म्यादी प्रहरीको ड्रेस लगाएर भिडियो बनाउने युवकविरुद्ध सार्वजनिक अपराध तथा अभद्र व्यवहार मुद्दा
काठमाडाैं । म्यादी प्रहरीको ड्रेस लगाएर भिडियो बनाउने युवकमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । कपिलवस्तु बाणगंगा नगरपालिका–४ का १७ वर्षीय नवराज रेग्मीलाई प्रहरीले बुधबार २१ वैशाखमा पक्राउ गरेको थियो ।
उनीमाथि सार्वजनिक अपराध तथा अभद्र व्यवहार कसुरमा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दानबहादुर कार्कीले जानकारी दिए ।
प्रहरी पोशाकको दुरूपयोग गर्नुका साथै लागु औषध दुर्व्यसनलाई प्रेरित गर्ने खालको अभिव्यक्ति दिएकाले सोही आधारमा अनुसन्धान थालिएको एसपी कार्कीले बताए ।
‘प्रहरी पोशाकको दुरूपयोग गर्नुका साथै लागु औषध दुर्व्यसनलाई प्रेरित गर्ने अभिव्यक्ति थियो । सार्वजनिक अपराध तथा अभद्र व्यवहार भएकोले त्यहीअनुसार अनुसन्धान थालेका छौं,’ एसपी कार्कीले न्युज कारखानासँग भने, ‘जिल्ला अदालत कपिलवस्तुबाट सात दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको छ । अनुसन्धान गरेर मुद्दा दायर गर्छौं ।’
प्रहरीले उनका फुपुका छोरा पुरण भट्टराईलाई समेत नियन्त्रणमा लिएको छ । उनी स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरी बनेका थिए । उनलाई आफ्नो ड्रेसको हिफाजत गर्न नसकेकोले नियन्त्रणमा लिएर उनीमाथि पनि अनुसन्धान भइरहेको एसपी कार्कीले बताए ।
‘आफ्नो ड्रेसको हिफाजत गर्न सक्नुपर्छ । त्यसमा दाइको सहमति र जानकारीमै उनले ड्रेस लगाएर भिडियो बनाएको देखियो,’ एसपी कार्कीले भने, ‘आफ्नो ड्रेसको दुरूपयोग गर्न दिन मिलेन । दाइलाई पनि प्रहरी हिरासतमा लिएर अनुसन्धान गरिरहेका छौं ।’
‘उनलाई ड्रेस लगाएर यसरी भिडियो बनाउन कसले प्रेरित गर्यो ? कसरी भयो ? लगायतका विषयमा अनुसन्धान गरिरहेका छौं,’ एसपी कार्कीले भने, ‘उनी लागु औषधका दुर्व्यसनी हुन वा होइनन् ? सेवन गर्ने हो भने के कुन सेवन गरिरहेका छन् ? कहिलेदेखि सेवन गरिरहेका छन् ? लगायतका विषयमा अनुसन्धान गर्छौं।’
प्रारम्भिक चरणमा उनको उमेर १८ वर्षभन्दा कम देखिएको एसपी कार्कीले बताए । म्यादी प्रहरीको पोशाक लगाएर नवराजले बनाएको सेल्फी भिडियो भाइरल बनेको थियो । उनले भिडियोमा भनेका थिए, ‘सागर, बसन्ते, किस्ने सबहरू नडरा न हो । तेरो दाइ मिदी भइसकेको छ । केटाहरू के खाना मन छ बाटोमै खा न हो बाल भएन, जोइन तान्न मन छ भने पनि तान्दे । लड्न मन लागे लड । कसैलाई हान्न मन छ भने हान्दे, तेरो दाइ छ मिदी । माँ कसम निखिल उप्रेती मेरो नाम नेपालभरि चिन्छ । इन्स्पेक्टर त डराउँछ । नेपालको कानुन डराउँछन् ।’
Comments
अरु समाचार
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
जुवा खेल्दै गरेको अवस्थामा चार जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे...
-
कुलमानको नाम लिँदै प्रभाव जमाउँदै हेमान !
काठमाडाैं । सिरहातिर घर भएका एमालेका एक कार्यकर्ताले यतिबेला ऊर्जासमेत तीन मन्त्रालय सम्हालेका कुलमान घिसिङको नाम लिएर सिंहदरबार क्षेत्रमा आतंक...
-
अख्तियार प्रमुख प्रेम राईलाई धम्की दिने पाठक फिलिपिन्सबाट पक्राउ
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन्। नेपाल प्रहरीले उनले...
-
शक्तिशाली ठान्ने विनोद चाैधरीलाई जताकतै झड्काः अदालतकै आदेशमा भ्रम फैलाउने बाध्यता !
काठमाडाैं । नियोसी (NEOSEA) ब्रान्डका इलेक्ट्रिक भ्यानहरू आयात र बिक्री गर्दै आएको एम्बर मोटर्स प्रा.लि.ले डलर अर्बपति विनोद चाैधरीको सिजी...
-
जेनजी आन्दोलनमा भागेका दुई कैदी पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र २४ को आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथ देवल सुन्धाराबाट...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...











