भ्रष्टाचार अभियोगमा भेनेजुएलामा ४२ जना पक्राउ
काठमाडमैं । करिब चार अर्ब अमेरिकी डलर हिनामिना गरिएको आरोपमा भेनेजुएलामा उच्च पदस्थ सरकारी अधिकारीसहित ४२ जनालाई पक्राउ गरिएको छ । देशको तेल कम्पनी पिडिभीएएस र अन्य सम्बन्धित सरकारी निकायका अधिकारीलाई नियन्त्रणमा लिइएको महान्यायाधिवक्ता तारेक विलियम साबले बताएका छन्।
गत महिनाको दोस्रो साता भ्रष्टाचारविरुद्धको अभियानलाई तीव्र पारिने तथा त्यसमा संलग्न भएकालाई कारबाही गर्ने आह्वान गर्दै भ्रष्टाचार विरोधी प्रहरीले एक विज्ञप्ति जारी गरेपछि देशका शक्तिशाली तेल मन्त्री तारेक एल एसामीले राजीनामा दिएका छन् । प्रहरीको भ्रष्टाचार विरोधी अभियानले पिडिभीएएसका अधिकारीहरू तथा अन्य सार्वजनिक संस्थाहरूलाई निशाना बनाएको छ ।
अभियानका क्रममा उच्च पदस्थ व्यक्तिलाई हिरासतमा लिइएको छ । राज्य स्वामित्वको कर्पोरेसियन भेनेजोलाना गुयानाका अध्यक्षलगायत उच्च तहका कर्मचारी पक्राउ परेका छन् । भेनेजुएलाको केन्द्रीय बैंकका पूर्वनिर्देशक पेड्रो माल्डोनाडो, पूर्व सांसद हग्बेल रोआलाई पनि पक्राउ गरिएको छ ।
रोआ वर्षौंदेखि भेनेजुएलाको सत्तामा रहेका युनाइटेड सोसलिस्ट पार्टीका शीर्ष नेता हुन् । देशको उपराष्ट्रपतिका साथै आन्तरिक तथा उद्योग मन्त्रीको रूपमा काम गरेका सत्तारुढ दलका नेतालाई पनि छानबिनका निम्ति गिरफ्तार गरिएको छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












