एमाले सांसदको आरोपः मुख्यमन्त्री राईको अभिव्यक्ति मान्छे उचाल्ने र सामाजिक सद्भाव भड्काउने खालको छ
विराटनगर । प्रदेश १ को नामाकरणबारे मुख्यमन्त्री राजेन्द्र कुमार राईको अभिव्यक्तिबारे प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले आपत्ति जनाएका छन् ।
मुख्यमन्त्री राईको अभिव्यक्ति मान्छे उचाल्ने र सामाजिक सद्भाव भड्काउने खालको भएको भन्दै एमालेका सांसदहरुले प्रदेशसभा बैठकमा आपत्ति जनाएका हुन् ।
एमाले सांसदहरु बिनादेबी राई र लिलाबल्लभ अधिकारीले मुख्यमन्त्री राईको अभिव्यक्तिले सामाजिक सद्भाव बिगार्ने भन्दै प्रदेशसभा बैठकमा आपत्ति जनाएका हुन् ।
प्रदेश सभाको शून्य समयमा एमाले सांसद बिनादेवी राईले विपक्षमा रहँदा नामाकरण छिटो गर्नु पर्याे भन्ने दलहरू नै अहिले नामाकरणका विषयमा मौन रहेको बताइन् । मुख्यमन्त्रीले जनतालाई उचाल्ने काम गरेको र हिंसा भड्काउन खोजेको आरोप उनले लगाइन् । ‘मुख्यमन्त्री जनता समक्ष गएर जनतालाई उचाल्ने काम गरिरहेका छन्, म जसरी पनि किराँत बनाउँछु, छिट्टै म नामाकरण गर्छु भनिराख्नु भएको छ,’ उनले प्रश्न गरिन्, ‘आज जनता सडकमा आन्दोलित छन् तर सरकारको मुख्यमन्त्रीले नामाकरणको विषय किन टेबुल नगरेको ? सरकार आफैं हिंसा भड्काउने उद्वेलित छ सभामुखज्यू ।
पूर्वराज्यमन्त्री तथा एमालेका सांसद लिलाबल्लभ अधिकारीले मुख्यमन्त्रीको केही समयदेखि यता आएको अभिव्यक्तिले मुलुककै ध्यान खिचेको बताए । उनले मुख्यमन्त्री राईले कुनै पहिचान विशेषको मुद्दाको सम्बोधन भएको वा नभएको कारणबाट मुलुक उथलपुथल हुन्छ भन्न नमिल्ने जिकिर गरे ।
‘मुद्दाको सम्बोधन भएको वा नभएको कारणबाट मुलुकको उथलपुथल हुन्छ भन्न मिल्छ कि मिल्दैन ? विद्रोह हुन्छ भन्न मिल्छ कि मिल्दैन ? सामाजिक जातीय सद्भाव भड्किने गरी अरु पहिचानवालालाई असर पर्ने गरी जिम्मेवार व्यक्तिले अभिव्यक्ति दिन हुन्छ कि हुँदैन ?,’ उनले भने, ‘म मुख्यमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु, यसको जवाफ दिनुपर्छ, मान्छेको आफ्नो पोजिसनको हैसियत हुन्छ, त्यसको मर्यादाको कामय गर्नुपर्छ कि पर्दैन ?’
प्रदेश १ का मुख्यमन्त्री राईले मुख्यमन्त्री कार्यालयमै ज्ञापनपत्र बुझाउन गएका किराँत राई यायोख्खाको नेतृत्व समक्ष साउन २ गते भड्काउपूर्ण अभिव्यक्ति दिएका थिए । उनले यायोख्खाका प्रतिनिधिहरूलाई सडकमा उत्रिन जरूरी हुने बताएका थिए । मुख्यमन्त्री राईले पहिचानविनाको नामाकरण भए प्रदेशवासीहरूमा राज्यप्रति अलगावको स्थिति पैदा हुने, नागरिकहरू विदेशिने, कर नतिर्ने र राज्यलाई नै नटेर्ने अवस्था सिर्जना हुने र मुलुक नै विखण्डनसम्म हुनसक्ने तर्क गरेका थिए ।
सरकारले नामाकरण गर्ने भए उहिले नै किराँत प्रदेश राख्ने निर्णय गरिसक्ने उनले बताएका थिए ।
मुख्यमन्त्री राईले आफू नामको पक्षमा भित्री दिलदेखि नै किराँतको पक्षमा रहेको ज्ञापनपत्र बुझाउन पुगेका यायोख्खाका प्रतिनिधिहरूलाई भनेका थिए । उनले सत्ता साझेदार मुख्य दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि पहिचानलाई स्वीकार गर्ने बताएका थिए ।
आफ्नो अभिव्यक्ति विवादित बनेपछि त्यसपछिका कार्यक्रमहरूमा भने मुख्यमन्त्री राईले आफ्नो भनाईलाई गलत अर्थ लगाइएको बताउँदै आएका छन् ।
Comments
अरु समाचार
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...











