क्यान चुनावका लागि पारस खड्काको वार्मअप ! सामाजिक सञ्जालबाट गरे यस्तो आह्वान
काठमाडौं। राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले नेपाल क्रिकेट संघ-क्यानको आसन्न जिल्ला, प्रदेश र केन्द्रीय निर्वाचन प्रक्रियामा सक्रियतासाथ सहभागी हुन आह्वान गरेका छन्।
त्यसका लागि जिल्लाको निर्वाचन महत्त्वपूर्ण रहेको भन्दै उनले आ-आफ्नो ठाउँमा गएर सदस्यता लिन र नवीकरण गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, अम्पायर, स्कोररलगायतलाई आग्रह गरेका छन्।
‘नेपाली क्रिकेट अगाडि बढ्न चाहन्छ भने हामीले जिल्लादेखि नै हाम्रो संरचना फेरबदल गर्नुपर्ने बेला आइसकेको छ। त्यसैले सबै स्टेक होल्डरहरुलाई नेपाल क्रिकेट संघको विधान, कोड अफ कन्डक्ट लागु हुने आ-आफ्नो सदस्यता नवीकरण गरेर जिल्ला क्रिकेट संघको चुनावमा भाग लिएर नेपाली क्रिकेटलाई अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेल्नु हुन व्यक्तिगत रूपमा हार्दिक अनुरोध गर्न चाहन्छु’, छोटो भिडियो आफ्नो फेसबुकमा पोस्ट गर्दै पारसले भनेका छन्।
क्यानको जिल्ला निर्वाचन साउन मसान्तसम्म, प्रदेश निर्वाचन भदौ १० र केन्द्रीय निर्वाचन असोज ५ र ६ गते हुने तय भइसकेको छ।
३ वर्षअघि अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्याशको घोषणा गरेका पारस पनि क्यान राजनीतिमा सहभागी हुन सक्ने अनुमान गरिएको छ।
यद्यपि आसन्न निर्वाचनबारे उनले केही घोषणा गरेका छैनन्।
Comments
अरु समाचार
-
विश्वकप लिग-२ : स्कटल्यान्डसँग नेपाल २ रनले भयो पराजित
काठमाण्डाै ।आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग डीएलएस नियमका आधारमा २ रनले पराजित भएको छ । वर्षाका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
‘वुमेन्स च्यालेन्ज ट्रफी’ का लागि इन्दुको कप्तानीमा घोषणा भयो टोली
काठमाडौंँ । आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली महिला टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु वर्माको कप्तानीमा...
-
करण केसीलाई एक खेलमा प्रतिबन्ध, १०० प्रतिशत ‘म्याच फी’ जरिवाना
काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय टोलीका अलराउन्डर करण केसीलाई कारबाही गरेको छ ।सामाजिक सञ्जालमार्फत खेल भावना विपरीत...
-
आईपीएल क्रिकेटमा हैदरावादले कोलकातालाई ६५ रनले हरायो
काठमाण्डौ। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सन्राइजर्स हैदराबादले कोलकाता नाईट राइडर्सलाई हराएको छ । गएराति भएको खेलमा हैदरावादले कोलकातालाई ६५...
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...
-
नामिबियालाई हराउँदै पाकिस्तान टी–२० विश्वकपकाे ‘सुपर–एट’ मा
काठमाण्डाै – नामिबियालाई हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटकाे ‘सुपर–एट’ मा पुगेकाे छ । श्रीलङ्काकाे काेलम्बाेमा आज भएकाे समूह ‘ए’...
-
टी–२० विश्वकपमा नेपालको सान्त्वना जीत, स्कटल्याण्ड ७ विकेटले पराजित
काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डलाई ७ विकेटले हराएको छ । दीपेन्द्रले लगातार दोस्रो खेलमा पनि...
-
टी–२० विश्वकप: आज नेपाल र स्कटल्यान्ड भिड्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्दैछ । खेल भारतको मुम्बईमा रहेको...












