सिन्धुपाल्चोकमा क्रिकेट प्रतिको मोह बढ्दो
काठमाडौं । यहाँ क्रिकेटका गतिविधि बढ्न थालेका छन् । यसका लागि स्थानीय तहले पनि चासो दिन थालेका छन् । इन्द्रावती गाउँपालिकाले एकनाथ नेपाललाई भारतमा क्रिकेट प्रशिक्षण गराउने भएको छ ।
सिन्धुपाल्चोक क्रिकेट सङ्घ तदर्थ समितिको पहलमा प्रशिक्षण दिइनेछ । शनिबार एक कार्यक्रमबीच पालिकाले नेपालको बिदाइ गरेको हो । अलराउन्डर उहाँले भारतमा एक महिना विशेष प्रशिक्षण गर्नुहुनेछ । जिल्ला क्रिकेट सङ्घले विशेष अभियानस्वरुप एक पालिका दुई खेलाडी प्रशिक्षणअन्तर्गत पाँचपोखरी थाङपाल गाउँपालिकाले युवा ब्याटिङ अलराउन्डर सार्थक धिताल र पासाङ दोर्जे तामाङलाई भारतमा अभ्यास गर्न पठाएको थियो ।
नेपालले पनि काल्का क्रिकेट एकेडेमीमा पुनित मेहरासँग प्रशिक्षण लिनुहुनेछ । इन्द्रावती गाउँपालिकासँग दुई खेलाडीका लागि सम्झौता भए पनि एक खेलाडी व्यक्तिगत कारणले दसैँलगत्तै जाने बताइएको छ । जिल्ला क्रिकेट सङ्घका अध्यक्ष विजय धितालले बाँकी एक खेलाडी जिल्लास्तरीय खेलेको इन्द्रावतीकै पठाउने जानकारी दिनुभयो ।
इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले गाउँपालिकाको खेलकुद विकासका लागि आफू सबै किसिमको सहयोग गर्न तयार रहेको र यो सहकार्य सुरुआत मात्र भएको बताउनुभयो । गाउँपालिकाका प्रवक्ता शशिनाथ आचार्यले लुकेर रहेका प्रतिभालाई एकीकृत गरी समग्र जिल्लाको क्रिकेटलाई माथि उठाउने जिल्ला क्रिकेट सङ्घको कार्यको प्रशंसा गर्नुभयो ।
जिल्ला क्रिकेट सङ्घका सदस्य प्रकाश सापकोटाले समग्र जिल्लाको क्रिकेट विकासका लागि जिल्ला एक पालिका दुई खेलाडी प्रशिक्षण कार्यक्रम कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।
सङ्घका अध्यक्ष धितालले सिन्धुपाल्चोकमा क्रिकेट संस्कार बढाउन यस्ता कार्य गर्दै आएको बताउनुभयो । पछिल्लो समय सङ्घले सिन्धुपाल्चोकमा क्रिकेटलाई सक्रिय पार्दै आएको छ । जिल्लाको क्रिकेटमा विकास गर्न पाँचपोखरी थाङपाल गाउँपालिकाको आयोजनामा तल्लो मूलपानी क्रिकेट मैदानमा दुई संस्करणको जिल्लास्तरीय क्रिकेट प्रतियोगिता सम्पन्न गरिएको छ । जिल्लामा खेलका लागि मैदानलगायत संरचनाको भने अभाव छ ।
Comments
अरु समाचार
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...












