खाँदबारी नगरपालिका प्रमुखमा युवा नेता थापाको चर्चा
संखुवासभा । नेपाली कांग्रेस खाँदबारी नगरपालिका प्रमुखमा युवा नेता रामकुमार थापाको चर्चा चुलिएको छ ।
नेपाली कांग्रेस प्रदेश नं १ कार्यसम्पादन समिति सदस्य तथा लोकप्रिय युवा नेताको रुपमा स्थापित बन्दै गएका छन् ।
नेता थापा १४ औं महाधिवेशनमा प्रदेश कार्य सम्पादन समिति सदस्यमा बिजयी भएका थिए ।
नेता थापाले न्युजनेपालसंग भने: पार्टीले निर्बिवादित रुपमा नगर प्रमुखमा अघि सारेको अवस्थामा उम्मेद्बार बन्ने छु तर पार्टीभित्र सहमती कायन नगरी विवादित रुपमा उम्मेद्बार बन्दिन पार्टीले जस्लाई टिकट दिन्छ पार्टीको निर्णय अनुसार पार्टी लाई जिताउन लाग्नेछु ।
पार्टी भित्र असहमति सिर्जना गरेर टिकटको लागी नाममा तछाड-मछाड गरेर टिकट लिनेमा पक्षमा छैन किनकि म प्रदेश कार्य समितिको सम्पादन समितिको सदस्य हो, मैले पदिय जिम्मेवारिमा रहनु पर्छ ।
२५ बर्ष लामो राजनितिक इतिहास बोकेको ब्यक्ती हु मैले म भनेर होइन हामी र हाम्रो सिङ्गो पार्टी भनेर लागेको ब्यक्ती हो उमेर, बेला छ राजनितिमा सिनियरहरुको सम्मान गर्ने ब्यक्ति हु तर काधमा जिम्मेवारि आए पार्टी ले दिएको जिम्मेवारी लिन तयार छु।
गठबन्धन गरेर होस या नगरेर होस पार्टीले टिकट दिएमा चुनाव जितेर देखाउने छु।
म खादबारी नगरपालिकाको नेतृत्वमा आइसकेपछि कांग्रेसलाई स्थानीय तहबाटै बलियो र जनाधारसहित आफ्नो खुट्टामा उभिने गरि स्थापित गर्न सक्छु भनेर लागिरहेको छु ।
मलाई मेरो पार्टी र मतदाताले विश्वास गर्नेछन भन्ने अपेक्षा समेत गरेको छु’, थापाले भने ।
थापाको राजनैतिक यात्रा
२५ बर्ष लामो राजनिती यात्रामा अनवरत लम्किरहेका युवा नेता २०५२ सालमा नेपाल विद्यार्थी संघ विद्यालय इकाई समितिको सभापति,२०५३ सालमा मा जुरेसको अध्यक्ष, २०५६ सालमा नेपाल विद्यार्थी संघ जिल्ला कमिटी सदस्य, २०५७ सालमा रत्नराज्यलक्ष्मी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन सचिवमा पराजित, १२ औँ महाधिवेशनमा गाउँ सचीवमा निर्वाचित, नेपाल तरुण दलको जिल्ला सदस्य, सम्पर्क समितिको सचिव/उपाध्यक्ष, नेपाली कांग्रेस केन्द्रिय निति तथा अनुसन्धान प्रशिक्षण प्रतिष्ठानको केन्द्रीय बिज्ञ सदस्य र हालै सम्पन्न नेपाली कांग्रेस १४ औँ महाधिवेशनमा प्रदेश महाधिवेशन प्रतिनिधि १ नम्बर प्रदेश कार्य समिति सदस्य कार्यसम्पादन समितिको सदस्यमा निर्वाचित भएका छन ।
नेपालको ऐतिहासिक परिवर्तनका आन्दोलनमा अग्रमोर्चा रहेर संघर्ष गरेका नेता थापा पार्टीमा बाैद्दिक नेताको सर्कलमा आफुलाई उभ्याउन सफल छन ।
रामकुमार थापा नै किन
