एआइबिडी कार्यकारिणी समितिको उपाध्यक्षमा नेपाल निर्वाचित
काठमाडौं । प्रसारणको क्षेत्रसँग सम्बद्ध एआइबिडी नामक अन्तरराष्ट्रिय संस्थाको कार्यकारिणी समितिको उपाध्यक्षमा नेपाल निर्वाचित भएको छ ।
एसिया प्रसान्त क्षेत्रका ४४ राष्ट्र सदस्य रहेको एआइबिडीअन्तर्गत नेपालसहित १० राष्ट्र सदस्य रहेको कार्यकारी समितिको उपाध्यक्षमा नेपाल निर्वाचित भएको रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले जानकारी दिएका छन् । दुईवर्षे कार्यकाल रहने सो समितिको उपाध्यक्षमा नेपालका तर्फबाट अब नेपाल टेलिभिजनले प्रतिनिधित्व गर्नेछ । यसअघि रेडियो नेपालले सो समितिको सदस्यका हैसियतले प्रतिनिधित्व गरेको कार्यकारी निर्देशक केसीले जानकारी दिए ।
अफ्रिकी राष्ट्र मोरिससमा आज सम्पन्न एआइबिडीको तीनदिने २१औँ साधारणसभा तथा ४८औँ वार्षिक भेलाका अवसरमा अध्यक्षमा थाइल्यान्ड र उपाध्यक्षमा नेपाल निर्वाचित भएको हो । यसैगरी एआइबिडीको साधारणसभा तथा वार्षिक भेलाले सभापतिमा भारत र उपसभापति पदमा कम्बोडियालाई निर्वाचित गरेको पनि कार्यकारी निर्देशक केसीले जानकारी दिएका छन् ।
साधारणसभामा नेपालका तर्फबाट रेडियो नेपालका कार्यकारी निर्देशक केसी र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीरजङ्ग शाहले भाग लिएका थियो । प्रसारण क्षेत्रको विकास एवं विस्तारमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको एआइबिडीको केन्द्रीय कार्यालय मलेसियामा रहेको र स्थापना सन् १९७७ मा भएको हो । रेडियो नेपाल र नेपाल टेलिभिजन सो अन्तरराष्ट्रिय संस्थाको संस्थापक सदस्य रहेको जनाइको छ ।
Comments
अरु समाचार
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ
काठमाडौं । जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। श्रेष्ठलाई बुधबार साँझ ललितपुरस्थित निवास नजिकबाट...
-
BREAKING: एमाले उपाध्यक्ष विष्णु पाैडेल पक्राउ
काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेललाई सम्पत्ति शुद्धिकरण विभागले पक्राउ गरेको छ। एमाले उपाध्यक्ष पाैडेललाई विभागले सम्पत्ति शुद्धिकरणको अभियोगमा अनुसन्धानका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...












