फेसबुकको मित्रताले १६ किशोरी बलात्कृत
नेपालगञ्ज । बाँकेमा सामाजिक सञ्जाल फेसबुकमार्फत मित्रता गाँसेर जन्मदिन मनाउने बहानामा बोलाएर १६ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा सात जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेकाे छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले किशोरीलाई जन्मदिन मनाउने बहानामा बोलाएर मदिरा सेवन गराई सामूहिक बलात्कार गर्ने पाँच जना र मोटरसाइकलमा राखेर घर पुर्याउन मद्दत गर्ने दुई जना मतियार गरी सात जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जानकारी दिए ।
प्रहरीका अनुसार बाँके बैजनाथका १७ वर्षिय हेमराज थारुले आफ्नो जन्मदिन मनाउन भन्दै २१ जेठ अपरान्ह ४ बजे भेट्न बोलाएपछि गएकी १६ वर्षीया किशोरीलाई हेमराज लगायत पाँच जनाले सामूहिक बलात्कार गरेको बाँके प्रहरीले जनाएको छ ।
आइतबार बिहान करिब ४ बजे किशोरीलाई मोटरसाइकलको बीचमा राखेर घर पुर्याउन लैजाँदै गर्दा प्रहरीले मोटरसाइकल रोकेपछि घटना बाहिरएको हो । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले खजुरा गाउँपालिका–५ चाइनिज इँट्टाभट्टा नजिक शंकास्पदरूपमा भे ३ प ३५२७ नम्बरको मोटरसाइकलमा ती किशोरीलाई दुई जना पुरुषले बीचमा राखी हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएपछि घटना बाहिरिएको हो ।
प्रहरीले मोटरसाईकल रोक्दा किशोरी लठ्ठिएको अवस्थामा भेटेको र केरकार गर्दा घटना बाहिरएको थियोे । प्रहरीले मोटरसाइकल चालक बाँके बैजनाथ ८ झिगौराका २० वर्षीय विश्वनाथ थारुले चलाएको मोटरसाइकलकाे बीचमा किशोरी राखेको र पछाडि १७ वर्षको किशोर बसेर जाँदै गर्दा नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार मोटरसाइकलमा लिएर जाने दुबै घटनाका मतियार हुन् ।
हेमराजले बोलाएर किशोरीलाई सुरुमा बाँके–बर्दियाको सीमानाको मानखोलाको जंगल लगेर घरेलु मदिरा सवन गराई ४/५ जनाले सामूहिक बलात्कार गरेपछि अन्दाजी साँझ ६ बजेदेखि १२ बजेरातिसम्म बेहोस भएको र त्यसपछि बैजनाथस्थित एक टहरामा लगेर २४ वर्षीय बिक्रान्त थारु लगायत दुई जनाले बलात्कार गरेको प्रहरीले प्रारम्भिक अनुसंन्धानमा खुल्न आएको जनाएको छ । प्रहरीले घटनामा संलग्न पीडक तथा पीडितको आवश्यक मेडिकल गराई अनुसन्धान सुरु गरेको जनाएको छ ।
बाँके प्रहरीले सो घटनामा संलग्न रहेकाे आराेपमा २५ वर्षका निराजन थारु, २४ वर्षका विक्रान्त थारु, २३ वर्षका राजकुमार थारु, २० वर्षका विश्वनाथ थारू, १७ वर्षको हेमराज थारु, १६ वर्षिय प्रवीण थारू र १७ वर्षको निर्देश थारु लाई विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको जनाएको छ ।
Comments
अरु समाचार
-
बालुवाटारमा आमाछोराको अन्तरंग, गोरखा टू काठमाडाैंः खास के पाक्दैछ ?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका सुदन गुरुङको चलखेल शुरु भएको छ ।...
-
नेपाल चीन सम्बन्ध ७० वर्ष पुग्नै लाग्दा काठमाडाैंमा भव्य कार्यक्रम
काठमाडाैं । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुरा हुन लागेको अवसरमा काठमाडाैंमा एक बिशेष कार्यक्रम आयोजना गरिएको...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
भ्रष्टाचार न्यूनिकरणमै थप समय खर्चिनेछुः किशोर सिलवाल
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर सिलवाल उमेरहदका कारण मंगलबारदेखि अवकाशमा गएका छन् । २०७७ माघ २१ गते...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...