नेपाली कांग्रेसका लोकप्रिय युवा नेता पार्टीले प्रदान गरेको विभिन्न क्षेत्रमा सक्रिय भूमिका निर्वाह गरेकै कारण सामाजिक क्षेत्रमा समेत चर्चा बटुलेका उनले विपन्न र निमुखाको आर्शीवाद पाएका छन् ।
स्नाकोत्तरसम्मको अध्ययन पूरा गरेका थापा हरेक समस्याको सामधान गर्नु आफ्नो पहिलो प्रथामिकता ठान्छन् । जसका कारण खाँदबारी नगरबासीले नागरिककले अफट्यारोमा एक दर्बिलो खम्बाको रुपमा थापालाई लिने गरेका छन् ।
नेपाली कांग्रेस केन्द्रिय निति तथा अनुसन्धान प्रशिक्षण प्रतिष्ठानको केन्द्रीय बिज्ञ सदस्यका रुपमा समेत काम गरिसकेकाले नेता थापाले विकासको नयाँ मोडेल के हुन सक्छ भन्ने स्पष्ट खाका प्रस्तुत गर्न सक्छन ।
नेपाली कांग्रेसको शिर्षस्थ तहका नेतासंग समेत राम्रो सम्वन्ध विस्तार गर्न सफल थापाले नगर विकासका लागी विभिन्न संघ सस्थाबाट विभिन्न योजना तथा कार्यक्रम भित्रयाउन सक्छन ।
नेपाली कांग्रेसको राजनीतिमा २५ बर्षको अनुभव लिएका थापा सामाजिक काममा पनि उत्तिकै सक्रिय छन् । थापा शालिन , मिलनसार व्यक्तिका रुपमा परिचित छन् नै नेपाली कांग्रेस भित्रमा पनि साझा एवं प्रभावशाली नेतृत्व गर्न सक्ने छवि बनाएका छन् ।
युवा नेता थापाले अघि योजनाहरु
१ भ्रष्टाचारमुक्त नमुना नगर पालिका बनाउछु
२ सेवाग्राहीहरु लाई कुनै कामको लागि छिटो छरितो बनाउन प्रविधि मैत्री सरल र सहज बनाउछु ।
३ कर्मचारीहरु लाई अनुसासित बनाउछु
४ नगरपालिका मा आउने बजेट को ४ गुना बढी बजेट केन्द्र बाट ल्याउछु
५ खादबारी नगरपालिका प्रत्येक वडालाई सडक सञ्जालले जोडेर मोटरबाटो कालो पत्रे गर्ने छु
६ प्रत्येक वडामा खेलकुद गतिविधि सञ्चालन गर्न खेल मैदान बनाउने छु
७ नगरपालीकामा स्वास्थ्य पहुचलाई सहज बनाउन एक वडा एक एम्बुलेन्स राख्ने छु
८ नगरबासीका लागी एकघर एकधार बनाउने छु
९ प्रत्येक सरकारि बिधालयमा दलित,असहाय,अशक्त तथा गरिब गरिब जेहन्दार विद्यार्थीका निशुल्क शिक्षा व्यबस्था गर्नेछु ।
१० जेष्ट नागरीकलाई बृद्धा भत्ता घरघरमा पुर्याउने छु ।
११ कृषि तथा कृषि उपजको बजारीकरणका लागि बजार ब्याबस्थापन गर्नेछु ।
१२ प्रत्येक वडामा गुणस्तरीय सञ्चार सेवा प्रबाह गर्नेछु ।
१३ स्वदेशमै रोजगारका अवसर सिर्जना गरी दक्षता अनुसारको रोजगारको व्यवस्था मिलाउने छु ।
१४ गाउँघरमा भएका हाम्रा सांस्कृतिक सम्पदा पाटी, पौवा, मठ, मन्दीर र चौताराको प्राचीन स्वरुपमै संरक्षणकाे काम गर्नेछु ।
१५ बालबालिका तथा प्राैढ व्यक्तिहरूकाे लागि पार्क निर्माण गर्नेछाैँ ।
१६ पर्यटकलाई आकर्षित गर्न पर्यटकीय सम्भावना बोकेका स्थानहरूकाे खाेजी तथा प्रचार प्रसार गरि आयआर्जन तथा राेजगारी बढाउन पहल गर्नेछु ।
Comments
अरु समाचार
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...











