सिन्धुपाल्चोकमा क्रिकेट प्रतिको मोह बढ्दो
काठमाडौं । यहाँ क्रिकेटका गतिविधि बढ्न थालेका छन् । यसका लागि स्थानीय तहले पनि चासो दिन थालेका छन् । इन्द्रावती गाउँपालिकाले एकनाथ नेपाललाई भारतमा क्रिकेट प्रशिक्षण गराउने भएको छ ।
सिन्धुपाल्चोक क्रिकेट सङ्घ तदर्थ समितिको पहलमा प्रशिक्षण दिइनेछ । शनिबार एक कार्यक्रमबीच पालिकाले नेपालको बिदाइ गरेको हो । अलराउन्डर उहाँले भारतमा एक महिना विशेष प्रशिक्षण गर्नुहुनेछ । जिल्ला क्रिकेट सङ्घले विशेष अभियानस्वरुप एक पालिका दुई खेलाडी प्रशिक्षणअन्तर्गत पाँचपोखरी थाङपाल गाउँपालिकाले युवा ब्याटिङ अलराउन्डर सार्थक धिताल र पासाङ दोर्जे तामाङलाई भारतमा अभ्यास गर्न पठाएको थियो ।
नेपालले पनि काल्का क्रिकेट एकेडेमीमा पुनित मेहरासँग प्रशिक्षण लिनुहुनेछ । इन्द्रावती गाउँपालिकासँग दुई खेलाडीका लागि सम्झौता भए पनि एक खेलाडी व्यक्तिगत कारणले दसैँलगत्तै जाने बताइएको छ । जिल्ला क्रिकेट सङ्घका अध्यक्ष विजय धितालले बाँकी एक खेलाडी जिल्लास्तरीय खेलेको इन्द्रावतीकै पठाउने जानकारी दिनुभयो ।
इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले गाउँपालिकाको खेलकुद विकासका लागि आफू सबै किसिमको सहयोग गर्न तयार रहेको र यो सहकार्य सुरुआत मात्र भएको बताउनुभयो । गाउँपालिकाका प्रवक्ता शशिनाथ आचार्यले लुकेर रहेका प्रतिभालाई एकीकृत गरी समग्र जिल्लाको क्रिकेटलाई माथि उठाउने जिल्ला क्रिकेट सङ्घको कार्यको प्रशंसा गर्नुभयो ।
जिल्ला क्रिकेट सङ्घका सदस्य प्रकाश सापकोटाले समग्र जिल्लाको क्रिकेट विकासका लागि जिल्ला एक पालिका दुई खेलाडी प्रशिक्षण कार्यक्रम कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।
सङ्घका अध्यक्ष धितालले सिन्धुपाल्चोकमा क्रिकेट संस्कार बढाउन यस्ता कार्य गर्दै आएको बताउनुभयो । पछिल्लो समय सङ्घले सिन्धुपाल्चोकमा क्रिकेटलाई सक्रिय पार्दै आएको छ । जिल्लाको क्रिकेटमा विकास गर्न पाँचपोखरी थाङपाल गाउँपालिकाको आयोजनामा तल्लो मूलपानी क्रिकेट मैदानमा दुई संस्करणको जिल्लास्तरीय क्रिकेट प्रतियोगिता सम्पन्न गरिएको छ । जिल्लामा खेलका लागि मैदानलगायत संरचनाको भने अभाव छ ।
Comments
अरु समाचार
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
आईसीसी महिला टी–२० विश्वकप क्रिकेट : जित्नैपर्ने दबाबमा नेपालले स्कटल्यान्डसँग भिड्दै
काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा नेपालले आज आफ्नो अन्तिम तथा निर्णायक खेलमा स्कटल्यान्डसँग खेल्दैछ । कीर्तिपुरको...
-
बंगलादेश टी-२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डले खेल्ने
काठमाडाैं सन् २०२६ को टी–२० विश्वकप क्रिकेटमा बंगलादेश सहभागी नहुने भएको छ। भारत र श्रीलंकामा हुने प्रतियोगितामा आफ्ना खेलाडी पठाउन...
-
नेपाली क्रिकेट टोली श्रीलंका ‘ए’सँग आज तेस्रो टी–२० अभ्यास खेल खेल्दै !
काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीमा जुटेको नेपाली पुरुष क्रिकेट टोलीले श्रीलंका ‘ए’ सँग आज तेस्रो तथा अन्तिम अभ्यास टी–२०...
-
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित
काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित...
-
आईसीसी महिला टी–२० विश्वकप छनोट : नेपाल थाइल्यान्डसँग पराजित
काठमाडौं । काठमाडौंमा आइतबारदेखि सुरु भएको आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको आफ्नो पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ।...
-
आईसीसी टी–२० विश्वकपका लागि नेपाली टोलीको बिदाइ
काठमाडौं । आगामी फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेटमा सहभागी हुन जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको...
-
आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का लागि नेपालको जर्सी सार्वजनिक !
काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा नेपाली टोलीले लगाउने जर्सी सार्वजनिक गरिएको छ। सोमबार साँझ काठमाडौंमा आयोजित विशेष...
-
आईसीसी टी–२० विश्वकप ट्रफी वसन्तपुर, बौद्धनाथ र पोखरामा प्रदर्शनी हुने
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको ट्रफी नेपालका प्रमुख पर्यटकीय तथा धार्मिक स्थलहरूमा प्रदर्शन गरिने भएको छ। ट्रफी काठमाडौंको वसन्तपुर...











