विश्व रक्तदाता दिवसको उपलक्ष्यमा मेडिसिटी बयोधा अस्पतालमा ८७ जनाद्वारा रक्तदान
काठमाडाैं । विश्व रक्तदाता दिवसको उपलक्ष्यमा मेडिसिटी बयोधा अस्पतालमा ८७ जनाले रक्तदान गरेका छन्। जुन १४ लाई संसारभर विश्व रक्तदाता दिवसको रुपमा मनाईने क्रममा मेडिसिटी बयोधा अस्पतालले नेपाल रेडक्रस सोसाईटी, विरगंजको सहयोगमा आयोजना गरेको रक्तदान कार्यक्रमका सशस्त्र प्रहरी, जनपद प्रहरी, विभिन्न संघसंस्था, स्थानीय नागरीक, अस्पतालका कर्मचारीहरुले रक्तदान गरेका छन्।
कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि विरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले रक्तदान जीवनदान भनिए पनि हत्तपत्त मानिसहरु रक्तदान गर्न अभिप्रेरित नहुने भएकोले जनचेतना अभिबृद्धिमा अझ बढी काम गर्नुपर्ने बताए । अस्पतालले आम नागरिकहरुको स्वास्थ्यमा ध्यान दिदै सबैलाई उपचार गर्ने अवस्था सिर्जना गर्नु पर्ने र पैसाको अभावमा विरामीहरुलाई उपचार नगर्ने, पैसा नतिरेका लागि अस्पतालले बन्धकी बनाउने जस्ता कार्यहरु गर्न नहुने उनले बताए । वीरगंजका जनताहरुको स्वास्थ्य अभिबृद्धिका लागि महानगरपालिका सबै प्रकारको सहयोग गर्न तत्पर रहेको मेयर सिंहको भनाई थियो ।
कार्यक्रमको सभापतित्व गरेका मेडिसिटी बयोधा अस्पतालका प्रमुख विजय रिमालले हालै नेपाल मेडिसिटी अस्पताल काठमाडौले नारायणी बयोधा अस्पतालको स्वामित्व ग्रहण गरी अस्पतालको ब्यवस्थापनलाई अझ परिस्कृत गर्दै विरगंजका जनताहरुलाई घरआंगनमै विश्वस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने कार्यमा लागिपरिरहेको जानकारी गराए ।ल्याबसहित मुटुरोगको सम्पूर्ण उपचारका लागि नेपाल मेडिसिटी अस्पतालबाट २४सैं घन्टा विशेषज्ञ चिकित्सकहरुको ब्यवस्था गर्ने योजना रहेको पनि सो अवसरमा उनले बताए ।। अति विशिष्ट र विशिष्ट सेवाहरुलाई विरगंजमै सम्भव बनाउने अभियानलाई साकार बनाउन विरगंजका नागरिक, उद्यमी ब्यवशायी, समाजसेवी, स्थानीय निकाय, स्थानीय प्रशासन एवं स्वास्थ्यकर्मीहरुको सदैव सहयोगको अपेक्षा गरेको अस्पताल प्रमुख रिमालले बताए ।
कार्यक्रममा समाजसेवी तथा उद्योगपति अशोक बैद्य, जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत विनय श्रीवास्तव, सशस्त्र प्रहरीका नायब उपरीक्षक सुमन थापा, श्रीपुर प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक डि.ए. सापकोटालगायतको उपस्थिति रहेको थियो ।
Comments
अरु समाचार
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
रास्वपाकाे सचिवालयको बैठक बस्दै
काठमाडौं । विभिन्न समसामयिक विषयमा छलफल गर्नका लागि आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको छ ।सो पार्टीका...
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
पिपुल अफ नेपाली ओरिजिन ‘पीएनओ’ को अध्यक्ष कुमार कार्की चयन
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पिपुल अफ नेपाली ओरिजिन 'पीएनओ’ को अध्यक्ष कुमार कार्कीलाई तोकेको छ । एनआरएनएका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
सदैव राष्ट्र र राष्ट्रिय एकताको पक्षमा : अध्यक्ष रामेश्वर थापा,अन्नपूर्ण मिडिया नेटवर्क
- अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गतको प्रमुख प्रकाशन अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकका लागि आजको दिन ऐतिहासिक हो। यो प्रकाशन आजबाट २५ वर्ष...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
चीन–नेपाल सुरक्षा सहकार्यमा जोड
काठमाडौं । नेपालका लागि चीनका राजदूत चाङ माओमिङले चीन–नेपाल सुरक्षा सहकार्यमा जोड दिँदै त्यसलाई अझ सुदृढ बनाउन हरसम्भव प्रयत्न गर्ने...












