नवलपरासी कोभिडविरुद्धको पूर्ण खोप लगाउने जिल्ला
नवलपरासी । नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) जिल्ला कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाउने पहिलो जिल्ला बनेको छ । नवलपरासीका ९९ प्रतिशत लक्षित जनसङ्ख्याले कोभिड–१९ विरुद्धको पहिलो मात्रा र ९७ प्रतिशतले दोस्रो मात्राको खोप लगाएका छन् ।
बाह्र वर्षमाथिका लक्षित सबै नागरिकले कोरोनाविरुद्धको खोप लगाएकाले कोभिड–१९ विरुद्धको खोप सञ्चालन तथा व्यवस्थापन सम्बन्धी जिल्ला खोप समन्वय समितिको आजको बैठकबाट नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)लाई नेपालकै पहिलो कोभिड–१९ विरुद्धको पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए ।
“यस जिल्लाका नागरिक आज बधाईका पात्र हुनुहुन्छ, सरकारले तोकेका सबै प्रक्रिया पूरा गरेर आजबाटै पश्चिम नवलपरासीलाई कोभिड–१९ विरुद्धको पूर्ण खोपयुक्त पहिलो जिल्ला घोषणा गरेका छौँ”, उनले भने । जिल्लाका सातै स्थानीय तहहरुले १२ वर्षभन्दा माथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा पूरा गरी कोभिड–१९ विरुद्धको पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिसकेका थिए ।
लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयबाट साउन ८ गते भएको अनुगमन, निरीक्षण तथा भेरिफिकेशनबाट समेत पूर्ण खोप सुनिश्चितता घोषणाको सम्पूर्ण प्रक्रिया पूरा भएकोले कोभिड–१९ विरुद्धको पूर्ण खोप सुनिश्चित जिल्ला हुन सफल भएको प्रजिअ पोखरेलले बताए । कोभिड–१९ पुनः बढ्ने क्रममा रहेकाले स्वास्थ्य सुरक्षका मापदण्ड पालना गर्न र सतर्कता अपनाउन समेत उनले आग्रह गए ।
पश्चिम नवलपरासीमा १२ वर्ष माथिका खोप लगाउन योग्य कूल दुई लाख ९२ हजार ४३६ जनसङ्ख्या मध्ये ९९ प्रतिशतले पहिलो मात्रा र ९७ प्रतिशतले दोस्रो मात्राको खोप लगाएको स्वास्थ्य कार्यालय परासीका प्रमुख ओमप्रकाश पन्थीले जानकारी दिए ।
आजै पश्चिम नवलपरासीलाई पूर्ण खोप दीगोपना सुनिश्चित जिल्ला पनि घोषणा गरिएको छ । पन्ध्र महिना सम्मका सबै बालबालिकाले सरकारले तोकेका १३ प्रकारका नियमित खोप लगाएकोले पूर्ण खोप दीगोपना सुनिश्चित् जिल्ला घोषणा गरिएको जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति(जिसस) प्रमुख भगौती यादव(रुदल)ले जानकारी दिए ।
नवलपरासी जिल्लालाई विसं२०७० सालमै नेपालको पहिलो पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको थियो । प्रत्येक वर्ष अनुगमन र दीगोपना घोषणा गर्ने क्रममा यसवर्ष १६ देखि २३ महिनासम्मका लक्षित चार हजार ८०७ बालबालिकामध्ये चार हजार ६६१ ले नियमित पूर्ण खोप प्राप्त गरेको र १४९ जना छुटेको पाइएपछि खोज तथा खोप अभियान सञ्चालन गरी १०० प्रतिशतलाई खोप लगाइएको, जिल्लाका सातै पालिकाले पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरेको र लुम्बिनी प्रदेश सरकारको अनुगमनबाट भेरिफिकेशन भएका आधारमा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय प्रमुख पन्थीले बताए ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
ईश्वरले ओलीलाई धक्का दिदैः पूर्वराष्ट्रपति भण्डारीको सदस्यता के होला ?
काठमाडाैं । नेकपा एमालेको आगामी महाधिवेशनमा दुई प्यानलबीच प्रतिष्पर्धा हुने पक्का भएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षबाट बरिष्ठ उपाध्यक्ष...
-
असंवैधानिक सरकारविरुद्ध जिल्लाभर आयोजित सभा भव्यतापूर्वक सफलः एमाले
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी एमालेले असंवैधानिक सरकारविरुद्ध जिल्लाभर आयोजित सभा भव्यतापूर्वक सफल भएको जनाएको छ। सभालाई सम्बोधनको क्रममा एमालेका महासचिव...
-
नेपाल एयरलाइन्सको अर्को ट्विनअटर मर्मतपछि नियमित सेवामा
काठमाडाैं । नेपाल एयरलाइन्सले ग्राउण्डेड गरेर राखेको 'अल्फा ब्राभो ट्यांगो'को मर्मत र परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । दुर्गम...
-
सरकारलाई ओलीको कडा च्यालेन्ज, राजदूत प्रकरणमा पोखे आक्रोश
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारका मन्त्रीहरुलाई संयमित भएर बोल्न चेतावनी दिएका छन् । सोमवार पार्टीद्वारा काठमाडौंमा आयोजित...
-
राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गर्न वामपन्थीहरू एउटै झण्डामुनि एकताबद्ध होऊँः प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशका सामु देखिएका जटिल राजनीतिक परिस्थिति, जनअपेक्षा,...












