भ्रष्टाचार अभियोगमा भेनेजुएलामा ४२ जना पक्राउ
काठमाडमैं । करिब चार अर्ब अमेरिकी डलर हिनामिना गरिएको आरोपमा भेनेजुएलामा उच्च पदस्थ सरकारी अधिकारीसहित ४२ जनालाई पक्राउ गरिएको छ । देशको तेल कम्पनी पिडिभीएएस र अन्य सम्बन्धित सरकारी निकायका अधिकारीलाई नियन्त्रणमा लिइएको महान्यायाधिवक्ता तारेक विलियम साबले बताएका छन्।
गत महिनाको दोस्रो साता भ्रष्टाचारविरुद्धको अभियानलाई तीव्र पारिने तथा त्यसमा संलग्न भएकालाई कारबाही गर्ने आह्वान गर्दै भ्रष्टाचार विरोधी प्रहरीले एक विज्ञप्ति जारी गरेपछि देशका शक्तिशाली तेल मन्त्री तारेक एल एसामीले राजीनामा दिएका छन् । प्रहरीको भ्रष्टाचार विरोधी अभियानले पिडिभीएएसका अधिकारीहरू तथा अन्य सार्वजनिक संस्थाहरूलाई निशाना बनाएको छ ।
अभियानका क्रममा उच्च पदस्थ व्यक्तिलाई हिरासतमा लिइएको छ । राज्य स्वामित्वको कर्पोरेसियन भेनेजोलाना गुयानाका अध्यक्षलगायत उच्च तहका कर्मचारी पक्राउ परेका छन् । भेनेजुएलाको केन्द्रीय बैंकका पूर्वनिर्देशक पेड्रो माल्डोनाडो, पूर्व सांसद हग्बेल रोआलाई पनि पक्राउ गरिएको छ ।
रोआ वर्षौंदेखि भेनेजुएलाको सत्तामा रहेका युनाइटेड सोसलिस्ट पार्टीका शीर्ष नेता हुन् । देशको उपराष्ट्रपतिका साथै आन्तरिक तथा उद्योग मन्त्रीको रूपमा काम गरेका सत्तारुढ दलका नेतालाई पनि छानबिनका निम्ति गिरफ्तार गरिएको छ ।
Comments
अरु समाचार
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुशाासनका लागि सरकारी कदम: कर्मचारी राजनीतिमा लागे बर्खास्त
काठमाडौँ। सरकारले निजामती र अन्य कुनै सार्वजनिक निकायमा कार्यरत कर्मचारी राजनीतिक दल वा राजनीतिक गतिविधिमा संलग्न भए भविष्यमा सरकारी सेवाका...
-
नीति तथा कार्यक्रम : ‘देवभूमि नेपाल’ अभियान सञ्चालन गरिने
काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा नेपाललाई विश्व आध्यात्मिक पर्यटन केन्द्रका रूपमा स्थापित गर्न ‘देवभूमि नेपाल’...
-
अर्थतन्त्रलाई परम्परागत स्वरूपबाट रूपान्तरण गरी ‘ज्ञान तथा सेवामुखी डिजिटल अर्थतन्त्र’ बनाउने योजना
काठमाडाैं । सरकारले मुलुकको अर्थतन्त्रलाई परम्परागत स्वरूपबाट रूपान्तरण गरी ‘ज्ञान तथा सेवामुखी डिजिटल अर्थतन्त्र’ बनाउने महत्त्वाकांक्षी योजना अघि सारेको छ...
-
बजेटमा प्रधानमन्त्रीको हस्तक्षेप, अर्थमन्त्रीदेखि बजेट लेखनमा सक्रिय टोली अलमलमा
काठमाडाैं । प्रधानमन्त्री कार्यालयले बजेटबारे सुझाव संकलन गर्न भन्दै छुट्टै वेबसाइट ल्याएपछि अर्थमन्त्रालयका कर्मचारीहरु अलमलमा परेका छन्। अर्थमन्त्रालयले बजेट लेखनको...
-
आजदेखि बजेट अधिवेशन, आजै नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै
काठमाडौं । सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । आज पहिलो बैठकमै सरकारको नीति कार्यक्रम प्रस्तुत हुने कार्यसूची रहेको...
-
बजेटमा आमनागरिकको सुझाव समेट्ने उद्देश्यसहित ‘सुझाव सङ्कलन पोर्टल’ सञ्चालनमा
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेटमा आमनागरिकको सुझाव समेट्ने उद्देश्यसहित सरकारले ‘सुझाव सङ्कलन पोर्टल’...
-
बजार सुशासनका लागि आजदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’
काठमाडौँ । बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले सरकारले आजदेखि देशभर विशेष अभियान सञ्चालन गर्ने...
-
सुकुम्वासीको डिजिटल लगत के हो ? धमाधम संकलन गर्दै सरकार
काठमाण्डौ - सरकारले सुकुम्वासी तथा भूमिहीनहरूको समस्या समाधान गर्न एकीकृत डिजिटल लगत सङ्कलन गर्ने भएको छ । काठमाण्डौ उपत्यकाका भूमिहीन...












