मलबिनै धान रोपाइँ गरिँदै
काठमाडौं । पानी परेपछि महोत्तरीका किसान धान रोपाइँमा ब्यस्त छन् । लामो समय कुर्दा पनि किसानले बजार र कृषि सहकारीमा रासायनिक मल पाउन सकेनन् । पानी परेपछि खेर जान नदिने भन्दै उनीहरु रोपाइँ गर्न लागेका हुन् ।
एक सातायता दिनहुँजसो पानी परिरहेको छ । दिनहुँको वर्षासँगै रोपाइँ चाँडै सक्ने ध्यान्न किसानलाई छ । “बजारमा मल पाइएन, पानी परेकाले बीउ रोप्न थालियो”, भङ्गाहा नगरपालिका–४ रामनगरका इद्रिस राइनले भने । जिल्लाका सबै भेगमा पानी परेपछि किसान सक्रिय बनेका छन् । असार मसान्तमै धानको शाहीरोप पहिलो बीउरोप)सकिने बलवा नगरपालिकाका मन्सुल राइन बताउछन् ।
“मौसमले साथ दिए समयमै धान रोपाइँ सकिन्छ”, उनले भने। मल नपाएकामा भने उनको दुःखेसो छ । महोत्तरीसहितका मध्यपूर्वी तराईमा गत जेठ २२ गतेसम्म हिउँदे धानको बीउ राख्ने, असार तेस्रो साताभित्रै बीउरोप सक्ने र साउन तेस्रो साताभित्र खरुवन (पहिले रोपिएको बीउको रोपो गाँजिएपछि उखेलेर रोप्ने) रोपाइँ सक्ने उपयुक्त समय हो ।
यसपालि बीउ धानको अभावले समयमै ब्याड राख्न नपाएको किसान बताउँछन् । उनीहरुले सहकारी संस्था र बीउ नपाएपछि घरकै बीउ राखेर ब्याड बनाएका छन् । ब्याडको बीउ १५ दिनको भएपछि रोप्न थालिएको हो । लगातार पानी परिरहेकाले खेतका गह्रामा पानी लागेको छ । किसान खेत हिल्याउने, गह्रा सम्याउने, बीउ काढ्ने (बीउ उखेल्ने) र रोप्ने काममा ब्यस्त छन् ।
जिल्लामा कूल खेतीयोग्य जग्गा ७० हजार हेक्टर छ । यसमध्ये १० प्रतिशतमा मात्र नहर कुलो लाग्छ । यहाँ अधिकांश खेती आकाशे पानीकै भरमा गर्नुपरेको छ । समयमा बीउ, मल र जनशक्ति नपाउँदा गाह्रो भएको बर्दिवास नगरपालिका–१२ बिजलपुराका विश्वनाथ सिंह बताउछन् । कूल खेतीयोग्य जग्गामध्ये ५० हजार हेक्टर क्षेत्रफल धानखेतीका लागि उपयुक्त मानिन्छ ।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
सम्पर्कबिहीन कर्मचारीलई तीनदिनभित्र उपस्थित हुन सरकारको अल्टिमेटम
काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत राष्ट्रिय किताबखाना (निजामती) ले अध्ययन बिदा तथा असाधारण बिदामा रहेका केही...
-
काठमाडौंका प्रहरी प्रमुख रमेश थापाको सरुवा, सरुवापछि के भने?
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले आफ्नो कार्यकालमा सहयोग गर्ने प्रहरी संगठन,...











