एमाले सांसदको आरोपः मुख्यमन्त्री राईको अभिव्यक्ति मान्छे उचाल्ने र सामाजिक सद्भाव भड्काउने खालको छ
विराटनगर । प्रदेश १ को नामाकरणबारे मुख्यमन्त्री राजेन्द्र कुमार राईको अभिव्यक्तिबारे प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले आपत्ति जनाएका छन् ।
मुख्यमन्त्री राईको अभिव्यक्ति मान्छे उचाल्ने र सामाजिक सद्भाव भड्काउने खालको भएको भन्दै एमालेका सांसदहरुले प्रदेशसभा बैठकमा आपत्ति जनाएका हुन् ।
एमाले सांसदहरु बिनादेबी राई र लिलाबल्लभ अधिकारीले मुख्यमन्त्री राईको अभिव्यक्तिले सामाजिक सद्भाव बिगार्ने भन्दै प्रदेशसभा बैठकमा आपत्ति जनाएका हुन् ।
प्रदेश सभाको शून्य समयमा एमाले सांसद बिनादेवी राईले विपक्षमा रहँदा नामाकरण छिटो गर्नु पर्याे भन्ने दलहरू नै अहिले नामाकरणका विषयमा मौन रहेको बताइन् । मुख्यमन्त्रीले जनतालाई उचाल्ने काम गरेको र हिंसा भड्काउन खोजेको आरोप उनले लगाइन् । ‘मुख्यमन्त्री जनता समक्ष गएर जनतालाई उचाल्ने काम गरिरहेका छन्, म जसरी पनि किराँत बनाउँछु, छिट्टै म नामाकरण गर्छु भनिराख्नु भएको छ,’ उनले प्रश्न गरिन्, ‘आज जनता सडकमा आन्दोलित छन् तर सरकारको मुख्यमन्त्रीले नामाकरणको विषय किन टेबुल नगरेको ? सरकार आफैं हिंसा भड्काउने उद्वेलित छ सभामुखज्यू ।
पूर्वराज्यमन्त्री तथा एमालेका सांसद लिलाबल्लभ अधिकारीले मुख्यमन्त्रीको केही समयदेखि यता आएको अभिव्यक्तिले मुलुककै ध्यान खिचेको बताए । उनले मुख्यमन्त्री राईले कुनै पहिचान विशेषको मुद्दाको सम्बोधन भएको वा नभएको कारणबाट मुलुक उथलपुथल हुन्छ भन्न नमिल्ने जिकिर गरे ।
‘मुद्दाको सम्बोधन भएको वा नभएको कारणबाट मुलुकको उथलपुथल हुन्छ भन्न मिल्छ कि मिल्दैन ? विद्रोह हुन्छ भन्न मिल्छ कि मिल्दैन ? सामाजिक जातीय सद्भाव भड्किने गरी अरु पहिचानवालालाई असर पर्ने गरी जिम्मेवार व्यक्तिले अभिव्यक्ति दिन हुन्छ कि हुँदैन ?,’ उनले भने, ‘म मुख्यमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु, यसको जवाफ दिनुपर्छ, मान्छेको आफ्नो पोजिसनको हैसियत हुन्छ, त्यसको मर्यादाको कामय गर्नुपर्छ कि पर्दैन ?’
प्रदेश १ का मुख्यमन्त्री राईले मुख्यमन्त्री कार्यालयमै ज्ञापनपत्र बुझाउन गएका किराँत राई यायोख्खाको नेतृत्व समक्ष साउन २ गते भड्काउपूर्ण अभिव्यक्ति दिएका थिए । उनले यायोख्खाका प्रतिनिधिहरूलाई सडकमा उत्रिन जरूरी हुने बताएका थिए । मुख्यमन्त्री राईले पहिचानविनाको नामाकरण भए प्रदेशवासीहरूमा राज्यप्रति अलगावको स्थिति पैदा हुने, नागरिकहरू विदेशिने, कर नतिर्ने र राज्यलाई नै नटेर्ने अवस्था सिर्जना हुने र मुलुक नै विखण्डनसम्म हुनसक्ने तर्क गरेका थिए ।
सरकारले नामाकरण गर्ने भए उहिले नै किराँत प्रदेश राख्ने निर्णय गरिसक्ने उनले बताएका थिए ।
मुख्यमन्त्री राईले आफू नामको पक्षमा भित्री दिलदेखि नै किराँतको पक्षमा रहेको ज्ञापनपत्र बुझाउन पुगेका यायोख्खाका प्रतिनिधिहरूलाई भनेका थिए । उनले सत्ता साझेदार मुख्य दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि पहिचानलाई स्वीकार गर्ने बताएका थिए ।
आफ्नो अभिव्यक्ति विवादित बनेपछि त्यसपछिका कार्यक्रमहरूमा भने मुख्यमन्त्री राईले आफ्नो भनाईलाई गलत अर्थ लगाइएको बताउँदै आएका छन् ।
Comments
अरु समाचार
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...
-
विराटनगर आगजनी प्रकरणः नेपाली कम्युनिष्ट पार्टीका अन्सारीसहित पाँचजना पक्राउ
विराटनगर । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा विराटनगरस्थित विभिन्न सरकारी कार्यालयमा गरिएको आगजनी तथा तोडफोड घटनामा संलग्न रहेको आरोपमा...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
कोशी प्रदेश : चार महिनामा लैङ्गिक हिंसाका २८६ मुद्दा दर्ता
झापा । कोशी प्रदेशमा चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम चौमासिक अवधिमा लैङ्गिक हिंसाका २८६ वटा मुद्दा दर्ता भएको प्रहरीले...
-
फक्ताङलुङमा घाँस काट्ने क्रममा लडेर एक जनाकाे मृत्यु !
काठमाडाैं । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–३ लिङखिमका एक व्यक्तिको घाँस काट्ने क्रममा आज लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय बलबहादुर...
-
पाख्रिबासमा माइक्रोबस दुर्घटना एकजनाकाे मृत्यु, १३ जना घाइते !
काठमाडौं । धनकुटामा माइक्रो बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौंबाट संखुवासभाको सदरमुकाम खाँदवारी जाँदै गरेको बा...
-
‘सम्झना टोल विकास संस्था’ को साधारणसभा सम्पन्न, विकासप्रेमी केदार कार्की पुनः अध्यक्षमा चयन
विराटनगर । विराटनगर महानगरपालिका वडा नं ५ स्थित सम्झना टोलविकास संस्थाको २६ औं वार्षिक साधारणसभाले केदार कार्कीलाई अध्यक्षमा निर्वाचित गरेको...












