धरानको बजेटसम्बन्धी छलफलमा चकाचर्की
काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकमा उपप्रमुख अइन्द्र विक्रम बेघा र कार्यपालिका सदस्यबीच चर्काचर्की भएको छ । उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८० र ०८१ को बजेटको छलफलका क्रममा बजेट तर्जुमा समितिले कार्यपालिका बैठकमा प्रस्तुति गरेपछि कार्यपालिका सदस्यहरुले विरोध गरेका हुन् ।
कार्यपालिका सदस्यहरुले विषयगत समितिले निर्णय गरेर बजेटको लागि पठाएको विषयहरु समावेश नभएको, बजेट तर्जुमा समितिले सुटुक्क योजना छनोट ष्रेर बजेट हालेको भन्दै विरोध गरेका थिए ।
कार्यपालिका सदस्य सिर्जना नेपालले विषयगत समितिको निर्णय अनुसार बजेट नआएको, बजेट तर्जुमा समितिमा पुग्नुभन्दा अगाडि नै समितिको प्रतिवेदन हेरफेर भएको आरोप लगाइन् । जवाफमा बजेट तर्जुमा समितिका संयोजक उपमहानगरपालिका उपप्रमुख अइन्द्र विक्रम बेघाले सार्वजनिक रुपमा छलफल गरेर बजेट तर्जुमा गरेको भन्दै प्रक्रिया अनुसार नै बजेट बनाएको दाबी गरे ।
उनले आफूले भनेकै योजनामा बजेट पार्नुपर्ने अडान नराख्न कार्यपालिका सदस्यहरुलाई आग्रह गरे । उपप्रमुख बेघाले ९ दिनदेखि बजेट तर्जुमा समितिमा छलफल भएर पेश गरेको भन्दै अब निष्कर्षतिर जानुपर्ने बताएका थिए ।
आन्तरिक राजश्व उठाउने विषयमा पनि कार्यपालिका वैठकमा चर्काचर्की भएको थियो । उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईले अव्यवस्थित बसोबासीलाई पनि करको दायरामा ल्याउनुपर्ने बताए । करको दायरा र दर दुवै विस्तार गर्ने भन्दै राईले भने ‘कर उठाउने हाम्रो अधिकार हो र शान्ति सुरक्षा तथा सेवासुविधा दिनु हाम्रो दायित्व हो ।’
वडाध्यक्षहरुले चालु आर्थिक वर्षमा आफूहरुले काटेको चेक नसाटिएको गुनासो गरे । ‘काम गरिसकेको छ, बिल पनि छ, हिजो चेक काटियो तर साटिएन अब निकासा के हुन्छ रु’ धरानका वडाध्यक्षहरुले प्रश्न गरेपछि प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले आगामी आर्थिक वर्षको लागि दायित्व सर्ने जवाफ दिएका थिए ।
कार्यपालिका सदस्यहरुले कार्यपालिका बैठकमा चालु आर्थिक वर्षमा सार्वजनिक लेखा समिति र न्यायिक समितिको प्रतिवेदन पनि माग गरेका थिए । जवाफमा उपप्रमुख बेघाले सोमबार नै बस्ने नगर सभाको वैठकमा प्रस्तुत गर्ने बताएका थिए ।
धरान उपमहानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट सोमबार नगरसभाको वैठकमा प्रस्तुत हुँदैछ । नगरसभामा पेश हुनु आगडि उपमहानगरपालिकाले कार्यपालिका वैठक राखेर अन्तिम छलफल गरेको उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईले बताए ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












