नवलपरासी कोभिडविरुद्धको पूर्ण खोप लगाउने जिल्ला
नवलपरासी । नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) जिल्ला कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाउने पहिलो जिल्ला बनेको छ । नवलपरासीका ९९ प्रतिशत लक्षित जनसङ्ख्याले कोभिड–१९ विरुद्धको पहिलो मात्रा र ९७ प्रतिशतले दोस्रो मात्राको खोप लगाएका छन् ।
बाह्र वर्षमाथिका लक्षित सबै नागरिकले कोरोनाविरुद्धको खोप लगाएकाले कोभिड–१९ विरुद्धको खोप सञ्चालन तथा व्यवस्थापन सम्बन्धी जिल्ला खोप समन्वय समितिको आजको बैठकबाट नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)लाई नेपालकै पहिलो कोभिड–१९ विरुद्धको पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए ।
“यस जिल्लाका नागरिक आज बधाईका पात्र हुनुहुन्छ, सरकारले तोकेका सबै प्रक्रिया पूरा गरेर आजबाटै पश्चिम नवलपरासीलाई कोभिड–१९ विरुद्धको पूर्ण खोपयुक्त पहिलो जिल्ला घोषणा गरेका छौँ”, उनले भने । जिल्लाका सातै स्थानीय तहहरुले १२ वर्षभन्दा माथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा पूरा गरी कोभिड–१९ विरुद्धको पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिसकेका थिए ।
लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयबाट साउन ८ गते भएको अनुगमन, निरीक्षण तथा भेरिफिकेशनबाट समेत पूर्ण खोप सुनिश्चितता घोषणाको सम्पूर्ण प्रक्रिया पूरा भएकोले कोभिड–१९ विरुद्धको पूर्ण खोप सुनिश्चित जिल्ला हुन सफल भएको प्रजिअ पोखरेलले बताए । कोभिड–१९ पुनः बढ्ने क्रममा रहेकाले स्वास्थ्य सुरक्षका मापदण्ड पालना गर्न र सतर्कता अपनाउन समेत उनले आग्रह गए ।
पश्चिम नवलपरासीमा १२ वर्ष माथिका खोप लगाउन योग्य कूल दुई लाख ९२ हजार ४३६ जनसङ्ख्या मध्ये ९९ प्रतिशतले पहिलो मात्रा र ९७ प्रतिशतले दोस्रो मात्राको खोप लगाएको स्वास्थ्य कार्यालय परासीका प्रमुख ओमप्रकाश पन्थीले जानकारी दिए ।
आजै पश्चिम नवलपरासीलाई पूर्ण खोप दीगोपना सुनिश्चित जिल्ला पनि घोषणा गरिएको छ । पन्ध्र महिना सम्मका सबै बालबालिकाले सरकारले तोकेका १३ प्रकारका नियमित खोप लगाएकोले पूर्ण खोप दीगोपना सुनिश्चित् जिल्ला घोषणा गरिएको जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति(जिसस) प्रमुख भगौती यादव(रुदल)ले जानकारी दिए ।
नवलपरासी जिल्लालाई विसं२०७० सालमै नेपालको पहिलो पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको थियो । प्रत्येक वर्ष अनुगमन र दीगोपना घोषणा गर्ने क्रममा यसवर्ष १६ देखि २३ महिनासम्मका लक्षित चार हजार ८०७ बालबालिकामध्ये चार हजार ६६१ ले नियमित पूर्ण खोप प्राप्त गरेको र १४९ जना छुटेको पाइएपछि खोज तथा खोप अभियान सञ्चालन गरी १०० प्रतिशतलाई खोप लगाइएको, जिल्लाका सातै पालिकाले पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरेको र लुम्बिनी प्रदेश सरकारको अनुगमनबाट भेरिफिकेशन भएका आधारमा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय प्रमुख पन्थीले बताए ।
Comments
अरु समाचार
-
BREAKING: एमाले उपाध्यक्ष विष्णु पाैडेल पक्राउ
काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेललाई सम्पत्ति शुद्धिकरण विभागले पक्राउ गरेको छ। एमाले उपाध्यक्ष पाैडेललाई विभागले सम्पत्ति शुद्धिकरणको अभियोगमा अनुसन्धानका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
सम्पर्कबिहीन कर्मचारीलई तीनदिनभित्र उपस्थित हुन सरकारको अल्टिमेटम
काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत राष्ट्रिय किताबखाना (निजामती) ले अध्ययन बिदा तथा असाधारण बिदामा रहेका केही...











