क्यान चुनावका लागि पारस खड्काको वार्मअप ! सामाजिक सञ्जालबाट गरे यस्तो आह्वान
काठमाडौं। राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले नेपाल क्रिकेट संघ-क्यानको आसन्न जिल्ला, प्रदेश र केन्द्रीय निर्वाचन प्रक्रियामा सक्रियतासाथ सहभागी हुन आह्वान गरेका छन्।
त्यसका लागि जिल्लाको निर्वाचन महत्त्वपूर्ण रहेको भन्दै उनले आ-आफ्नो ठाउँमा गएर सदस्यता लिन र नवीकरण गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, अम्पायर, स्कोररलगायतलाई आग्रह गरेका छन्।
‘नेपाली क्रिकेट अगाडि बढ्न चाहन्छ भने हामीले जिल्लादेखि नै हाम्रो संरचना फेरबदल गर्नुपर्ने बेला आइसकेको छ। त्यसैले सबै स्टेक होल्डरहरुलाई नेपाल क्रिकेट संघको विधान, कोड अफ कन्डक्ट लागु हुने आ-आफ्नो सदस्यता नवीकरण गरेर जिल्ला क्रिकेट संघको चुनावमा भाग लिएर नेपाली क्रिकेटलाई अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेल्नु हुन व्यक्तिगत रूपमा हार्दिक अनुरोध गर्न चाहन्छु’, छोटो भिडियो आफ्नो फेसबुकमा पोस्ट गर्दै पारसले भनेका छन्।
क्यानको जिल्ला निर्वाचन साउन मसान्तसम्म, प्रदेश निर्वाचन भदौ १० र केन्द्रीय निर्वाचन असोज ५ र ६ गते हुने तय भइसकेको छ।
३ वर्षअघि अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्याशको घोषणा गरेका पारस पनि क्यान राजनीतिमा सहभागी हुन सक्ने अनुमान गरिएको छ।
यद्यपि आसन्न निर्वाचनबारे उनले केही घोषणा गरेका छैनन्।
Comments
अरु समाचार
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
एनपीएलमा आज दुई खेल, जनकपुर/चितवन र पोखरा/ कर्णाली भिड्दै
काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा हुने...
-
फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने !
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का पूर्व कप्तान तथा दक्षिण अफ्रिकी चर्चित ब्याटर फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने भएका...
-
फाइनलमा आज नेपाल र यूएई प्रतिश्पर्धा गर्दै !
काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग...
-
एनपीएलमा काठमाडौं गोर्खाजको चौथो जित, कर्णाली याक्सलाई ५ विकेटले हरायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले चौथो जित निकालेको छ । कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै...
-
काठमाडौंविरूद्ध कर्णालीले टस जित्यो, पहिला ब्याटिङ गर्ने !
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार काठमाडौं गोर्खाजसँगको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । कर्णालीका...
-
एनपीएलमा आज कर्णाली र काठमाडौं भिड्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज...
-
पोखराविरुद्ध लुम्बिनीको तीन विकेटको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले तीन विकेटको जित निकालेको छ । प्रतियोगितामा पाँचौँ खेल खेलेको...












