धरानको बजेटसम्बन्धी छलफलमा चकाचर्की
काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकमा उपप्रमुख अइन्द्र विक्रम बेघा र कार्यपालिका सदस्यबीच चर्काचर्की भएको छ । उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८० र ०८१ को बजेटको छलफलका क्रममा बजेट तर्जुमा समितिले कार्यपालिका बैठकमा प्रस्तुति गरेपछि कार्यपालिका सदस्यहरुले विरोध गरेका हुन् ।
कार्यपालिका सदस्यहरुले विषयगत समितिले निर्णय गरेर बजेटको लागि पठाएको विषयहरु समावेश नभएको, बजेट तर्जुमा समितिले सुटुक्क योजना छनोट ष्रेर बजेट हालेको भन्दै विरोध गरेका थिए ।
कार्यपालिका सदस्य सिर्जना नेपालले विषयगत समितिको निर्णय अनुसार बजेट नआएको, बजेट तर्जुमा समितिमा पुग्नुभन्दा अगाडि नै समितिको प्रतिवेदन हेरफेर भएको आरोप लगाइन् । जवाफमा बजेट तर्जुमा समितिका संयोजक उपमहानगरपालिका उपप्रमुख अइन्द्र विक्रम बेघाले सार्वजनिक रुपमा छलफल गरेर बजेट तर्जुमा गरेको भन्दै प्रक्रिया अनुसार नै बजेट बनाएको दाबी गरे ।
उनले आफूले भनेकै योजनामा बजेट पार्नुपर्ने अडान नराख्न कार्यपालिका सदस्यहरुलाई आग्रह गरे । उपप्रमुख बेघाले ९ दिनदेखि बजेट तर्जुमा समितिमा छलफल भएर पेश गरेको भन्दै अब निष्कर्षतिर जानुपर्ने बताएका थिए ।
आन्तरिक राजश्व उठाउने विषयमा पनि कार्यपालिका वैठकमा चर्काचर्की भएको थियो । उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईले अव्यवस्थित बसोबासीलाई पनि करको दायरामा ल्याउनुपर्ने बताए । करको दायरा र दर दुवै विस्तार गर्ने भन्दै राईले भने ‘कर उठाउने हाम्रो अधिकार हो र शान्ति सुरक्षा तथा सेवासुविधा दिनु हाम्रो दायित्व हो ।’
वडाध्यक्षहरुले चालु आर्थिक वर्षमा आफूहरुले काटेको चेक नसाटिएको गुनासो गरे । ‘काम गरिसकेको छ, बिल पनि छ, हिजो चेक काटियो तर साटिएन अब निकासा के हुन्छ रु’ धरानका वडाध्यक्षहरुले प्रश्न गरेपछि प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले आगामी आर्थिक वर्षको लागि दायित्व सर्ने जवाफ दिएका थिए ।
कार्यपालिका सदस्यहरुले कार्यपालिका बैठकमा चालु आर्थिक वर्षमा सार्वजनिक लेखा समिति र न्यायिक समितिको प्रतिवेदन पनि माग गरेका थिए । जवाफमा उपप्रमुख बेघाले सोमबार नै बस्ने नगर सभाको वैठकमा प्रस्तुत गर्ने बताएका थिए ।
धरान उपमहानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट सोमबार नगरसभाको वैठकमा प्रस्तुत हुँदैछ । नगरसभामा पेश हुनु आगडि उपमहानगरपालिकाले कार्यपालिका वैठक राखेर अन्तिम छलफल गरेको उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईले बताए ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












