रातो बंगला र एभरेष्ट एजुकेशनबीच सीप र प्रविधि सहकार्य गर्न सम्झौता
विराटनगर । निजी क्षेत्रका लागि प्रदेश १ कै अग्रणी संस्थाको रुपमा स्थापित विराटनगरको एभरेष्ट एजुकेशन फाउण्डेसन र काठमाडौंको रातो बंगला फाउण्डेसनबिच प्रविधि र सीप विकासमा सहकार्य गर्ने सम्झौता भएको छ ।
सम्झाैतापत्रमा रातो बंगला फाउण्डेसनकी अध्यक्ष डा. शान्ता दिक्षित तथा एभरेष्ट एजुकेशन फाउण्डेसनका प्राचार्य टिकाराम पुरीले हस्ताक्षर गरेका छन् । सम्झाैता अनुसार आगामी तीन वर्षसम्म सीपमूलक शिक्षाको विकासका निम्ति तालिम र प्राविधिक सहयोग आदान प्रदान गरिने जनाइएको छ ।
सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक शिक्षा समेत अध्यापन गराउँदै आएको एभरेष्ट स्कुलले यस वर्षदेखि आफैं पाठ्यक्रम बनाएर नैतिक शिक्षाको समेत व्यवहारिक अभ्यास गराउन थालेको छ । प्रविधिको युगमा अध्ययन गर्ने हरेक विद्यार्थी प्रविधिमैत्री हुनुपर्छ भन्ने मान्यता स्थापित गराउन लागेको एभरेष्टले सोहि अनुसारको भौतिक संरचना निर्माणदेखि लिएर शिक्षकहरुलाई समेत प्रविधिमैत्री बनाएको छ ।
हरेक कक्षाकोठामा प्रोजेक्टर र स्मार्ट बोर्डलगायतका प्रविधिको प्रयोगसहि अध्यापन गराउदै आएको एभरेष्ट स्कुलले हरेक शिक्षकले ल्यापटपको प्रयोग गरेर शिक्षण गर्दै आएका छन् ।
देशकै उत्कृष्ट शिक्षणसंस्थाको रुपमा पटकपटक राष्ट्रिय तथा क्षेत्रीय पुरस्कार पाउँदै आएको एभरेष्टले शैक्षिक गुणस्तरका लागि भौतिक पूर्वाधार र प्रविधिमा पनि उसैगरी लगानी गर्दै आएको छ । ‘शिक्षामा गुणस्तरताको विषयमा हामीले सकेसम्म प्रविधिमा आधारित रहेका काम गरिरहेका छाैं । विद्यार्थी किताब जान्ने मात्र हुन्न । उ चरित्रवान र अनुशासनको सीमामा समेत रहन सक्नुपर्छ । जुन कुरा विद्यालयले सहजै रुपमा विकास गर्न सक्छ’, पुरीले भने ।
‘पीजी टु पीजी’ अर्थात प्ले ग्रुप देखि पोष्ट ग्रयाजुएटसम्म एउटै थलोबाट अध्ययापन गराउने लक्ष्यका साथ अघि बढेको एभरेष्टमा अहिले प्ले ग्रुपदेखि स्नातक तहसम्मको अध्ययापन हुँदै आएको छ । सबै कक्षालाई आधुनिक र प्रविधियुक्त बनाएको एभरेष्टका लागि कोरोना महामारीले निम्त्याएको लक डाउन र भर्चुअल कक्षाको अभ्यासले सहयोग पुगेको प्राचार्य पुरीले बताए । उनले भने,‘त्यहि भर्चुअल कक्षाका लागि हामीले हरेक शिक्षकलाई विभिन्न तालिम दियौं, जसले गर्दा आज एभरेष्टका सम्पूर्ण शिक्षक कर्मचारी प्रविधिमैत्री हुनुहुन्छ ।’
Comments
अरु समाचार
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...











