फेसबुकको मित्रताले १६ किशोरी बलात्कृत
नेपालगञ्ज । बाँकेमा सामाजिक सञ्जाल फेसबुकमार्फत मित्रता गाँसेर जन्मदिन मनाउने बहानामा बोलाएर १६ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा सात जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेकाे छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले किशोरीलाई जन्मदिन मनाउने बहानामा बोलाएर मदिरा सेवन गराई सामूहिक बलात्कार गर्ने पाँच जना र मोटरसाइकलमा राखेर घर पुर्याउन मद्दत गर्ने दुई जना मतियार गरी सात जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जानकारी दिए ।
प्रहरीका अनुसार बाँके बैजनाथका १७ वर्षिय हेमराज थारुले आफ्नो जन्मदिन मनाउन भन्दै २१ जेठ अपरान्ह ४ बजे भेट्न बोलाएपछि गएकी १६ वर्षीया किशोरीलाई हेमराज लगायत पाँच जनाले सामूहिक बलात्कार गरेको बाँके प्रहरीले जनाएको छ ।
आइतबार बिहान करिब ४ बजे किशोरीलाई मोटरसाइकलको बीचमा राखेर घर पुर्याउन लैजाँदै गर्दा प्रहरीले मोटरसाइकल रोकेपछि घटना बाहिरएको हो । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले खजुरा गाउँपालिका–५ चाइनिज इँट्टाभट्टा नजिक शंकास्पदरूपमा भे ३ प ३५२७ नम्बरको मोटरसाइकलमा ती किशोरीलाई दुई जना पुरुषले बीचमा राखी हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएपछि घटना बाहिरिएको हो ।
प्रहरीले मोटरसाईकल रोक्दा किशोरी लठ्ठिएको अवस्थामा भेटेको र केरकार गर्दा घटना बाहिरएको थियोे । प्रहरीले मोटरसाइकल चालक बाँके बैजनाथ ८ झिगौराका २० वर्षीय विश्वनाथ थारुले चलाएको मोटरसाइकलकाे बीचमा किशोरी राखेको र पछाडि १७ वर्षको किशोर बसेर जाँदै गर्दा नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार मोटरसाइकलमा लिएर जाने दुबै घटनाका मतियार हुन् ।
हेमराजले बोलाएर किशोरीलाई सुरुमा बाँके–बर्दियाको सीमानाको मानखोलाको जंगल लगेर घरेलु मदिरा सवन गराई ४/५ जनाले सामूहिक बलात्कार गरेपछि अन्दाजी साँझ ६ बजेदेखि १२ बजेरातिसम्म बेहोस भएको र त्यसपछि बैजनाथस्थित एक टहरामा लगेर २४ वर्षीय बिक्रान्त थारु लगायत दुई जनाले बलात्कार गरेको प्रहरीले प्रारम्भिक अनुसंन्धानमा खुल्न आएको जनाएको छ । प्रहरीले घटनामा संलग्न पीडक तथा पीडितको आवश्यक मेडिकल गराई अनुसन्धान सुरु गरेको जनाएको छ ।
बाँके प्रहरीले सो घटनामा संलग्न रहेकाे आराेपमा २५ वर्षका निराजन थारु, २४ वर्षका विक्रान्त थारु, २३ वर्षका राजकुमार थारु, २० वर्षका विश्वनाथ थारू, १७ वर्षको हेमराज थारु, १६ वर्षिय प्रवीण थारू र १७ वर्षको निर्देश थारु लाई विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको जनाएको छ ।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
सम्पर्कबिहीन कर्मचारीलई तीनदिनभित्र उपस्थित हुन सरकारको अल्टिमेटम
काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत राष्ट्रिय किताबखाना (निजामती) ले अध्ययन बिदा तथा असाधारण बिदामा रहेका केही...
-
काठमाडौंका प्रहरी प्रमुख रमेश थापाको सरुवा, सरुवापछि के भने?
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले आफ्नो कार्यकालमा सहयोग गर्ने प्रहरी संगठन,...












