चारदेशीय महिला क्रिकेट सिरिजमा हङकङमाथि नेपालको विजयी सुरुवात
काठमाडौं । मलेसियामा भइरहेको चार देश सम्मिलित महिला क्रिकेट सिरिजमा हङकङविरुद्धको खेलमा नेपाल ६ विकेटले सान्दार विजयी सुरुवात गरेको छ ।
जम्मा १९.१ ओभर खेल्दै हङकङले नेपाललाई ८४ रनको लक्ष्य प्रस्तुत गरेको थियो।
जसमा हङकङबाट पाएको ८५ रनको विजयी लक्ष्य नेपालले १५.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो ।
नेपालका लागि सम्झना खड्काले ३६ बलमा ५ चौका सहित सर्वाधिक ३६ रन बनाउँदै अविजित रहिन् ।
नेपालका लागि सीताले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १६ रन खर्चेर ५ विकेट लिइन् थिइन। उनले मिडल ओभरमा विकेटको वर्षा गर्दा हङकङले ८४ रन मै चित्त बुझाउनु परेको थियो ।
हङकङका लागि भने कप्तान क्यारी चानले सर्वाधिक ३४ रन बनाइन् । उनले २९ बलमा २ चौका र १ छक्का प्रहार गरेकी हुन् । उनलाई नेपालकी कप्तान रुबिना क्षेत्रीले बोल्ड आउट गरेकी हुन् ।
डेब्यु खेल खेलेकी पुजाले भने आज ३ ओभर बलिङ गर्दै १ मेडन सहित ५ रन खर्चिइन् ।मलेसियामा हुने आइसीसी वुमन्स टी–२० विश्वकप एसिया क्षेत्र छनोटको तयारी स्वरुप खेलिएको चार देशीय टि–२० सिरिजमा नेपालले हङकङ विरुद्ध उत्कृष्ट बलिङ सुरुवात गरेको थियो ।नेपालले दोस्रो खेल बुधबार कुवेतसँग खेल्नेछ ।
Comments
अरु समाचार
-
अर्जेन्टिनाका मेस्सीले गरे ह्याट्रिक, उनका फ्यानहरू उत्साहित
काठमाडौं । लियोनेल मेस्सीको लगातारको उत्कृष्ट प्रदर्शन र कीर्तिमानी ह्याट्रिकका कारण उनका फ्यानहरू निकै उत्साहित भएका छन् । उनको यो...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...
-
उरुग्वे र साउदी अरब, स्पेन र केप भेर्दे तथा बेल्जियम र इजिप्टको बराबरी गोल
काठमाण्डौ । फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
फिफा विश्वकप २०२६: ब्राजिल र मोरक्कोले खेले १-१ को बराबरी
काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप...
-
एसियन गेम्स पुरुष क्रिकेटमा छनोट भयाे नेपाल
काठमाडौँ। नेपाल एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ ।मलेसियामा जारी छनोट खेलमा मङ्गलबार घरेलु टोली मलेसियाले चीनलाई...
-
पीएसजी लगातार दोस्रो पटक च्याम्पियन्स लिग विजेता
काठमाडाैं । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले लगातार दोस्रो पटक यूईएफए च्याम्पियन्स लिगको उपाधि जित्दै युरोपेली फुटबलमा आफ्नो वर्चस्व...
-
रविन्द्र ढाँट ‘रोड टु युएफसी सिजन ५’ को सेमिफाइनलमा
काठमाडौं । नेपाली एमएमए फाइटर रविन्द्र ढाँट युएफसीको छनोट प्रतियोगिता रोड टु युएफसी सिजन ५ को सेमिफाइनलमा प्रवेश गरेका छन्...
-
आईसीसी विश्वकप लिग–२ : नेपालकाे शानदार जित, अमेरिकालाई १२२ रनले हरायो
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत शुक्रबारको खेलमा नेपालले अमेरिकालाई १२२ रनले हराएको छ । ३१८ रनको लक्ष्य पछ्याएको अमेरिकालाई...












