ताजा समाचार

म्यानचेस्टर सिटीले जित्यो युइएफए सुपर कपको उपाधि

३२ साउन, काठमाडौं । म्यानचेस्टर सिटीले युइएफए सुपर कपको उपाधि जितेको छ।

स्पानिस क्लब सेभियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इंग्लिस क्लब म्यानचेष्टर सिटीले यूईएफए सुपर कपको उपाधि जितेको छ ।
निर्धारित ९० मिनेटको खेल एकरएक को बराबरीमा सकिएपछि सीधै पेनाल्टी सुटआउट भएको थियो ।

सिटी पेनाल्टी सुटआउटमा म्यानचेस्टर ५–४ गोलले विजयी भएको हो।

खेलमा युरोपा कप विजेता सेभियाले २५ मिनेटमा एल न्यास्रोको गोलबाट अग्रता लियो।

च्याम्पियन्स लिग च्याम्पियन सिटीका लागि पाल्मरले ६३ मिनेटमा गोल गर्दै खेललाई बराबरीको स्थीतिमा पुर्‍याए ।

गत सिजन ट्रेबल उपाधि जितेको सिटीले सेभियालाई पनि पेनल्टी सुटआउटमा ५–४ ले पराजित गरेको हो ।

पेनाल्टी सुटआउटमा सिटीका लागि एर्लिङ हालान्ड, जुलियन अल्भारेज, माटेओ कोभासिस, ज्याक ग्रिलिस र केल वाल्करले गोल गरे ।

भने सेभियाका लागि लुकास ओकम्पास, राफा मिर, इभान राकिटिक र गोन्जालो मोनिटेलले पेनाल्टीमा गोल गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org