झिनो अंकले घट्यो नेप्से
काठमाडौं । नेप्से झिनो अंकले घटेको छ । अघिल्लो दिन २८ दशमलव ३८ अंकले बढेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार भने शून्य दशमलव ८० अंकले घटेर दुई हजार ७६ दशमलव ९५ अंकमा झरेको छ ।
क वर्गका कम्पनीहरूको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स भने आज शून्य दशमलव ११ अंकले बढेर तीन सय ८८ दशमलव ६२ अंकमा चढेको छ ।
नेप्सेमा आज दुई सय ९३ वटा कम्पनीहरूको ६५ हजार तीन सय १७ पटकको कारोबारमा एक करोड ११ लाख ८३ हजार तीन सय ३५ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम तीन अर्ब ७९ करोड ७९ लाख ८६ हजार पाँच सय ८३ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समूहहरूको कारोबार भएकोमा सात वटा समूहहरूको सूचक बढेर बाँकी समूहहरूको सूचक घटेका छन् । सो मध्ये वाणिज्य बैंक समूहको सूचक शून्य दशमलव २१ अंकले घटेर १२ सय आठ दशमलव ८० अंकमा पुगेको छ भने विकास बैंक समूहको सूचक दुई दशमलव ७८ अंकले घटेर तीन हजार सात सय ७७ दशमलव ५१ अंकमा झरेको छ ।
यसै गरी जीवन बिमा समूहको सूचक नौ दशमलव ७२ अंकले घटेर १२ हजार एक सय ७६ दशमलव ८२ अंकमा झरेको निर्जीवन बिमा समूहको सूचक पनि १९ दशमलव ८४ अंकले घटेर ११ हजार दुई सय २२ दशमलव ७८ अंकमा झरेको छ । यी बाहेक होटेल तथा पर्यटन र जलविद्युत समूहको सूचक पनि क्रमशः एक सय तीन दशमलव ६७ र ३१ दशमलव ३८ अंकले घटेका छन् ।
फाइनान्स समूहको सूचक भने आज ५१ दशमलव ३४ अंकले बढेर एक हजार नौ सय ४८ दशमलव ४४ अंकमा चढेकोमा उत्पादनमूलक समूहको सूचक पनि ५३ दशमलव ३९ अंकले बढेर पाँच हजार पाँच सय ७१ दशमलव ६० अंकमा पुगेको छ । यी बाहेक लगानी, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ समूहहरूको सूचक पनि क्रमशः शून्य दशमलव शून्य चार, ४३ दशमलव ८४, शून्य दशमलव शून्य चार, तीन दशमलव ३९ र शून्य दशमलव २६ अंकले बढेका छन् ।
कारोबार भएका कम्पनीहरू मध्ये आज रावा इर्नर्जी डेभलपमेन्ट कम्पनीको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ९८ प्रतिशतले बढेर तीन सय ६४ रुपैयाँ ८० पैसामा प्रतिकित्ता सेयर किनबेच भएकोमा हिमालयन हाइड्रोपावर लिमिटेडको प्रतिकित्ता सेयर मूल्य छ दशमलव ३४ प्रतिशतले घटेर दुई सय ६६ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
यसै गरी सोल्टी होटेल लिमिटेडको भने आज प्रतिकित्ता चार सय ९६ रुपैयाँ १० पैसा अन्तिम मूल्यमा ३३ करोड १२ लाख ९० हजार नौ सय १२ रुपैयाँको सेयर किनबेच भएको छ । यो आज भएका कम्पनीहरूको कुल कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












