झिनो अंकले घट्यो नेप्से
काठमाडौं । नेप्से झिनो अंकले घटेको छ । अघिल्लो दिन २८ दशमलव ३८ अंकले बढेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार भने शून्य दशमलव ८० अंकले घटेर दुई हजार ७६ दशमलव ९५ अंकमा झरेको छ ।
क वर्गका कम्पनीहरूको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स भने आज शून्य दशमलव ११ अंकले बढेर तीन सय ८८ दशमलव ६२ अंकमा चढेको छ ।
नेप्सेमा आज दुई सय ९३ वटा कम्पनीहरूको ६५ हजार तीन सय १७ पटकको कारोबारमा एक करोड ११ लाख ८३ हजार तीन सय ३५ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम तीन अर्ब ७९ करोड ७९ लाख ८६ हजार पाँच सय ८३ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समूहहरूको कारोबार भएकोमा सात वटा समूहहरूको सूचक बढेर बाँकी समूहहरूको सूचक घटेका छन् । सो मध्ये वाणिज्य बैंक समूहको सूचक शून्य दशमलव २१ अंकले घटेर १२ सय आठ दशमलव ८० अंकमा पुगेको छ भने विकास बैंक समूहको सूचक दुई दशमलव ७८ अंकले घटेर तीन हजार सात सय ७७ दशमलव ५१ अंकमा झरेको छ ।
यसै गरी जीवन बिमा समूहको सूचक नौ दशमलव ७२ अंकले घटेर १२ हजार एक सय ७६ दशमलव ८२ अंकमा झरेको निर्जीवन बिमा समूहको सूचक पनि १९ दशमलव ८४ अंकले घटेर ११ हजार दुई सय २२ दशमलव ७८ अंकमा झरेको छ । यी बाहेक होटेल तथा पर्यटन र जलविद्युत समूहको सूचक पनि क्रमशः एक सय तीन दशमलव ६७ र ३१ दशमलव ३८ अंकले घटेका छन् ।
फाइनान्स समूहको सूचक भने आज ५१ दशमलव ३४ अंकले बढेर एक हजार नौ सय ४८ दशमलव ४४ अंकमा चढेकोमा उत्पादनमूलक समूहको सूचक पनि ५३ दशमलव ३९ अंकले बढेर पाँच हजार पाँच सय ७१ दशमलव ६० अंकमा पुगेको छ । यी बाहेक लगानी, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ समूहहरूको सूचक पनि क्रमशः शून्य दशमलव शून्य चार, ४३ दशमलव ८४, शून्य दशमलव शून्य चार, तीन दशमलव ३९ र शून्य दशमलव २६ अंकले बढेका छन् ।
कारोबार भएका कम्पनीहरू मध्ये आज रावा इर्नर्जी डेभलपमेन्ट कम्पनीको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ९८ प्रतिशतले बढेर तीन सय ६४ रुपैयाँ ८० पैसामा प्रतिकित्ता सेयर किनबेच भएकोमा हिमालयन हाइड्रोपावर लिमिटेडको प्रतिकित्ता सेयर मूल्य छ दशमलव ३४ प्रतिशतले घटेर दुई सय ६६ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
यसै गरी सोल्टी होटेल लिमिटेडको भने आज प्रतिकित्ता चार सय ९६ रुपैयाँ १० पैसा अन्तिम मूल्यमा ३३ करोड १२ लाख ९० हजार नौ सय १२ रुपैयाँको सेयर किनबेच भएको छ । यो आज भएका कम्पनीहरूको कुल कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












