देशभरको फोहोर व्यवस्थापनको जिम्मा अब सहरी विकास मन्त्रालयलाई
काठमाडौं । सरकारले अब देशभरको फोहोर व्यवस्थापनको जिम्मा सहरी विकास मन्त्रालयलाई दिने भएको छ ।
काठमाडौं उपत्यकालगायत विभिन्न सहरको फोहोर व्यवस्थापनमा हुने गरेको सधैंको किचलो र बेलाबेलामा फोहोर नउठ्नेसम्मका समस्याको दीर्घकलीन समाधान गर्न सरकारले मुलुकभरको फोहोर व्यवस्थापनको जिम्मा सहरी विकास मन्त्रालयलाई दिन लागेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार सिंहदरबारमा काठमाडौंको फोहोर व्यवस्थापन, फोहोरको दीर्घकालीन समाधान र सरकारका तर्फबाट चाल्नुपर्ने कदमबारे सरोकारवालता पक्ष र निकायसँगस भएको छलफलमा यस्तो जनाकारी गराएका हुन् ।
प्रधानमन्त्री दाहालले बारम्बार दोहोरिने काठमाडौ उपत्यकाको फोहोर व्यवस्थापनलाई थप प्रधावकारी बनाउने सम्बन्धमा विभिन्न सरोकारवाला निकाय र सम्बन्धित पक्षका प्रतिनिधिसँग छलफल गरेको थियो ।
बैठकमा नुवाकोटको बञ्चरे डाँडाँको फोहोर व्यवस्थापन, त्यहीका स्थानीय प्रभावित जनताले उठाएका माग , डम्पिङ साइडका लागि आवश्यक जग्गा खरिदलगायतका विषयमा वस्तृत छलफल भएको थियो । जसका लागि उच्चस्तरिय संयन्त्र आवश्यक रहेको र दीर्घकालीन समस्या समनाधान गर्न कानुनी प्रबन्ध आवश्यक रहेकोमा जोड दिईएको थियो ।
विभिन्न सरोकारवालासँग भएको बैठकमा प्रधानमन्त्री दाहालले आगामी मन्त्रिपरिषद् बैठकबाट देशैभरिको फोहोर व्यवस्थापन गर्ने जिम्मेवारी र संयोजन सहरी विकास मन्त्रालयको हुनेगरी ठोस निर्णय गरिने जनकारी गराएको छ ।
जतिसक्दो छिटो सरकार निर्णयमा पुग्ने बताउँदै प्रधानमन्त्री दाहालले भने संघिय सरकार काठमाडौं उपत्यकालगायत देशभरिको फोहोर व्यवस्थापनका लागि गम्भीरतापूर्वक लागिरहेको छ । त्यसका लागि मन्त्रिपरिषद बैठकबाट ठोस निर्णय गर्नपर्छ । आगामी मन्त्रिपरिषद् बैठकमा देशभरिको फोहोर व्यवस्थापनको कार्यादेश सहरी विकास मन्त्रालयलाई दिनेगरि निर्णय लिन्छौ । उनले फोहोर व्यवस्थापन संघीय प्रदेशिक र स्थानिय सरकारको साझा दायित्व भएकोमा जोड दिदै अब फोहोरको दिर्घकालीन व्यवस्थापनका निम्ति गठन आदेशसहितको कानुनी व्यवस्था र दीर्घकालीन संयन्त्र निर्माण गरिने बताए । उनले यसका लागि ठोस गृहकार्य गर्नसमेत सम्बन्धित निकायका प्रमुखलाई निर्देशन दिए ।
मंगलबार प्रधानमन्त्री दाहालले बोलाएको छलफलमा सहरी विकासमन्त्री सीता गुरुङ नेपाल सरकारका मुख्यसचिव डा.बैकुण्ठ अर्याल, प्रधानमन्त्री तथा मन्त्रीपरिषदका कार्यलयका सचिव एकनारायण अर्याल , मणिराम गोपाल , सहरीविकास मन्त्रालयका सचिव रविन्द्रमान श्रेष्ठ सहभागी भई आफ्नो धारणा राखेका थिए ।
यसैगरि छलफलमा लगानी बोर्डका कार्यकारी निदेशक सुशिल भट्ट , काठमाडौ माहानगरका प्रमुख प्रशासकिय अधिकृत बसन्त अधिकारी , ललतिपुर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत वीरेन्द्रदेव भारतीलागायतका प्रतिनिधिले पनि विभिन्न राय सुझाव दिएका थिए ।
सोही
Comments
अरु समाचार
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
सुनसरीमा भ्यान दुर्घटना: २ जनाको मृत्यु, एक घाइते
इटहरी। सुनसरीको इटहरीमा विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन्।...












