महिला क्रिकेट : नेपाल पाकिस्तानसँग पराजित
काठमाडौे । एसीसी महिला टि –ट्वान्टी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपाल पाकिस्तान ‘ए’ सँग पराजित भएको छ । हङकङको मङककमा आज भएको खेलमा नेपाल पाकिस्तानको ‘ए’ टिमसँग नौ रनको झिनो अन्तरले पराजित भएको हो । पाकिस्तान ‘ए’ ले दिएको ८८ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा छ विकेट गुमाएर ७८ रनमा समेटियो ।
नेपालका लागि ओपनर कविता कुँवरले सर्वाधिक २० रनको योगदान दिइन् । उनले ३२ बलमा सर्वाधिक २० जोडेकी हुन् । त्यस्तै कविता जोशीले १७ बलमा अविजित १५ रन बनाइन् । त्यसबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । पाकिस्तान ‘ए’ की सईदा शाह र तुवा हसनले समान दुई-दुई विकेट झारे भने अनुशा नासिर र उम्मी हानीले समान एक एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको पाकिस्तान ‘ए’ ले १९ दशमलब दुई ओभरमा सबै विकेट गुमाउँदै ८७ रनको योगफल बनाएको थियो । उसका लागी शवाल जुफिकले ३६ बलमा २८ रन बनाइन् भने कप्तान साना फतिमाले २३ बलमा १६ रन बनाइन् । त्यस्तै गुल फरुजाले १८ बलमा ११ रन जोडिन् ।
बलिङतर्फ ईन्दु बर्माले तीन विकेट झारिन् भने कविता जोशी, कविता कुँवर र सीता रानामगरले समान दुई-दुई विकेट लिए । यस जितसँगै पाकिस्तान ‘ए’ समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ । पराजित नेपाल भने दोस्रो स्थानमा रहेको छ ।
भिसा समस्याका कारण थाइल्यान्डले अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले उक्त प्रतियोगितामा अवसर पाएको थियोे । एसिसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा विभिन्न आठ राष्ट्र सहभागी छन् । यसलाई दुई समूहमा विभाजन गरिएको छ ।
नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा हङकङ, भारत र पाकिस्तान रहेका छन् । समूह ‘बी’ मा मलेसिया, संयुक्त अरब इमिरेट्स (युएई), बंगलादेश र श्रीलंका ‘ए’ रहेका छन् । नेपालले अब आफ्नो दोस्रो खेल यही जेठ ३२ गते भारतसँग खेल्नेछ ।
Comments
अरु समाचार
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
एनपीएलमा आज दुई खेल, जनकपुर/चितवन र पोखरा/ कर्णाली भिड्दै
काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा हुने...
-
फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने !
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का पूर्व कप्तान तथा दक्षिण अफ्रिकी चर्चित ब्याटर फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने भएका...
-
फाइनलमा आज नेपाल र यूएई प्रतिश्पर्धा गर्दै !
काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग...
-
एनपीएलमा काठमाडौं गोर्खाजको चौथो जित, कर्णाली याक्सलाई ५ विकेटले हरायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले चौथो जित निकालेको छ । कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै...
-
काठमाडौंविरूद्ध कर्णालीले टस जित्यो, पहिला ब्याटिङ गर्ने !
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार काठमाडौं गोर्खाजसँगको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । कर्णालीका...
-
एनपीएलमा आज कर्णाली र काठमाडौं भिड्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज...
-
पोखराविरुद्ध लुम्बिनीको तीन विकेटको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले तीन विकेटको जित निकालेको छ । प्रतियोगितामा पाँचौँ खेल खेलेको...












