाँट ‘रोड टु युएफसी सिजन ५’ को सेमिफाइनलमा
काठमाडौं । नेपाली एमएमए फाइटर रविन्द्र ढाँट युएफसीको छनोट प्रतियोगिता रोड टु युएफसी सिजन ५ को सेमिफाइनलमा प्रवेश गरेका छन्...
-
आईसीसी विश्वकप लिग–२ : नेपालकाे शानदार जित, अमेरिकालाई १२२ रनले हरायो
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत शुक्रबारको खेलमा नेपालले अमेरिकालाई १२२ रनले हराएको छ । ३१८ रनको लक्ष्य पछ्याएको अमेरिकालाई...
-
आईपीएलः राजस्थानले लखनऊलाई सानदारले हरायो, सुर्यवंशीले बनाए ९३ रन
जयपुर । युवा ब्याट्सम्यान वैभव सूर्यवंशीको विष्फोटक इनिङ्सको मद्दतले राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग ९आईपीएल० मा लखनऊ सुपर जाइन्ट्समाथि ७...
-
आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खला: स्कटल्यान्डलाई हराउँदै नेपाल पाँचौ स्थानमा उक्लियो
काठमाण्डाै – आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलामा नेपालले स्कटल्यान्डलाई ६ विकेटले हराएको छ । स्कटल्यान्डले दिएको १९५ रनको लक्ष्य नेपालले...
-
आइसिसी क्रिकेट विश्वकप लिग–२ : नेपाल र स्कटल्याण्ड भिड्दै
काठमाडौँ। आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज (सोमबार) नेपाल र स्कटल्याण्डबिच खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
-
नेपालले अमेरिकालाई ९ विकेटले हरायो, कुशल भुर्तेलको शानदार शतक
काठमाण्डाै – आईसीसी विश्वकप क्रिकेट लिग–टू शृङ्खला अन्तर्गत नेपालले अमेरिकालाई ९ विकेटले हराएको छ । आज भएको खेलमा अमेरिकाले दिएको...
-
विश्वकप क्रिकेट लिग–टु मा नेपालले आज अमेरिकासँग खेल्दै
काठमाण्डौ — आईसीसी विश्वकप क्रिकेट लिग–टु शृङ्खला अन्तर्गत नेपालले आज अमेरिकासँग खेल्दैछ । खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट...












