विशेष छुटमा सरकारले २० हजार टन चिनी आयात गर्ने
काठमाडौं । सरकारले चाडवाडलाई लक्ष्य गर्दै २० हजार टन चिनी आयात गर्ने निर्णय गरेको छ । बजारको आपूर्ति अवस्थालाई दृष्टिगत गरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको ६० हजार टनको प्रस्तावमा अर्थ मन्त्रालयले २० हजार टनको स्वीकृति दिएको हो । अर्थले स्वीकृति गरेको परिमाणमध्ये साल्ट ट्रेडिङ कर्पोरेसनले १० हजार र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले १० हजार टन आयात गर्ने अर्थका प्रवक्ता धनिराम शर्माले जानकारी दिए ।
‘दुई संस्थालाई १०/१० हजार टन चिनी आयात गर्न दिने सन्दर्भमा सोमबार नै निर्णय भएको छ । २० हजार टन आयात गर्दा भन्सार महसुलमा ५० प्रतिशत छुट दिईएको छ , उनले भने । चिनी आयात गर्दा भन्सार ३० प्रतिशत तिर्नुपर्छ । त्यसमा १३ प्रतिशत भ्याट लाग्छ । भन्सार महसुल छुट हुँदा निजी क्षेत्रले बिक्र गर्ने भन्दा साहै्र सस्तो हुन्छ । सरकारका तर्फबाट आयात हुँदा बजार मूल्य हस्तक्षेप गर्न सजिलो हुने आपूर्ति मन्त्रालयका अधिकारी बताउँछन् ।
चिनी उद्योगीले भने छुट दिने नहुने भन्दै ‘ लबिङ’ गर्दै आएका छन् । जसले गर्दा गत दुई वर्ष सरकारी गोदाम रित्तिए पनि अर्थले छुटमा आयात स्वीकृति नदिएको वाणिज्यका एक अधिकारीले बताए । चार्डपर्व केही व्यावसायी अराजक बन्छन् , मूल्य बढाउने नियत राख्छन् । त्यसलाई हस्तक्षेप गर्न पटकपटक आयातमा छुटेका प्रस्ताव गरेका थियौ। ती अधिकारीले भने, त अर्थबाट जहिल्यै ढिलाई हुन्छ। यसपटक ६० हजार टन माग गरेकोमा २० हजार टन मात्रै आयातको स्विकृति दिएको जानकारीमा आएको छ ।
विगतमा चाडवाडलाई लक्ष्य गरी सरकारी संस्थानलाई १ प्रतिशत भन्सार महसुलमा चिनी आयात अनुमती दिने चलन थियो । पछि १ प्रतिशतबाट बढाएर ५० प्रतिशतमा पुर्याइयो । पछिल्ला दुई वर्षमा छुटमा आयात स्विकृति आएन । यसपालि फेरी ५० प्रतिशत छुटमा २० हजार टन आयातको स्वीकृति दिइएको हो ।
साल्ट ट्रेडिङले १० हजार र खाद्य कम्पनीले १० हजार टन ल्याउने आलटाल गरिरहेको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाको भनाई छ । केही अराजक व्यवसायीले मौका छोपेका हुन्छन् चाडवाड नजिकिदै जाँदा हरेका वर्ष मूल्य बढाइ रहन्छन् । सस्तोमा आयात गरेर यहाँ अचक्ली मूल्य बढाउने नियत उनीहरुको हुन्छ , उनले भने त्यसलाई हस्तक्षेप गर्न सरकारको उपस्थिति चाहिन्छ ।
वाणिज्य मन्त्रालयका अनुसार अर्थले दुई वर्षपछि भन्सार महसुल छुटमा चिनी आयातको निर्णय गरेको हो । गत वर्ष साल्ट र खाद्यको गोदाम रित्तै हुँदा सहुलियत दरमा आयात व्यवस्था मिलाउन पटकपटक पत्र पठाईएको थियो । तर अर्थले निर्णय नगर्दा सरकारी संस्थानले सहुलियतको चिनी आयात गरेनन् ।
Comments
अरु समाचार
-
दुबईबाट पोखरा अवतरण गरेको ‘फ्लाई दुबई विमान’लाई गरियो भव्य स्वागत
काठमाडौं । फ्लाई दुबईमार्फत पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको विमान तथा यात्रुलाई भव्य स्वागत गरिएको छ । असोज...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...












