कञ्चनजंघा क्षेत्रमा आपत्कालीन अक्सिजन सिलिण्डर राखिने
ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित विशवको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा आपत्कालीन अक्सिजन सिलिण्डर राखिने भएको छ । कञ्चनजङ्घा अवलोकन गर्न पर्यटकलाई सहजता ल्याउनका लागि फक्ताङलुङ गाउँपालिकाले उच्च हिमाली क्षेत्रमा अक्सिजन सिलिण्डर राख्ने भएको हो । फक्ताङलुङ गाउँपालिकाले गत आइताबार १३ औँ गाउँसभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा पर्यटकको स्वास्थ्य संवेदनशीलतालाई दृष्टि गरी कञ्चनजङ्घा आधार शिविरसहितका क्षेत्रमा आपत्कालीन अक्सिजन सिलिण्डरसहितका उपकरण राख्ने निर्णय गरिएको छ ।
कञ्चनजङ्घा आधार शिविर पाङ्पेमासहित लोनाक, खम्बाछेन, याङ्मा, मौवाटार, सिङ्जेमा ताल र टिपताला भञ्ज्याङमा यो सुविधा प्रदान गर्ने गाउँपालिकाले घोषणा गरेको फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूले बताए । कञ्चनजङ्घा आधार शिविरमा आउने पर्यटक अक्सिजनको कमीले बीच बाटोदेखिनै फर्कनुपर्ने देखि हेलिकप्टर चार्टर गर्नेसम्म अवस्था विगतका वर्षहरुमा हुँदै आएको थियो ।
गाउँपालिकाले लिएको कञ्चनजङ्घा आधार शिविर क्षेत्रमा आपत्कालीन अक्सिजन सिलिण्डर नीति कार्यक्रम राम्रो भए पनि व्यस्थापन पक्ष अझ महत्त्वपूर्ण रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयका पर्यटन सहायक जितेन चेम्जोङले बताए । चोम्जोङका अनुसार कञ्चनजङ्घा हिमाल आरोहण गर्न आउनेले भने आफैँ अक्सिजन लिएर आउने गरे पनि टे«किङका लागि आउने आन्तरिक तथा बाह्य पयटनका लागि भने अक्सिजन व्यवस्थापन गर्न आवश्यक रहेको छ ।
उनले भने ,’अक्सिजनका अभावले गर्दा म नै दुई पटक हेलिकप्टर चाटर गर्नुपरेको थियो । गत वर्ष मात्र एक पर्यटक अक्सिजन आभवकै कारणले ज्यान गुमाउन परेको थियो ।’ प्रत्येक वर्ष पाँच सयदेखि हजारको हाराहारीमा बाह्य पयटक कञ्चनजङ्घा क्षेत्रको अवलोकन गर्दै आएको कञ्चनजङ्घा संरक्षण क्षेत्र वयवस्थापन परिषद्को तथ्याङ्कले जनाएको छ ।
Comments
अरु समाचार
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...











