कोसी प्रदेशसभाको बैठकमा जसपा अनुपस्थित
काठमाडाैँ । कोसी प्रदेशसभाको आजको बैठकमा जसपा अनुपस्थित भएको छ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रस्ताव गरेको विश्वासको मतमा मतदान हुने र मत सम्बन्धी प्रस्तावमा छलफलका क्रममा उठेका प्रश्नको जवाफ मुख्यमन्त्रीले दिने बैठकमा जसपा उपस्थित नभएको हो।
बिहीबार मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूचि भए पनि नेकपा एमालेले सदनमा विश्वासको मत माग्ने क्रममा अर्थ मन्त्रालय लगायतका विविध विषयमा कुरा उठेकाले त्यसको तयारी गरेर शुक्रबार विश्वासको मत लिने माग गरेपछि बैठक स्थगित भएको थियो।
प्रदेशसभाका सभामुख बाबुराम गौतमले विश्वासको मत सम्बन्धी प्रस्तावमाथि छलफलमा उठेका विषयमा जवाफ दिन मुख्यमन्त्रीलाई समय दिएका छन्। अहिले मुख्यमन्त्रीले जवाफ दिने क्रम जारी छ। उनले जवाफ दिइसकेपछि मत विभाजन हुनेछ।
तर, निर्णायक मत रहेको जसपाकी प्रदेशसभा सदस्य निर्मला लिम्बू बैठकमा अनुपस्थित भएकी छन्। ९३ सदस्यीय प्रदेशिभामा लिम्बू एक्ली सांसद हुन्।
उनले गत पुस २४ गते एमाले संसदीय दलका नेता कार्कीलाई मुख्यमन्त्री बनाउन सहयोग गरेकी थिइन। लिम्बू यसअघि स्वास्थ्यमन्त्री थिइन्। उनले जेठ १७ गते मन्त्री पदबाट राजीनामा दिँदै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएकी थिइन्। उनी विराटनगर बाहिर रहेको बताइएको छ।
जसपाले विश्वासको मत पक्ष र विपक्ष कतै पनि नदिने निर्णय बिहीबार नै गरेको थियो।
Comments
अरु समाचार
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...












