देशभरको फोहोर व्यवस्थापनको जिम्मा अब सहरी विकास मन्त्रालयलाई
काठमाडौं । सरकारले अब देशभरको फोहोर व्यवस्थापनको जिम्मा सहरी विकास मन्त्रालयलाई दिने भएको छ ।
काठमाडौं उपत्यकालगायत विभिन्न सहरको फोहोर व्यवस्थापनमा हुने गरेको सधैंको किचलो र बेलाबेलामा फोहोर नउठ्नेसम्मका समस्याको दीर्घकलीन समाधान गर्न सरकारले मुलुकभरको फोहोर व्यवस्थापनको जिम्मा सहरी विकास मन्त्रालयलाई दिन लागेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार सिंहदरबारमा काठमाडौंको फोहोर व्यवस्थापन, फोहोरको दीर्घकालीन समाधान र सरकारका तर्फबाट चाल्नुपर्ने कदमबारे सरोकारवालता पक्ष र निकायसँगस भएको छलफलमा यस्तो जनाकारी गराएका हुन् ।
प्रधानमन्त्री दाहालले बारम्बार दोहोरिने काठमाडौ उपत्यकाको फोहोर व्यवस्थापनलाई थप प्रधावकारी बनाउने सम्बन्धमा विभिन्न सरोकारवाला निकाय र सम्बन्धित पक्षका प्रतिनिधिसँग छलफल गरेको थियो ।
बैठकमा नुवाकोटको बञ्चरे डाँडाँको फोहोर व्यवस्थापन, त्यहीका स्थानीय प्रभावित जनताले उठाएका माग , डम्पिङ साइडका लागि आवश्यक जग्गा खरिदलगायतका विषयमा वस्तृत छलफल भएको थियो । जसका लागि उच्चस्तरिय संयन्त्र आवश्यक रहेको र दीर्घकालीन समस्या समनाधान गर्न कानुनी प्रबन्ध आवश्यक रहेकोमा जोड दिईएको थियो ।
विभिन्न सरोकारवालासँग भएको बैठकमा प्रधानमन्त्री दाहालले आगामी मन्त्रिपरिषद् बैठकबाट देशैभरिको फोहोर व्यवस्थापन गर्ने जिम्मेवारी र संयोजन सहरी विकास मन्त्रालयको हुनेगरी ठोस निर्णय गरिने जनकारी गराएको छ ।
जतिसक्दो छिटो सरकार निर्णयमा पुग्ने बताउँदै प्रधानमन्त्री दाहालले भने संघिय सरकार काठमाडौं उपत्यकालगायत देशभरिको फोहोर व्यवस्थापनका लागि गम्भीरतापूर्वक लागिरहेको छ । त्यसका लागि मन्त्रिपरिषद बैठकबाट ठोस निर्णय गर्नपर्छ । आगामी मन्त्रिपरिषद् बैठकमा देशभरिको फोहोर व्यवस्थापनको कार्यादेश सहरी विकास मन्त्रालयलाई दिनेगरि निर्णय लिन्छौ । उनले फोहोर व्यवस्थापन संघीय प्रदेशिक र स्थानिय सरकारको साझा दायित्व भएकोमा जोड दिदै अब फोहोरको दिर्घकालीन व्यवस्थापनका निम्ति गठन आदेशसहितको कानुनी व्यवस्था र दीर्घकालीन संयन्त्र निर्माण गरिने बताए । उनले यसका लागि ठोस गृहकार्य गर्नसमेत सम्बन्धित निकायका प्रमुखलाई निर्देशन दिए ।
मंगलबार प्रधानमन्त्री दाहालले बोलाएको छलफलमा सहरी विकासमन्त्री सीता गुरुङ नेपाल सरकारका मुख्यसचिव डा.बैकुण्ठ अर्याल, प्रधानमन्त्री तथा मन्त्रीपरिषदका कार्यलयका सचिव एकनारायण अर्याल , मणिराम गोपाल , सहरीविकास मन्त्रालयका सचिव रविन्द्रमान श्रेष्ठ सहभागी भई आफ्नो धारणा राखेका थिए ।
यसैगरि छलफलमा लगानी बोर्डका कार्यकारी निदेशक सुशिल भट्ट , काठमाडौ माहानगरका प्रमुख प्रशासकिय अधिकृत बसन्त अधिकारी , ललतिपुर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत वीरेन्द्रदेव भारतीलागायतका प्रतिनिधिले पनि विभिन्न राय सुझाव दिएका थिए ।
सोही
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
आज माघ शुक्ल पूर्णिमा, एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
पश्चिमी वायुको आंशिक प्रभाव : उच्च पहाडी भेगमा हल्का हिमपात र वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...











