विद्यार्थीको पहिलो रोजाइमा विराटनगरको एभरेष्ट कलेज
काठमाडाैं । अत्याधुनिक प्रविधिबाट अध्यापन गराउदै आएको विराटनगरको एभरेष्ट कलेज विद्यार्थीको पहिलो रोजाई बन्दै गएको छ ।
ज्ञान, सीप, प्रविधि र संस्कारलाई व्यवहारमा उतार्दै अध्यापन गराउदै आएको एभरेष्ट कलेज आम विद्यार्थी र अभिभावकको पहिलो रोजाइको कलेज बन्न सफल भएको छ ।
एजुकेशन फाउण्डसेन मातहतमा सञ्चालन भएको एभरेष्ट स्कुल मात्र नभएर कलेजपनि पहिलो रोजाई बन्न थालेको हो ।
तीन विगाह क्षेत्रफलमा अत्याधुनिक संरचनाले भरिपूर्ण एभरेष्ट कलेज शान्त तथा पर्यावरणीय हिसावले पनि अब्बल देखिन्छ । हरियाली तथा फुलबारी, परिसर भित्र रहेका फुटबल, भलिबल मैदान, बास्केटबल कोर्ट, कबर्डहल तथा अन्तर्राष्ट्रियस्तरको स्वीमिङपुलले नव आगन्तुक विद्यार्थी तथा अभिभावकलाई आकर्षित गर्ने गरेको विद्यालयले जनाएको छ ।
विद्यार्थीका रुचिअनुसारका जुनसुकै खेलकुदका गतिविधिमा सहभागि हुने वतावरण मात्र नभई नियमित प्रशिक्षकबाट प्रशिक्षणको व्यवस्था मिलाएको एभरेष्ट कलेजले शिक्षण सिकाईमा पनि नवीन प्रयोगहरु गर्दै आएको छ ।
विद्यार्थीलाई घोकाएर नभई बुझाएर अध्यापन गराउनुपर्छ भन्ने मान्यता राख्ने कलेजका प्रमुख टिकाराम पुरीले प्रविधिको यस युगमा विश्वस्तरीय जनशक्ति उत्पादन गर्न प्रविधिको अधिकतम प्रयोग गर्ने वातावरण बनाइएको बताए । हरेक कक्षाकोठामा प्रोजेक्टरको माध्यमबाट शिक्षण सिकाई गरिन्छ । यस्तै हरेक विषयवस्तुको अनिवार्य प्रयोगात्मक सिकाईलाई विशेष प्राथमिकता दिने गरेको छ ।
२०७२ सालबाट शुरु भएको कलेजले विज्ञान र व्यवस्थापन संकायको अध्ययापन गराउँदै आएको थियो । यस वर्षदेखि भने कानुन र होटल मेनेज्मेन्टसमेत अध्ययापन गराउने भएको छ ।
कलेजको प्रारम्भमा नै व्यवस्थापनसंकाय तर्फ पहिलो ब्याचका रुपमा सुनिधि केसी नेपाल प्रथम भएकी थिइन् । सोहि वर्ष विज्ञान संकाय तर्फ अनिश भण्डारी प्रदेश उत्कृष्ट भए ।
दोस्रो ब्याचमा पनि कलेजकी आगात पोखरेल प्रदेश प्रथम भएकी थिइन् ।
२०७५ सालमा देशभरकै संस्थागत विद्यालयबाट उत्कृष्ट दोस्रो हुँदै नेपाल सरकारबाट पुरस्कृत भएको एभरेष्ट कलेजलाई राष्ट्रिय शिक्षा दिवसको अवसरमा शिक्षा मन्त्रालयले प्रदान गर्ने पुरस्कार तात्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले हस्तान्तरण गरेका थिए ।
‘राज्यबाट नै नगद २ लाख, राष्ट्रिय ध्वँजा, शिल्ड र प्रमाणपत्रले सम्मानित भएपछि यसको गरिमा कायम राख्न हामीले कुनै कन्जुस्याईं राखेनौं’, पुरीले भने, ‘हामीले परम्परागत शिक्षण सिकाईलाई विस्थापित गर्दै नविनतम प्रयोगहरुलाई आत्मसाथ गर्दै अघि बढेका छौं ।’
अहिले एभरेष्टका सयौं विद्यार्थी, डाक्टर, इन्जिनियर, कानुनलगातयका क्षेत्रमा अब्बल भएको सुन्न पाउँदा अत्यन्तै खुसी लाग्ने उनले बताए ।
Comments
अरु समाचार
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...











