संगठन बलियो बनाउन विनोद ढकालको नेतृत्व अपरिहार्य : कोशी प्रदेश प्रतिनिधि
काठमाडौं । नेकपा एमाले कोशी प्रदेशमा विनोद ढकालको नेतृत्व अपरिहार्य भएको प्रतिनिधिहरुले बताएका छन् । आज हुने निर्वाचनमा प्रदेश अध्यक्षका लागि युवा नेता विनोद ढकाल र घनश्याम खतिवडाबीच प्रतिस्पर्धा हुँदैछ ।
अध्यक्षका उम्मेद्वार ढकाललाई प्रतिनिधिहरुले अत्यधिक रुचाएका छन् भने अर्का उम्मेद्वार खतिवडालाई एमालेका दोस्रो तहका नेताहरुले काँध थापेका छन् । खतिवडा पनि एमालेका पूराना नेता हुन् ।दोस्रो तहका नेताहरुले आफूले भनेको जे पनि खतिवडालाई अह्राउन सकिन्छ भनेर काँध थापेका हुन् । खतिवडालाई काँध थाप्ने काम स्थायी कमिटी सदस्य भानुभक्त ढकालले गरेका छन् ।
खतिवडालाई प्रदेश अध्यक्ष बनाउन सकिएमा ८४ सालको चुनावमा खतिवडाले लड्दै आएको मोरङ १ मा टिकट पाउन सकिन्छ भन्ने स्थायी कमिटी सदस्य ढकाललाई लोभ जागेको छ । त्यही भएर उनी खतिवडालाई जिताउन कम्मर कसेर लागेका छन् । स्थायी कमिटी ढकालले मोरङ ३ बाट २०७४ मा जित हासिल गरेका थिए भने २०७९ मा बुरीतरफले हारेका थिए । भविष्यमा ३ नम्बर क्षेत्रबाट कहिल्यै जित्न नसक्ने देखेर राजनीतिक तिकडम गर्दै मोरङ १ तिर सरेका हुन् ।
पूराना तथा नयाँ कम्युनिष्ट कार्यकर्ताले रुचाइएका नेतामा पनि ढकाल पर्दछन् । दोस्रो पुस्ताका नेतालाई मन नपर्ने तर आफूहरु जस्ता कार्यकर्तालाई मन पर्ने नेता अध्यक्षका उम्मेद्वार विनोद ढकाल भएको पूराना कम्युनिष्ट नेता टंकप्रसाद निरौलाको भनाइ छ । ट्याम्पो चालक खोज्ने कि मर्सिडिज हाँक्न सक्ने चालक खोज्ने त्यो कार्यकर्ताले सोच्नुपर्ने उनी बताउँछन् । अध्यक्षका उम्मेद्वार ढकाल मर्सिडिजका चालक झै आधुनिक चलायमान नेता भएको उनले जनाए । निरौला भन्छन्,‘एमाले कोशी प्रदेशलाई नयाँ मोडेलमा चलाउने हो भने ढकालजस्ता नेता चाहिन्छ, पूरानो मोडेलमा चलाउने हो पूराना नेता चाहिन्छ ।’
दुईपटक एमाले मोरङको अध्यक्ष भइसकेका ढकालमा अब्बल नेतृत्व क्षमता भएको अगुवा कार्यकर्ताहरुले दाबी गरेका छन् । यस्तै ढकालले पार्टी विभाजन भएका बेला नेता तथा कार्यकर्तालाई ढलपल हुन नदिइ पार्टीको बचाउ गर्न महत्वपूर्ण भूमिका खेलेको कार्यकर्ताको मूल्यांकन छ । ढकालले नेतृत्व नलिए कोशी प्रदेशका १४ जिल्लाको संगठन कमजोर हुने देखिएको छ । जनताले पनि उनलाई नेतृत्व गर्नसक्ने अब्बल नेताको रुपमा लिने गरेका छन् ।
ढकाल संगठन विस्तार गर्न, पार्टीका लागि आवश्यक पर्ने आर्थिक श्रोत जुटाउन, कार्यकर्तालाई रिझाएर राख्न र जनताको मन जित्ने सफल नेताका रुपमा चिनिन्छन् । ढकालले कोशी प्रदेशको नेतृत्व नलिए आगामी निर्वाचनहरुमा एमालेले ठूलो क्षति बेहोर्ने कार्यकर्ताले आकलन गरेका छन् ।
Comments
अरु समाचार
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...











