६ महिना नपुग्दै कोशीमा ढल्यो एमाले नेतृत्वको सरकार, पक्षमा ४६ र विपक्षमा ४३ मत
काठमाडौं। संघीय सरकारबाट बाहिरिएर प्रमुख प्रतिपक्षी बनेको नेकपा एमाले नेतृत्वको कोशी प्रदेश सरकार पनि ढलेको छ।
एमालेका नेता हिक्मत कार्कीले मुख्यमन्त्रीका रुपमा प्रदेश सभामा पेस गरेको प्रस्तावको पक्षमा भन्दा विपक्षमा धेरै मत परेको छ।
मुख्यमन्त्री कार्कीले आफूलाई प्रदेश सभाको विश्वास रहेको भन्ने प्रस्ताव बिहीबार प्रदेश सभा बैठकमा पेस गरेका थिए। शुक्रबार भएको मत विभाजनमा कार्कीले ४६ मत मात्र पाएका छन्। उनको प्रस्तावको विपक्षमा ४३ मत परेको छ। बहुमतका लागि यो प्रदेशमा ४७ सांसद आवश्यक रहन्छ। मत विभाजनका क्रममा ८९ सांसद उपस्थित रहेका थिए। ४ जना सांसद अनुपस्थित रहे।
नेपालको संविधान धारा १८८ को उपधारा २ बमोजिम कार्कीले विश्वासको मत मागेका हुन्। सो धारामा सरकारमा सहभागी भएको दल समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएमा विश्वासको मत लिनुपर्ने व्यवस्था छ। माओवादी केन्द्र र जसापा समर्थन फिर्ता लिँदै कार्की नेतृत्वको सरकारबाट बाहिरिएका थिए।
कुल ९३ सांसद रहेको यो प्रदेशमा कार्कीलाई एमालेसहति राप्रपाको मात्र समर्थन थियो। उनका विपक्षमा भने कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी रहेका छन्। त्यस्तै, जसपा भने तटस्थ बसको छ। जसपाले बिहीबारै तटस्थ बस्ने निर्णय गरेका थियो।
जसपाको १ मात्र सांसद छन्। कांग्रेसको २९, माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीका ४ सांसद छन्। यस्तै, एमालेको ४० र राप्रपाका ६ सांसद छन्।
Comments
अरु समाचार
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...












