राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी सेवा सुरु
काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी सेवा सुरु गरिएको छ । युरोलोजिष्ट सर्जन डा प्रबोध रेग्मीले सो सेवा दिने प्रतिष्ठानका डेपुटी रजिस्ट्रार झङ्कार लामिछानेले जानकारी दिनुभयो ।
युरोलोजी सेवाअन्तर्गत पिसाबसम्बन्धी सबै, प्रोष्टेड र मिर्गौलामा भएको पत्थरी, पिसाबको नली, पित्तथैलीको पत्थरी, अण्डकोषमा मासु पलाएको, सुन्निएको, पिसाब पोल्ने, चुहिने लगायतका विभिन्न सेवा बिरामीले प्राप्त गर्नसक्ने छन् ।
अस्पतालका निमित्त निर्देशक तथा ज्येष्ठ नागरिक रोग विशेषज्ञ डा रमेश कँडेलका अनुसार युरोलोजी सेवा थप भएको जनाउँदै अब बिरामीले स्थानीयस्तरमै सहजरुपमा विशेषज्ञ सेवा प्राप्त गर्न सक्नेछन् । युरोलोजिष्ट चिकित्सक रेग्मी आजदेखि सो अस्पतालमा हाजिर भइसक्नुभएको छ ।
डा रेग्मी लामो समयदेखि युरोलोजी सेवा दिन थाल्नुभएका अनुभवि चिकित्सक हुनुहुन्छ । डा रेग्मीलाई प्रतिष्ठानका शिक्षाध्यक्ष डा वसन्त लामिछाने, अस्पतालका निमित्त निर्देशक डा कँडेल, सहायक निर्देशक डा एन्जिलिका कार्की, अस्पताल प्रशासक लामिछानेसहित चिकित्सक र कर्मचारीले आज एक कार्यक्रबीच स्वागत गर्नुभएको हो । त्यस्तै एमजिडिपिमा प्रोफेसर डा नारायणसिंह गुरुङ र सर्जरीमा एशोसियट प्रोफेसर डा सूर्यमान गुरुङले पनि सेवा सुरु गर्नुभएको छ ।
Comments
अरु समाचार
-
आज माघ शुक्ल पूर्णिमा, एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक...
-
पश्चिमी वायुको आंशिक प्रभाव : उच्च पहाडी भेगमा हल्का हिमपात र वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको...
-
उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेस...
-
अख्तियारले किन नियन्त्रणमा लियो यातायात प्रमुखसहित २७ जनाको मोबाइल ?
काठमाडौँ। यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुखसहित २७ जनाको मोबाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । सवारी लाइसेन्स...
-
देशभर १६ आगलागीका घटना, दुई जनाको ज्यान गयो
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, माघ १२ गते बिहानदेखि मङ्गलबार बिहानसम्म देशभर विपद्मा २० घटना...
-
उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षा हुने
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो...
-
युवराज सफल पक्राउ, तथ्यहीन अभिव्यक्ति तथा गाली बेइज्जतीको आरोप
काठमाडौं । तथ्यहीन अभिव्यक्ति तथा गाली बेइज्जतीको आरोपमा युवराज सफल भनिने युवराज पौडेल पक्राउ परेका छन् । सामाजिक सञ्जालमा उनले...
-
ओखलढुंगामा वृद्ध दम्पतीको ह*त्या
काठमाडाैं । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ स्थित एक घरमा मंगलबार बिहान करिब साढे ७ बजेतिर वृद्ध दम्पतीको हत्या भएको अवस्थामा शव...
-
आज पश्चिम र भोलि देशका धेरैजसो ठाउँमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं । आज देशका पश्चिम क्षेत्रमा वर्षा र हिमपातको सम्भावना छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव आज दिउँसो गण्डकी तथा...











