चीन र भारत दुवैतर्फ नाकामा सशस्त्र प्रहरीले ६८ सहायता कक्ष स्थापना
काठमाडौं । भारत र चीन सँगका मुख्य सीमानाकामा सशस्त्र प्रहरीले स्थायी रुपमा साहयता कक्ष सञ्चालनमा ल्याएको छ । सीमा क्षेत्रमा आवतजावत गर्नेहरुलाई सहयोग र सहजीकरणका लागि सशस्त्र प्रहरीले जनाएको छ।
भारततर्फ ६५ र चीनतर्फका तिन नाकामा गरी ६८ वटा साहयता कक्ष स्थापना गरिएको सशस्त्र प्रहरीका प्रवक्ता एसएसपी राजेन्द्र खड्काले बताएका छन्। विगतमा चाडपर्वको वेलामा मात्र सीमानाकामा साहयता कक्ष सञ्चालन हुन्थे । सीमा क्षेत्रमा जानकारीको अभावले सर्वसाधारण ठगिने र समस्यामा पर्ने भएकाले उनीहरुकै सहयोग र सहजीकरणका लागि सहायता कक्ष सधैभरि सञ्चालन गर्न थालिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
महेन्द्रनगर , धनगढी, नेपालगञ्ज, भैरहवा र वीरगञ्जमा भने छुट्टै् कक्ष नै बनाएर यस्तो सेवा थालिएको छ । अन्य स्थानमा अस्थायी प्रकृतिका साहयता कक्ष भए पनि त्यसलाई स्रोत साधन थपेर सेवा दिने सशस्त्र प्रहरीको तयारी छ । त्यस्तै, ४२ ठाउँमा सशस्त्र प्रहरीका हेल्थ डेस्क पनि सँगै सञ्चालनमा छन् । सबैतिर भर्खरै सुरु भएको र यसलाई विस्तार गर्दै लगिने सशस्त्र प्रहरी प्रवक्ता खड्काले बताए ।
भारततर्फ दुई सय ४३ तथा चीनतर्फ सशस्त्र प्रहरी बलका आठ बिओपी रहेका छन् । मुख्य नाकाहरुमा साहयता कोष नै बनाएर सीमामा समस्यामा परेका नागरिकलाई सहयोग गर्ने सशस्त्र प्रहरीको योजना छ । हाल कतिपय अन्य संधसंस्थासँगको समन्वयमा सहयोग हँदै हाएकोे प्रहरी प्रवक्ता खड्का बताउँछन् । सीमामा अलपत्र पर्ने कतिपयलाई गाडी रिर्जभ नै गरेर समेत गन्तव्यमा पठाउँने गरिएको छ , उनले भने । सहायता कक्षबाट प्रदान गरिने सेवाले नागरिकलाई सहयो हुने र सीमा सुरक्षामा पनि सहयोग पुग्ने सशस्त्र प्रहरी अधिकारी बताउँछन् । भारत तथा चीन जाने र उताबाट आउने दुवै पक्षलाई सहयोग गर्न सहायता कक्ष स्थापना भएका हुन् ।
कतिपयलाई भारत जाँदा कसरी बस तथा रेलको टिकट काट्ने भन्ने थाहा नहुने गरेका छ । त्यस्तै , नियमभन्दा धेरै भारतीय रुपैयाँ बोकेर जाँदा समस्यामा पर्ने गरेका छन् । कतिपय नाका जंगलको बाटो भएर यात्रा गर्नुपर्ने भएकाले सुरक्षाको जोखिम हुने गरेको छ। यस्ता विषयमा पनि सशस्त्र प्रहरी परामर्श दिने गर्दछ । साथै भारतीय पक्षतर्फ सशस्त्र सीमा बल (एसएसबी) सँग समेत समन्वय गरिदिने गरेका छ। यसका लागि कतिपय सहायता कक्षले भिजिटिङ कार्डको अवधारणा समेत सुरु गरेका छन् । सीमा सुरक्षालाई बलियो बनाउँदै लैजाने र सीमा क्षेत्रमा हुने ठगीलगायतका गतिविधिसमेत यसबाट नियन्त्रण हने शसस्त्र प्रहरी अधिकारी बताउँछन् ।
सीमामा सीमा अपराध अभिलेख शाखा स्थापना गरि सञ्चालनमा ल्याइएको छ । सीमापार अपराधको विश्लेषण र नियन्त्रणका लागि सशस्त्र प्रहरी बलले सीमा अपराध अभिलेख शाखा स्थापना गरेको छ । सीमा सुरक्षा विभागअन्तर्गत नयाँ शाखा स्थापना भएको हो । सीमापार अपराधको अभिलेख राखी विश्लेषण गरी सुरक्षा प्रहरी बलले जनाएको छ। एसपीको नेतृत्वमा हुने शाखाअन्तर्गत मानव बेचबिखन तथा ओसारपोसार , जैविक अपराध । हातहतियार तथा खरखजना र लागुऔषधसम्बन्धी अपराधको छुट्टाछुट्टै तत्थ्यांक राखिने जनाएको छ । यसले सीमापार अपराधको प्रवृत्ति पनि राज्यलाई थाहा हुन्छ , सीमा विभागका एक अधिकारीले भने ।
Comments
अरु समाचार
-
BREAKING: एमाले उपाध्यक्ष विष्णु पाैडेल पक्राउ
काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेललाई सम्पत्ति शुद्धिकरण विभागले पक्राउ गरेको छ। एमाले उपाध्यक्ष पाैडेललाई विभागले सम्पत्ति शुद्धिकरणको अभियोगमा अनुसन्धानका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
सम्पर्कबिहीन कर्मचारीलई तीनदिनभित्र उपस्थित हुन सरकारको अल्टिमेटम
काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत राष्ट्रिय किताबखाना (निजामती) ले अध्ययन बिदा तथा असाधारण बिदामा रहेका केही...











