थुलुङ दुधकोशीमा सुविधा सम्पन्न सामुदायिक अस्पताल निर्माण
सोलुखुम्बु । गाउँपालिका अध्यक्ष असिम राईको विशेष सक्रियतामा सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका-६ मुक्लीमा दुधकोशी सामुदायिक अस्पताल निर्माण भएको छ ।
गाउँमै राजधानी सरहकै विशेषज्ञ स्वास्थ्य सेवा पाउने भएकाले अब जनता गुणस्तरीय स्वास्थ्य सेवाका लागि भौँतारिनु नपर्ने गरि अस्पताल निर्माण गरिएको थुलुङ दूधकोशी गाउँपालिकाका अध्यक्ष असीम राईले बताए ।
दुर्गम गाउँपालिकामा श्रीमद् भागवत महायज्ञ लगाएर स्वदेश तथा विदेशमा रहने व्यक्तिहरूबाट रकम सङ्कलन गरी सुविधा सम्पन्न ५० शय्याको अस्पताल निर्माणको काम थालिएको थियो ।
विपन्न नागरिकलाई गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन गाउँपालिकाको केन्द्र मुक्लीमा निर्माण सम्पन्न ५० शय्याको सुविधा सम्पन्न अस्पताल रौता कुवर जेभी निर्माण कम्पनीले १० करोड १० लाख ७२ हजार ७५३ रुपैयाँमा तयार भएको अस्पतालको उद्घाटन पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री जनार्दन शर्मा र प्रदेश १ का आर्थिक मामिला मन्त्री इन्द्र आङ्बोको उपस्थितिमा हुने भएको छ ।
उनले अस्पतालबाट प्रसूति लगायतका सेवा दक्ष डाक्टरबाट प्रवाह गरिने गाउँपालिका बताए । मातृ शिशु र ट्रमा सेन्टर अस्पताल प्रदेश नंं. १ कै सुविधा सम्पन्न अस्पतालको रुपमा स्थापित गर्ने लक्ष्य राखिएको उनको भनाई छ ।
अस्पताल सञ्चालक समितिका अध्यक्ष समेत रहेका अध्यक्ष राईले अस्पताल बन्दैन र बनेपनि व्यवस्थित सञ्चालन हुन सक्दैन भन्नेहरूलाई कामले जवाफ दिएको बताए । सबैको सहभागितामा सामुदायिक अस्पताल बनाउने र ग्रामीण भेगका नागरिकलाई गुणस्तरीय सेवा प्रवाह गर्ने लक्ष्य पूरा भएको उनले जानकारी दिए ।
अस्पतालको दिगो सञ्चालनका लागि धुलिखेल अस्पतालसँग पनि सहकार्यको सम्झौता भएको छ । दिगो सञ्चालन, विशेषज्ञ सहितको चिकित्सकीय सेवा प्रवाह लगायतका विषयमा सहकार्य हुने जनाइएको छ ।
दुर्गम गाउँमा अस्पताल नहुँदा अकालमै ज्यान गुमाउनुपर्ने तथा लाखौँ ऋण काडेर हेलिकोप्टरमा बिरामी अस्पताल लैजानु पर्दाको पीडादायी अवस्थामा कमी आउने छ । अस्पताल निर्माणसँगै व्यवस्थापन र दिगो सञ्चालनमा ध्यान दिनुपर्ने स्थानीयको भनाई छ ।
अस्पताल निर्माणको लागि मोहन राई, पविमाया राई, भिम बहादुर राई, ललितबहादुर राई, जोरमान राई, हरिसिहं राई, सौरभ किराँती र हेमन्तकुमार राईले साढे २३ रोपनी जग्गा निःशुल्क प्रदान गरेका थिए ।
Comments
अरु समाचार
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...












